कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

तटबन्धले तालगाउँ सुरक्षित

हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा इतिहास नै मेटिने गरी भारी वर्षा भयो । वर्षात्का कारण बाढीपहिराको ठूलो क्षति भोग्नुपर्दा मनाङवासीका लागि अविस्मरणीय भयो । वर्षात्पछि मस्र्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१ तालगाउँ बगर बन्यो । करिब दुई [...]

सुनौला हजार दिनमा आमालाई उन्नत जातका कुखुरा

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । गाउँपालिकाभरिका आमाको पोषण स्वास्थ्य सुधार गर्न उन्नत जातका कुखुरा, विभिन्न प्रकारका तरकारीका बीउबिजन पनि वितरण गरिएको [...]

जुम्लाका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड विनियोजन

जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रू दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई रू दुई अर्ब [...]

धार्मिकस्थल डहरेसम्म पुग्न पदमार्ग निर्माण

धार्मिक एवं ऐतिहासिक स्थलका रुपमा रहेको डहरेसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माण भएसँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ मा अवस्थित डहरे देउरालीसम्म भक्तजन पुग्न सहज भएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा बयालेदेखि लिलिङसम्मको अप्ठ्यारो बाटोमा [...]

नेपाली नागरिकता बिहिन नेपाली नागरिकले नागरिकताको माग गर्दै निकाले जूलूस, भिडियो सहित

८० जेठ २९ काठमाडौ । नागरिकता बिधेयक लागू गर । नागरिकता बिधेयक बिरोधि होसियार । नागरिकता बिहिन लाई नागरिकता देउ । सर्वोच्च अदालत न्याय देउ। भन्दै काठमाडौको बबरमहलमा नागरिकता बिहिनहरू बिरोधको रयाली पर्दशन गरेका छन।बाकी भिडियो बाट जस्ताको त्यस्तै ........ [...]

कृषिमा आत्मनिर्भर बन्न कृषकसँग राय

२९ जेठ, बागलुङ । बागलुङका सबै स्थानीय तह नीति कार्यक्रम तथा बजेट बनाउनमा व्यस्त छन् । नागरिकका गुनासो सुन्ने, सुझाव सङ्कलन गर्ने र उनीहरुको आवश्यकतालाई नीति तथा कार्यक्रममा समावेश गर्ने तयारीमा यहाँका स्थानीय तह जुटेका हुन् । ढोरपाटन नगरपालिकाले पहिलो [...]

तीन जिल्लामा बिनियोजित बजेट धेरै होइन : अर्थमन्त्री डा महत

२९ जेठ, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले तीन जिल्लामा बढी रकम बिनियोजन गरिएकोप्रति स्पष्टीकरण दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदै उहाँले तीन जिल्लामा बिनियोजन [...]

बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री डा महत

२९ जेठ, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कठिन परिवेशमा आएकाले यसलाई सोहीरुपमा बुझ्नु आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै [...]

कञ्चनपुरमा क्रिकेट मैदान निर्माण हुँदै

२९ जेठ, कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेको थियो । चालु [...]

चक्रवात बिपरजोयको प्रभाव मुम्बइमा पनि, हवाई उडान प्रभावित

२९ जेठ, काठमाडाैं । भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकुल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन् । पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब सागरमा बनेको चक्रवाती आँधी ‘बिपरजोय’ ले अत्यधिक भीषण चक्रवाती आँधी [...]

हिमालय बचाउँः नदी जोगाउँ’ अभियानमार्फत १० लाख बढीको छात्रवृत्ति वितरण

२९ जेठ, काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसका अवसरमा यही जेठ २३ देखि सुरु गरेको सप्ताहव्यापी कर्णाली केन्द्रित ‘हिमालय बचाउँ ः नदी जोगाउँ’ अभियानमा रु १० लाख आठ हजारको छात्रवृत्ति वितरण गरिएको छ । शान्ति समाजले [...]

