
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक पूर्वाधार निर्माण र प्राकृतिक स्रोतको अधिकतम प्रयोगमार्फत् आन्तरिक उत्पादन बढाउन आवश्यक रहेको बताउनुभएको छ । उद्योग मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको ‘मेक इन नेपाल [...]
खानेपानीको समस्या समाधान गर्दै नेवा
बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक वर्षअगाडि सम्म खानेपानीको हाहाकार थियो । स्थानीयवासीले एक गाग्री पानी भर्न चार घन्टा हिँडेर टाढा पुग्नुपथ्र्यो । तर अहिले स्थानीयवासीको घरघरमा धारा बनेका छन् । गाउँभन्दा खानेपानीको मुहान टाढा हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्नु परेको [...]
धवलागिरिको चुचुरोतर्फ लागे आरोही
०२ जेठ, म्याग्दी । करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा रहेका आरोहीहरु [...]
आन्दोलनले मालपोतको कामकाज प्रभावित
०२ जेठ, बारा । बारामा लेखापढी कानुन व्यवसायीले भू–सेवा सञ्चालनको म्याद बढाउन माग गर्दै जारी राखेको आन्दोलनका कारण मालपोत कार्यालयका कामकाज प्रभावित भएका छन् । लेखापढी कानुन व्यवसायीले ‘पेन डाउन’ गरेपछि सेवाग्रही मारमा परेका छन् । भूमिसुधार तथा व्यवस्थाप विभागले [...]
विपदबाट जोगिन स्थानीयवासीले बनाए राहत कोष
०२ जेठ, कैलाली । कैलालीको जानकी गाउँपालिका हरेक वर्ष बाढीको जोखिममा पर्दछ । बाढीको जोखिमबाट जोगिन जानकी–४ गिधरपुरका स्थानीयवासीले आपत्कालीन राहत कोष स्थापना गरेका छन् । गिधरपुरका स्थानीयवासीले समूह बनाएर स्वस्फुर्तरुपमा कोष स्थापना गरेका हुन् । गिरधरपुर गाउँ हरेक वर्ष [...]
सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग आग्रह
०२ जेठ, काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन केन्द्र सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार बसेको कामपाको १५औँ कार्यपालिका बैठकमा प्रमुख साहले केन्द्र सरकारलाई सहयोग गरिदिन आग्रह गर्नुभएको हो [...]
शरणार्थी प्रकरण – सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
०२ जेठ, काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताउनुभएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा [...]
चारखोलाले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ
०२ जेठ, जनकपुर । चुरेक्षेत्र भएर बग्ने तराई-मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ । ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्रयाक्टरलगायत साधन एवं मजदूर भने प्रशस्तै भेटिन्छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा रहेको चारखोला (चारनाथ खोला) पनि अहिले [...]
‘श्रीमानलाई उपहार दिने सपना अधुरै’
०२ जेठ, काठमाडाैं । चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ । लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार पारेर पर्दामा प्रस्तुत गरिन्छ । तर पर्दा बाहिर घट्ने केही [...]
हानद्वारा मौद्रिक नीतिको समीक्षाको स्वागत
०२ जेठ, काठमाडाैं । होटल सङ्घ नेपाल (हान)ले मौद्रिक नीतिको समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्र सम्बोधन गर्ने प्रयास स्वागतयोग्य भएको बताएको छ । होटल क्षेत्रलाई राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने घोषित नीतिका लागि हानले [...]
झापामा ३६ जातका रैथाने धान
०२ जेठ, झापा । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ । झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको [...]
भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स
०२ जेठ, काठमाडाैं । एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्र ‘विजनेश’ पाउन सकेको छैन । विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त विमानस्थलमा कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको थियो । यद्यपि, यो [...]
आलेख : प्रोत्साहनसँगै उत्पादन र उत्पादकत्व वृद्धि
०२ जेठ, गण्डकी । कास्कीस्थित जिल्ला सहकारी सङ्घ यतिखेर उत्पादनको सहज बजारीकरणका माध्यमबाट किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै उत्पादकत्व वृद्धिमा लागेको छ । पोखरा महानगरपालिका–७ शहीदचोकमा २०२६ सालमा कास्कीका सहकारी संस्थालाई कृषि सामग्री, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री सर्वसुलभ रुपमा गराउने [...]
एक हप्तामा तीन दुर्घटना, चारजनाले ज्यान गुमाए
०२ जेठ, राेल्पा । रोल्पामा एक हप्तामा तीनवटा दुर्घटनामा परी चारजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीनजना तथा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको हो । गत वैशाख २८ गते लुङ्ग्री गाउँपालिका–५ मछेनीमा सडक कालोपत्र [...]
भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयाे, निष्पक्ष अनुसन्धान होस् : कांग्रेस
०२ जेठ, काठमाडाैं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ । साथै यस प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दाेष व्यक्तिलाई जबर्जस्ती फसाउने काम कतैबाट हुन नहुने कांग्रेसको भनाइ छ । कांग्रेस [...]
काभ्रेपलाञ्चोकबाट राष्ट्रिय कोटिहोम रथयात्रा
०२ जेठ, काभ्रेपलाञ्चाेक । काभ्रेपलाञ्चोकबाट राष्ट्रिय कोटिहोम रथयात्रा सुरु गरिएको छ । ॐकार फाउन्डेसनले राष्ट्रिय धार्मिक सांस्कृतिक महिमा र गरिमालाई संसारभरि फैलाउने उद्देश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका–११ स्थित बल्थलीमा राष्ट्रिय कोटिहोम आयोजना गर्न रथयात्रा सुरु गरिएको जनाएको छ । [...]
नीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन गर्ने दलको बैठक आह्वान
०२ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले आज अपराह्न २ः३० बजे सिंहदरबारमा बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीले सदनमा पेस गर्न लागेको नीति कार्यक्रममाथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक [...]
काम बढी भएको मन्त्रालयमा बजेट कम भयो : मन्त्री आचार्य
०२ जेठ, काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गर्नुभएको छ । महिला तथा सामाजिक मामिला समितिको आज बसेको पहिलो बैठकमा मन्त्री आर्चायले भन्नुभयो, “मन्त्रालय अन्तर्गत गर्नुपर्ने काम [...]
सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण
०२ जेठ, सिन्धुली । सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ । जिल्लामा नौ स्थानीय तहमध्ये आठवटामा कार्पस भाइरसको सङ्क्रमण फैलिएको छ । कार्पस भाइरसको सङ्क्रमणबाट [...]
अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल
०२ जेठ, काठमाडाैं । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले गर्नुपर्ने लगायतका [...]
लुडोभिट ओडोर स्लोभाकियाको कार्यवाहक प्रधानमन्त्री नियुक्त
स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोरले देशमा शान्ति, सुव्वस्था र अमनचैन ल्याउँने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । स्लोभाकका राष्ट्रपति जुजाना कापुटोभाले पूर्व कार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ मा राजीनामा दिएपछि सोमबार ओडोरलाई उक्त पदमा नियुक्त गर्नु भएको [...]
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चार तले होस्टेल भवनमा रातभरि आगलागी हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार मङ्गलबार बिहान करिब १२:३० बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज [...]
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् । गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख गरेको छ। गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानी मारेको [...]
केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्ने
केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सोमबार सहमत भएका छन् । आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी हनुसार मन्डेरा काउन्टीका सीमानाहरू आगामी ३० दिन भित्र खोलिनेछ । त्यसैगरी [...]
तुर्किएको चुनावमा उच्च मतदान “लोकतन्त्रको जित” इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार तुर्किएको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई "लोकतन्त्रको विजयको सङ्केत" भएको बताउँनु भएको छ। आइतबारको चुनावमा टर्किएका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कनानीले सो टिप्पणी गर्नु भएको [...]
एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते
पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन् । प्राधिकरणका अनुसार गत वैशाख [...]
विपद् जोखिम न्यूनीकरणका लागि अत्याधुनिक साइरन जडान
विपद् जोखिम न्यूनीकरणका लागि शुक्लाफाँटा नगरपालिकाका तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोगमा विपद्को उच्च जोखिममा रहेका स्थानमा ती साइरन जडान गरिएका हुन् । नगरपालिकाको वन वातावरण तथा [...]