खडेरीले धानको बीउ राख्न समस्या

२९ जेठ, बाँके । बाँकेमा खडेरीले खेतबारी सुख्खा भएपछि किसानलाई धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएकाले धान रोपाइँका लागि किसानले बीउ राख्न नपाएका हुन् । आकाशे पानीको भरपर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नै [...]

कोशी प्रदेशका तीन जिल्लामा क्षयरोगका बिरामी बढी

२९ जेठ, झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय ५८ जना क्षयरोगका बिरामीमध्ये मोरङ, सुनसरी र झापामा बढी रहेको [...]

निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने

२९ जेठ, काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको [...]

मन्त्री रिजालद्वारा नेपाली महावाणिज्य दूतावासको निरीक्षण

२९ जेठ, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएको छ । भारतको कोलकातामा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिम्स्टेक) व्यापार सम्मेलनमा सहभागी हुन त्यहाँ पुग्नुभएको उहाँले [...]

ट्र्याक खुलेको १६ वर्षपछि पिप्ले–भगवती सडक कालोपत्र सुरु

२९ जेठ, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडकखण्डमा सडकको ट्र्याक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । रघुगङ्गा–३ पिप्ले, वडा नं २ भगवती र वडा नं १ बेगलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने गरी २०६४ सालमा गलेश्वरदेखि पिप्ले [...]

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने

२९ जेठ, काठमाडाैं । नेपाल सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले [...]

नारायणी नदीमा उत्खनन रोक्न निर्देशन

२९ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ । जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि उत्खनन रोक्न निर्देशन दिएको [...]

यस वर्षको मनसुनबाट १२ लाख ५० हजार प्रभावित हुने अनुमान

२९ जेठ, काठमाडाैं । नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका [...]

नयाँ स्टक र ब्रोकर लाइसेन्सबारे धितोपत्र बोर्डसँग जवाफ माग्ने अर्थ समितिको निर्णय

२९ जेठ, काठमाडाैं । सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेञ्जको अनुमति (स्टक लाइसेन्स) र नेपाल धितोपत्र बोर्डले अघि बढाइसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्रक्रियाबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ माग्ने भएको छ । अर्थ समितिको आजको बैठकले धितोपत्र [...]

कैलालीको गेटामा विज्ञान विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता

२९ जेठ, कैलाली । कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएको छ । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय स्थापना गरिने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुभएको नेकपा (एकीकृत समाजवादी) का सांसद [...]

सामुन्द्रिक तट सम्झाउने नारायणी किनार

२९ जेठ, चितवन । आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै हुनुहुन्थ्यो, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।” सँगै रहेका अर्का व्यक्तिले थप्नुभयो, “थाइल्याण्डको समुन्द्र किनारको झल्को आयो ।” [...]

चीनको नानजिङ र बङ्गलादेशबीच हवाई मार्गमार्फत् कार्गो सेवा सञ्चालन

२९ जेठ, काठमाडाैं । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ । “पूर्वी चिनियाँ शहर नानजिङले पहिलो पटक दक्षिण एशियालाई जोड्ने हवाई कार्गो सेवा [...]

अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

२९ जेठ, काठमाडाैं । अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर [...]

साउदी अरबमा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड

२९ जेठ, काठमाडाैं । साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० [...]

आलेख : अन्नपूर्ण आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी

२९ जेठ, बेनी । बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्कनुभएको छ । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गर्नुभएका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आउनुभएको छ । नर्थ अन्नपूर्ण आधार शिविर [...]

कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने

२९ जेठ, काठमाडाैं । कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर [...]

विचारः गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय

२९ जेठ, काठमाडाैं । केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको [...]

अप्राकृतिक मैथुन कसुरमा १२ वर्ष कैद

२९ जेठ, गलकाेट । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ । अप्राकृतिक मैथुन गरेको पुष्टी गर्दै जिल्ला न्यायाधीश [...]

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

२९ जेठ, पाेखरा । पोखरा विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र महर्षी इन्टरनेशनल युनिभर्सिटीका प्रेसिडेन्ट डा [...]

सहकारीको ऋण चुक्ता गर्नेको बैंक खाता रोक्का

२९ जेठ, काठमाडाैं । सहकारीबाट ऋण लिएर साँवा र ब्याजसहित चुक्ता गरिसकेकाको ऋण बाँकी भएको भनी बैंक खाता रोक्का गरिएपछि पीडित हुनेको सङ्ख्या बढ्न थालेको छ । लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था असनबाट विसं २०६८ मा रु १५ लाख ऋण लिनुभएका [...]

राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो

२९ जेठ, दाेधारा चाँदनी । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बजेट घटेर आएको छ । यहाँको महाकाली सिँचाइ तेस्रो चरण र महाकाली करिडोरको बजेट घटेको हो । बजेट अभावका कारण निमार्णले गति लिन नसकिरहेका [...]

काठमाडौँ उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

२९ जेठ, काठमाडाैं । काठमाडौँ उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने [...]

बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु

२९ जेठ, कपिलवस्तु । कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो । भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान [...]

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

२९ जेठ, धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो । [...]

वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा

२९ जेठ, मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको भन्दै वडा कार्यालयले [...]

विद्यालयस्तरमा निबन्ध लेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला

२९ जेठ, काठमाडाैं । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको केन्द्रीय निबन्ध विभागले विद्यालयस्तरमा निबन्ध लेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला सुरु गरेको छ । कार्यशालाको पहिलो चरणमा आइतबार काठमाडौँको मनोहर माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्मका ३२ विद्यार्थीमाझ कार्यशाला सम्पन्न भएको छ [...]

हिलोकोप्टरबाट एक महिलालाई उद्धार

२९ जेठ, हुम्ला । हुम्लाकोे मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उहाँको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज विहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो । गर्भवती [...]

अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री डा महत

२९ जेठ, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई [...]

पाँच हजार गाईभैँसीलाई ‘लम्पीस्किन’को औषधि

२९ जेठ,  चितवन । लम्पीस्किन’ रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको औषधि दिइएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र अधिकारीका अनुसार रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, [...]

ट्याङ्करबाट पानी वितरण

जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी [...]

बालमैत्री पालिका बनाउने अभियान

म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागि गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको [...]

बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन्

चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बीमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले विगत एक महिनादेखि बीमा कम्पनीले गाईभैँसीको बीमा गर्न छोडेका बताउनुभयो । “पशुचौपायामा [...]

यस्तो छ आजको मौसम

हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा [...]

साना व्यापारमा रमाउँदै हरवाचरवा महिला

कुनै बेला साहु महाजनको खेतबारीमा मजदुरी गरेर परिवार पाल्दै आएकी सप्तरीको बोदे बसाइन नगरपालिका–७ हैठीका कलमतदेवी सदाको पहिचान यतिबेला फेरिएको छ । केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी उहाँको अब भन्ने त्यो दुःखको दिन गएको छ । [...]

प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान

गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना , बुङ्कोट , राइनास र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो । गाउँपालिकाले प्रहरीचौकीलाई विपद्का लागि [...]

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । बिछिया केन्द्रविन्दु भएर यसअघि [...]

यस वर्ष विपद्बाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने

यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० [...]

पुनः दृष्टि फर्किदा …

नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो । ती आँखा शिविरमार्फत एक हजार [...]

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त हुनुहुन्छ । उहाँले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गर्नुभएको छ । केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ, उहाँको । “पानी [...]

लम्पी स्किन’विरुद्ध पशुलाई खोप लगाउन थालियो

तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो । पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका [...]

दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेपछि गरियो ‘इन्द्र पूजा’

लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् । जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा [...]

सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार

म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घ्यू, अण्डालगायतका पौष्टिक [...]

सूर्यविनायक–धुलिखेल सडक पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र

पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ । विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन [...]

गर्मी बढेपछि रामपुरका विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ । रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ भएकाले आजदेखि पाँच दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो । रामपुर नगरपालिका शिक्षा शाखाको यही जेठ २८ गतेको निर्णयअनुसार आजदेखि [...]

कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आइतवार आयोजित [...]

कोशी प्रदेशसभाको बैठक जेठ ३१ मा

कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो । कोशी प्रदेशसभा नियमावली, [...]

पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान

गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर एवं व्यावसायिक बनाउन गाई, भैँसीको नश्ल सुधार एवं उत्पादकत्व [...]

पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजनाको शुभारम्भ

नेपाल सरकार र विश्व बैंकद्वारा आज संयुक्तरुपमा पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको छ । आज एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले संयुक्त रुपमा [...]

बाढीपहिरामा परी मृत्यु भएका १३ जनाका परिवारलाई २६ लाख परिपूरण

कालीकोटमा गत असोजमा बाढीपहिरामा परेर मृत्यु भएका १३ जनाको परिवारले परिपूरण पाएका छन् । प्रदेश सरकारमार्फत राष्ट्रिय बीमा कम्पनीमा गरेको सामूहिक दुर्घटना बीमाबापत जनही रु दुई लाखका दरले बीमा रकम प्राप्त गरेका हुन् । २३ असोज २०७९ सालमा कालीकोटको तिलागुफा [...]

पाकिस्तानमा हावाहुरी र भारी वर्षाका कारण कम्तीमा २७ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भारी वर्षापछि आएको हावाहुरीका कारण आठ बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । खैबर पख्तुनख्वा प्रान्तका चार जिल्लामा शनिबार राति आएको आँधीका कारण दुईदेखि ११ वर्ष उमेर समूहका पाँच जना दाजुभाइको मृत्यु भएको [...]

युक्रेनमा आएको बाढीमा परी ३५ जना बेपत्ता

दक्षिणी युक्रेनमा आइतबार आएको विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् । खेर्सन क्षेत्रको अग्रपङ्क्तिमा रहेको रूसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौं मानिस भाग्न बाध्य भएका थिए । युक्रेनले निप्रो नदीमा रहेको बाँध [...]

श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये एक चौथाइ विद्यालय जाने बालबालिका

श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये करिब २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेको यहाँको स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतबार बताएका छन् । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् [...]

भीडन्तमा तीन सैनिक र तीन आतङ्ककारीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बल र आतङ्ककारीबीच भएको भीडन्तमा तीन सुरक्षाकर्मी र तीन आतङ्ककारीको मृत्यु भएको छ । आतङ्ककारिसँगको गोली हानाहानमातीन तीनजना सैनिकले पनि ज्यान गुमाएका छन् । मारिएका आतङ्ककारीहरूबाट हतियार र गोलाबारुद बरामद गरिएको [...]

यहुदी काङ्ग्रेसको सम्मेलनमा इजरायलमा ५० देशका १२० यहुदी नेता सहभागी

इजरायलको विदेश मन्त्रालयले बुधबार विश्व यहुदी काङ्ग्रेसको प्रतिनिधिमण्डलको आयोजना गरेको छ। इजरायलको ७५ औँ वार्षिकोत्सव मनाउँन आएका विभिन्न ५० देशका १२० भन्दा बढी यहुदी नेताहरूले सो सम्मेलनमा भाग लिएका छन् । यस "बृहत् प्रतिनिधिमण्डल" को उद्देश्य "इजरायलका नागरिकहरूसँग समर्थन र [...]

लागूऔषध ओसारपसारमा संलग्नलाई गोली प्रहार गरी नियन्त्रण

नेपाल प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मोरङ बेलबारी गेष्ट हाउस नजिकबाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । प्रहरीले लागूऔषध कारोबार गरेको गोप्य [...]