समिति पहिलो बैठक : तरकारीमा विषादीदेखि बाँदर आतङ्कको विषय प्रवेश
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको आयात न्यूनीकरण गर्ने तथा आयातित तरकारीमा विषादीको मात्र परीक्षणलाई प्रभावकारी तुल्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समिति सदस्यहरुले दिएको रायसुझाव र परामर्शका आधारमा समितिले मुलुकले आर्थिक सङ्कट झेल्नु परिरहेको अवस्थामा तरकारीमा [...]
नीति कार्यक्रम पेस गर्नेबारे सभामुखलाई जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति [...]
सरकारी विद्यालयमा विद्यार्थीको चाप बढ्यो
विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अङ्ग्रेजीमाध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो । पाँच/छ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त्रियुगा [...]
बाँकेमा आठवटा सहकारी एकीकरण
बाँकेका आठवटा सहकारी एकीकरण भएका छन् । कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा सोमबार शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठवटा सानाकिसान सहकारी संस्था अष्टम सानाकिसान कृषि सहकारी संस्थामा एकीकरण भएका [...]
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्षाँैदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी [...]
पोखरा महानगरले व्यावसायिक बन्न तालिम दिँदै
कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागेको [...]
महावुको जैविक विविधता : एउटै रूखमा चार थरी लालीगुराँस
समुन्द्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । फागुनदेखि जेठसम्म महावु क्षेत्रका जङ्गलहरुमा फुलेका लालीगुराँसले मानिसको मन आकर्षित गर्छ नै अझ यहाँ एउटै रूखमा फुल्ने चार थरीका लालीगुँरास त अझ [...]
चट्याङ लागेर एकै परिवारका चार घाइते
दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी [...]
चक्कु प्रहार गर्ने चार पक्राउ
तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक ब्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो । [...]
कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने
सङ्घीय संसद्अन्तर्गत कानुन तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरणसम्बन्धी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज बसेको पहिलो बैठकमा [...]
मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि
बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ । प्रतियोगिता यही [...]
विज्ञान प्रविधि सम्मान डा पन्ना थापालाई प्रदान गरिने
विज्ञान प्रविधि सम्मान डा पन्ना थापालाई प्रदान गरिने भएको छ। लामो समयदेखि औषधिसम्बन्धी अनुसन्धान र फार्मेसी विषयमा अध्यापन गर्दैआउनुभएका प्रा डा पन्ना थापा ९डोल्पा० लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण गरिने भएको छ । औषधि [...]
संसदीय समितिको बैठकमा स्वागत र परिचय
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबास्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरुलाई स्वागत गर्नुभएको थियो । बैठकमा समितिका सम्पूर्ण सदस्यहरुले आआफ्नो परिचय दिनुभएको थियो । [...]
चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलककाे चार दिनपछि उद्धार
दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ । घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रमुख [...]
नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्– पक्की पुल कहिले ?
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ । विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिनहुन्छ प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उहाँको दोदा नदीमाथिको [...]
प्याराग्लाइडिङ’ प्रवद्र्धन गर्न ‘प्याकेज’ ल्याइने
चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने तयारी गरेका हुन् । हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले सोमबार [...]
भरतपुर कारागारमा औषधि अभाव
भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो । कारागारमा हाल ४९ महिला चार नाबालक÷नाबालिकासहित सात सय ५८ कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई [...]
तापक्रम वृद्धिले महोत्तरीको जनजीवन प्रभावित
महोत्तरी जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्रीसमेत तापक्रम पुगेको छ । यसबाट महोत्तरीको जनजीवन प्रभावित भएको छ भने यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै [...]
जलजलको सार्वजनिक स्थानमा सुर्ती र मदिरा वितरणमा रोक
पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ । तर सम्बन्धित निकायको अनुगमन तथा [...]
दावगह्रा बसपार्क सञ्चालन गर्न पहल
बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ । प्राविधिक र कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको हो । बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका जग्गादातालाई बाँकी [...]