अमेरिका र माल्टा पठाउने भन्दै रकम लिई फरार भएका दुई पक्राउ

वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया [...]

सन्थाल आवास निर्माणका लागि रु दुई करोड

झापाको भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि सङ्घीय सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ । विपन्न आदिवासी सन्थाल समुदायको घर निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप उक्त रकम आएको भद्रपुर नगरपालिकाका प्रमुख [...]

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई विधानमा भएको व्यवस्थाअनुसार कारबाही [...]

निजामती कर्मचारीको प्रतिभा प्रष्फुटन कार्यक्रम सुरु

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा निजामती कर्मचारीका प्रतिभा प्रष्फुटनका लािग प्रतिभा डबली कार्यक्रम सुरु भएको छ । जेठ ३२ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ । निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत साल झै यस [...]

एमडिएमएस प्रभावकारी कार्यान्वयनमा नियामक र व्यवसायी एकमत

गैरकानुनी र अवैध रुपमा नेपाल भित्रिएर दर्ताविनै चलिरहेका मोबाइल फोनको बिक्री वितरण रोक्न सरकारले जेठ १ गतेदेखि लागू गरेको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टोम’ (एमडिएमएस) प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नियामक र व्यवसायी एकमत देखिएका छन् । मोबाइल फोन इम्पोर्टस एशोसिएशन र [...]

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला [...]

प्रजनन केन्द्रमा कोरलिन थाले गोहीका बच्चा

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका [...]

महोत्तरीको उत्तरी भेगमा खानेपानीको चरम अभाव

अत्यधिक गर्मी बढिरहेका बेला यहाँको उत्तरी क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव भएको छ । बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सय १५ भन्दाबढी बस्तीमा अहिले खानेपानीको अभाव भएको हो । धाराबाट पानी वितरण हुँदै आएका स्रोतको मुहान सुकेपछि बर्दिबासका १४ [...]

एक्साभेटर दुर्घटनामा एकको मृत्यु

आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आज एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो । आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि [...]

लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गर्नुभएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष [...]

बेल्ट एण्ड रोड चलचित्र सप्ताह साङ्घाईमा शुरु

पच्चीसौं साङ्घाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवको एक भागको रूपमा बेल्ट एण्ड रोड चलचित्र सप्ताह शनिबार पूर्वी चीनको शाङ्घाई महानगरमा शुरु भएको छ। यस वर्षको महोत्सवमा स्वदेश तथा विदेशका कुल २० वटा चलचित्र प्रदर्शन हुनेछन् । ती मध्ये चिनियाँ फिल्म "अबसेन्स" र [...]

डढेलोमा परी पूर्वी कजाकिस्तानमा कम्तीमा ३ जनाको मृत्यु

पूर्वी कजाकिस्तानको अबाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । आगो निभाउने, खोजी र उद्धार कार्यमा ८०० भन्दा बढी मानिस परिचालित भएका छन् । जोखिममा रहेका करिब ७०० बासिन्दालाई [...]

सांसदहरु भन्नुहुन्छ, ‘बजेट सन्तुलित देखिएन’

सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उहाँहरुले वर्तमान [...]

बीस आयोजनाका लागि २१ करोड

झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले रु २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो । राष्ट्रिय योजना आयोगले [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.6682down
Australian Dollar 
Australian Dollar
₨109.0148down
Swiss Franc 
Swiss Franc
₨191.7124down
Euro 
Euro
₨178.6588down
British Pound 
British Pound
₨208.1326down
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9664down
Qatari Rial 
Qatari Rial
₨42.0403down
Saudi Riyal 
Saudi Riyal
₨40.8071down
Singapore Dollar 
Singapore Dollar
₨120.3599down
US Dollar 
US Dollar
₨153.0266down
20 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 20 Aug 2026 00:40 UTC
Latest change: 20 Aug 2026 00:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

सुडानको डार्फरमा ‘निर्मम हत्या’ रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह; हेमन्त खबर

संयुक्त राष्ट्रसङ्घले पश्चिम डार्फर राज्यको राजधानी एल जेनेनाबाट भागेर आएका मानिसहरूको अर्धसैनिक बलको सहयोगमा अरब मिलिसियाले गरेको ‘निर्मम हत्या’ रोक्न तत्काल कदम चाल्न शनिबार आग्रह गरेको छ । अब्देल फतह [...]

By |June 24, 2023|Categories: International, News|

बङ्गलादेशमा माइक्रोबसको सिलिण्डर विस्फोट, सात जनाको मृत्यु; हेमन्त खबर

बङ्गलादेशको मध्य फरिदपुर जिल्लामा शनिबार बिहान ग्यासबाट चल्ने माइक्रोबस राजमार्गको डिभाइडरमा ठोक्किँदा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको [...]

By |June 24, 2023|Categories: International, News|

वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रूसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा; हेमन्त खबर

रूसमा वाग्नर लडाकूसमूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ । “हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून [...]

By |June 24, 2023|Categories: International, News|

बेइजिङका विद्यालयहरूलाई गर्मीमा धेरै बाहिरी गतिविधिहरू नगर्न आग्रह; हेमन्त खबर

चीनको राजधानी बेइजिङका प्रमुख भागहरूमा पछिल्लो समय उच्च तापक्रमको अनुभव भइरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् । नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई [...]

By |June 24, 2023|Categories: International, News|

Opinion & Analysis

संयुक्त जनआन्दोलन समितिको माग – दुर्गा प्रर्साईंलाई बिनासर्त रिहाई गर

मंसिर ३ नेपाल । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रर्साईंलाई बिनासर्त रिहाई गर्न सरकार सग माग गरेको छ। ´जेनजी आन्दोलनको [...]

By |November 19, 2025|Categories: News, Opinion and Analysis|

बारा घटनापछि रास्वपा बोल्यो : शान्तिपुर्ण रुपले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्छ

मंसिर ३ नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बाराको सिमरा विमानस्थलमा भएको घटना अत्यन्तै संबेदनसिल षड्यन्त्रमुलक भएको बताएको छ । पार्टी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा सम्बन्धमा सरकारले [...]

By |November 19, 2025|Categories: News, Opinion and Analysis|

एमाले नेत्ता महासचिव शंकर पोखरेल द्वारा सिमरा घटना प्रती दु:ख व्यक्त

मंसिर ३ नेपाल । नेपाल कम्युनिस्ट पार्टी एमालेका पार्टी महासचिव शंकर पोखरेल द्वारा आज सिमरा भएको झडप र तोडफोडको घटना प्रती दु:ख व्यक्त गरेका छन् , पोख्रेलले आफ्नो फेसबुकमा लेखेका [...]

By |November 19, 2025|Categories: News, Opinion and Analysis|

Videos

Stock Market

सेयर बजार सूचक ७.६६ अकंले घट्यो, नेप्से सधैंभरी घट्दैन र सधैंभरी बढ्दैन

२०८१ चैत्र ५ काठमाडौं । सेयर बजार नेप्से सूचक ७.६६ विन्दुले घटेर २६९७.०४ अंकमा कायम भएको छ । ४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । अधिल्लो दिनको भन्दा कारोबार रकम कम रहेको छ् । केही कम्पनीको सामान्य [...]

सेयर बजार नेप्से सूचक घटेर २७०४.७० अंकमा कायम

२०८१ चैत्र ४ काठमाडौं । सेयर बजार नेप्से सूचक १०.१४ विन्दुले घटेर २७०४.७० अंकमा कायम भएको छ । ५ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सस्तोमा किन्नेले बढेको बेला नाफा बुक गर्न सेलर प्रेसर पढाएपछि नेप्से घट्न [...]

Go to Top