तीन प्रहरी सम्मानित
किराना पसल सञ्चालन गरिएको घरमा आगजनी गर्दै गरेको देखेपछि घरधनी तथा छिमेकीलाई सूचना दिएर जनधनको क्षति हुनबाट जोगाउन भूमिका निर्वाह गरेकामा तीन प्रहरीलाई अभिनन्दन गरिएको छ । गत वैशाख ३१ गते बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भवनगैरास्थित महेश बजिमयको [...]
बीमा रकम पाएपछि पशुपालक कृषक खुशी
झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् । कनकाई–८ का प्रेम कार्कीले रु १२ हजारको बाख्राको बीमा गरेकामा रु १० हजार आठ [...]
मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि ..
सफा र चौडा सडक ! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले यो सडकको [...]
तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड’
सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना गरिएको छ । ट्राफिक नियमको पालना गराउन तथा चेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड स्थापना गरिएका हुन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम [...]
कृषकलाई माछाका भुरा वितरण
तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो । सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले [...]
लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै
लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ । [...]
काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान
सरकारले यस वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेललमा गर्ने भएको छ । राष्ट्रियस्तरको उक्त कार्यक्रम आयोजना गरिने भएकाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सरोकारवाला पक्षसँग तयारी बैठक सकेको छ । जिल्ला समन्वय समिति [...]
घोषणामा सीमित पर्वतीय खेलकुद तालिम केन्द्र
मुस्ताङ र बागलुङमा उच्च पर्वतीय (हाइ अल्टिच्युड) खेलकुद तालिम केन्द्र निर्माणको घोषणा अलपत्र परेको छ । सङ्घ र प्रदेश सरकारले अघि सारेका दुई ठूला खेल पूर्वाधारले वर्षौँ बित्दा पनि गति लिन नसकेका हुन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ [...]
सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी
स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो पेसामा आबद्ध हुनुहुन्छ । अत्यधिक माग हुन थालेपछि उहाँले व्यावसायिकरूपमा सयपत्री फूलको [...]
भक्तपुर आगलागी : दुई करोड २९ लाखको क्षति
आइतवार साँझ यहाँ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् । सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको [...]
सञ्चो नभएको जनाएपछि पूर्वगृहमन्त्री खाणको बयान रोकियो, रायमाझीसँग बयान लिन सुरु
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उहाँसँगको बयान आजका लागि रोकिएको छ । खाणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि आजै तीन दिनको [...]
विद्यार्थीलाई शैक्षिक सामग्री
चाइना फाउण्डेशन फर द रुरल डेभलपमेन्ट नामक संस्थाले भरतपुर महानगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । महानगरका छ वटा विद्यालयका एक हजार नौ सय ९७ विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउन लागेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु [...]
चट्याङबाट घाइते यार्सागुम्बा सङ्कलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र
चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन । उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् । तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन । खराब मौसमका कारण दार्चुलाको व्यास [...]
युवतीहरूलाई झुक्याएर लगी भारतमा यौनधन्धा सञ्चालन
नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पुर्याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको फेला परेको छ । प्रहरीले हालै झापामा पक्राउ परेकी म्याग्दीकी अप्सरा भन्ने एलिना खत्रीमाथि गरिएको अनुसन्धानमा यस्तो तथ्य फेला परेको मानव बेचखिबन अनुसन्धान ब्यूरोका [...]
दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत
भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती [...]
नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको मागसहित देशव्यापी अभियान
मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ । ‘नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित [...]
पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ
मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज पक्राउ परेका हुन् । सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन [...]
महिला सङ्घको आपत्ति
नेपाल महिला सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ । महिला सङ्घले आज विज्ञप्ति प्रकाशन गरेर नेपाली कांग्रेसकी सांसद डा राणालाई विभिन्न लाञ्छना लगाइ सो प्रकरणमा उहाँको संलग्नता रहेको [...]
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने
मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । [...]
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ । यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो । नागरिकलाई सहज बनाउनकै लागि विगत गरिँदै आएको शैली बन्द गरी अनलाइन प्रणालीबाट उक्त [...]
मिडियाको सकारात्मक खबरदारी आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताउनुुभएको छ । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित [...]
दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान
प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न [...]
रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर [...]
नियमावली संशोधनका लागि मस्यौदा समिति गठन
प्रतिनिधिसभाको आजको बैठकले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन) नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ । सांसद देवेन्द्र पौडेलले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस्’ भनी [...]
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौँ बुढानिलकण्ठबाट सांसद रायमाझी पक्राउ पर्नुभएको जानकारी गराउनुभयो । नक्कली शरणार्थी प्रकरणमा जोडिएका सांसद रायमाझी पक्राउ परेको विषयमा [...]
सामान्य अङ्कले घट्यो नेप्से
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ [...]
प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने गरी आज आह्वान गर्नुभएको छ । बागमती मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट [...]
संसदीय समितिबाट गएनन् बजेटका लागि सुझाव
सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतका समितिहरूले पूर्णता नपाउँदा त्यस्ता समितिबाट आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव नजाने भएको छ । विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता, सरकारको वार्षिक नीति तथा कार्यक्रम र विनियोजन तथा आर्थिक विधेयकमासमेत [...]
पर्यटन प्रवर्द्धनका लागि हाफ म्याराथन
वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेश विराटनगरले ‘हाफ म्याराथन प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ । म्याराथन जेठ ६ गते बिहान ६ बजे मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म आयोजना हुनेछ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ [...]
तरकारी खेतीबाटै करोडौँको मालिक
सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाउनुभएको छ । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गर्नुभएका उहाँले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट रु सात लाख बराबरको [...]
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक [...]
राष्ट्रपतिबाट कायस्थको परिवारमा समवेदना व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन हुनुभएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा रहनुभएका जिउँदो सहित कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन [...]
मधेस सरकारले पूर्णता नपाउँदा बजेट तयारी प्रभावित
मधेस प्रदेशमा सत्ता साझेदार दलबीच असन्तुष्टि बढेको छ । जसले गर्दा आगामी आर्थिक वर्षको बजेटका लागि गर्नुपर्ने तयारी प्रभावित बनेको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि हाल चार मन्त्रालय रिक्त छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई ती मन्त्रालय नेपाली कांग्रेस, तराई [...]

International
ओडिशामा १६१ किलो गाँजा बरामद, तीन जना पक्राउ
ओडिशाको अङ्गुल जिल्लाको चन्द्रपुर गाउँबाट १६१ किलोग्राम गाँजा बरामद गरिएको छ । साथै सो कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । अवैध लागूऔषध विरुद्धको अभियानमा सन् २०२० देखि एसटिएफले [...]
बगैंचाको विवादमा फ्रान्समा ११ वर्षीया बेलायती बालिकाको गोली हानी हत्या
फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा ११ वर्षीया बेलाइती कन्याको आइतबार गोली हानी हत्या गरेको छ । सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो [...]
इजरायलद्वारा महासागर दिवसका उपलक्ष्यमा समुद्र सरसफाई कार्यक्रम
महासागर दिवसका सन्दर्भमा इजरायलको वातावरण संरक्षण मन्त्रालयले "स्वच्छ बिच" कार्यक्रम अन्तर्गत भूमध्यसागर र लाल सागरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ। प्रकृति र पार्क प्राधिकरणको सहयोगमा इजरायल डाइभिङ एसोसिएसनको "सी गार्ड" [...]
रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण
रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ । फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठूला [...]

Opinion & Analysis
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गृह मन्त्रालयको निर्देशन, जरुरी काम नपरी यात्रा नगर्न अपिल
२०८२ असोज १७ काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिक सम्बन्ध उच्च बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ। [...]
“नेपालमा दर्ता नगरी संचालन हुने फेसबुक युट्युव लगाएत सामाजिक प्लेटफर्म नेपालको लागि घाटा नै हो”
२०८२ असोज १६ काठमाडौं । " फेसबुक युट्युव टिकट्क लागएत विभिन्न सामाजिक संजाल नेपालीहरुको लागि मनोरञ्जनको माध्यम समेत बनेको छ । सामाजिक संजाल चलाउन नेपाली नागरिकले डलर कार्ड किन्ने गतिविधि [...]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडा दशैको टीका साईत ११.५३ बजे जुरायो
२०८२ असोज १६ काठमाडौं । नेपाल सरकार,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडा दशैंको टीका लगाउने शुभ साइत २०८२ साल असोज १६ गते [...]












