कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

जसपाको विधान अधिवेशन : समूहगत छलफल जारी>हेमन्त खबर

जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन काठमाडौँमा जारी रहेको छ । अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी रहेको छ । पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिनुभएको जानकारीअनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रस्तुत [...]

घाँटीमा सर्प बेरेपछि …..hemantakhabar.com

सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प [...]

दुई हजार पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो> हेमन्त खबर

स्याङ्जाको वालिङ नगरपालिकाले दुई हजार पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइदिएको छ । नगरभित्रका विभिन्न वडामा लम्पी स्किनबाट सङ्क्रमित पशुको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले खोप खरिद गरी निःशुल्क लगाइदिएको हो । पशुमा सङ्क्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न पालिका आँफैले [...]

दार्चुलामा वडाध्यक्षको निधन: हेमन्त खबर

दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको हो । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएपछि [...]

लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान; hemantakhabar.com

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज [...]

उकालो लाग्दै अण्डाको मूल्य> हेमन्त खबर

किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा [...]

इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही: hemantakhabar.com

वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो । महानगरपालिकाले तार व्यवस्थापनका लागि [...]

माछापुच्छ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै> hemantakhabar.com

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका पशुपालनमा देशमै अग्रणी स्थानमा छ । पालिकाका नौ वडाबाट गरी दैनिक ११ हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । पुशपालन व्यवसाय फस्टाउँदै गएपछि गाउँपालिकाले पशु आहाराका लागि गाउँमै दाना चोक्कर केन्द्र स्थापना गर्ने [...]

अफगानिस्तान विश्व समुदायसँग सम्बन्ध स्थापित गर्न चाहन्छ : तालिबान>हेमन्त खबर

तालिबाननेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेषगरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताउनुभएको छ । काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्यूजका अनुसार [...]

होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु, कर्फ्यु जारी: hemantakhabar.com

लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कफ्र्यूको घोषणा गर्नुभएको छ । गरिबी, सामूहिक हिंसा र लागूपदार्थको ओसारपसारबाट ग्रस्त यस देशको दोस्रो ठूलो शहर सान पेड्रो सुला नजिकैको शहर चोलोमामा [...]

नारायणगढ– बुटवल सडकखण्ड : घाम लाग्दा धुलो, पानी परे हिलो !; हेमन्त खबर

चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ [...]

लागुऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी: hemantakhabar.com

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयको आयोजनामा आज प्रभातफेरी निकालिएको हो । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर [...]

रुपन्देहीका पालिकाको बजेटः कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनमा प्राथमिकता; हेमन्त खबर

आर्थिक वर्ष २०८०/०८१ का लागि रुपन्देहीका प्राय सबै पालिकाले आइतबार बजेट सार्वजनिक गरेका छन् । बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन् । भौगोलिकरुपले जिल्लामा सबैभन्दा ठूलो तिलोत्तमा नगरपालिकाले [...]

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन माग: हेमन्त खबर

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तक्र्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए । बजारमा सय रुपैयाँभन्दा [...]

नदी नियन्त्रणका लागि रु चौध करोड बजेट : हेमन्त खबर

आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि रु १४ करोडभन्दा बढी बजेट विनियोजन भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरि उर्जा जलस्रोत [...]

लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान: हेमन्त खबर

लम्पी स्किन रोगको सङ्क्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका दुईवटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा [...]

नौखरी खत्री टोलका दश परिवार खोलाको दूषित पानी पिउन बाध्य; हेमन्त खबर

शुक्लाफाँटा नगरपालिका–८ नौखरी खत्री टोलका दश परिवार डेढ दशकदेखि खोलाको दूषित पानी पिउँदै आएका छन् । बस्तीमा नल्का गाडन नसक्दा खत्रीटोलका बासिन्दा गौँडी खोलाको बर्सातको धमिलो पानी पिउन बाध्य भएका हुन् । खोला छेउ सानो खाल्डो खनेर टोलका बासिन्दाले खानेपानीको [...]

बैतडीका पालिकाको बजेट चार अर्ब: हेमन्त खबर

बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका स्थानीय तहको सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई मुख्य प्राथमिकतामा राखेका [...]

झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण: हेमन्त खबर

उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको [...]

काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’; हेमन्त खबर

जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ [...]

तनहुँका दश स्थानीय तहद्वारा रु सात अर्ब ७५ करोडको बजेट प्रस्तुत; हेमन्त खबर

तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत [...]

महिला आश्रयसम्बन्धी राष्ट्रिय सम्मेलन: हेमन्त खबर

नेपालमा लैङ्गिक हिंसा पीडित÷प्रभावितका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनले लैङ्गिक [...]

पोखरा महानगरमा बजेटको ठूलो हिस्सा पूर्वाधारमा; hemantakhabar.com

पोखरा महानगरपालिकाले आगामी आव ०८०÷०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा रु दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो । आइतबार सार्वजनिक बजेटमा महानगरको प्रशासकीय भवन र वडा कार्यालय भवन [...]

सरकारले भरतपुर रङ्गशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने ; हेमन्त खबर

युवा तथा खेलकुदमन्त्री डिकबाहदुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८०÷८१ बजेट विनियोजन विषयक छलफलमा मन्त्री लिम्बूले धुर्मुस–सुन्तली फाउन्डेसनले [...]

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?>hemantakhabar.com

काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ । महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको [...]

भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा> hemantakhabar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका, कञ्चनपुरका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जना विरुद्ध नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने आयको ठेक्कामा [...]

बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस; hemantakhabar.com

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आज उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गर्नुभएको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण रु ३० करोड १७ लाख, ससर्त [...]

नेपाल उज्वेकिस्तानसँग पराजित; hemantakhabar.com

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले नेपाललाई पहिलो [...]

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने: हेमन्त खबर

काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले. आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ । विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले [...]

दुर्घटनामा एक जनाको मृत्यु; hemantakhabar.com

पृथ्वी राजमार्गमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कन्चनङ्गा नगरपालिका–१ का ३६ वर्षीय हेमन्त कुमाल रहेका छन् । बुटवलबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै [...]

नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार: हेमन्त खबर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो । नेप्सेका अनुसार आज [...]

फोहरबाट उत्पादित ग्यासपाइप लाइनबाट वितरण गर्न सुरु; हेमन्त खबर

दाङको घोराही उपमहानगरपालिका–१६ करौँतीडाँडामा गल्ने फोहरबाट ग्यास र मल उत्पादन सुरु भएको छ । साथै उपमहानगरपालिले पाइप लाइनका माध्यमबाट ग्यास वितरण भने सुरु गरेको छ । करौँतीडाँडामा फोहरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई निःशुल्करूपमा ग्यास वितरण [...]

ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो: हेमन्त खबर

बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको बर्खे नियमित वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका छन् । यहाँका किसानले [...]

जिल्ला प्रशासन कार्यालय काठमाडौँको वडालाई परिपत्र: हेमन्त खबर

जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्याएर मात्रै सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र गरेको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ गत जेठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको सोही ऐन र नियमावली बमोजिम प्रक्रिया पूरा गरेर [...]

सडकले मासियो सम्पदा (hemantakhabar.com)

बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ । सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन् । बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर नजिकै रहेकोे एक सय ५० वर्ष पुरानो चौतारीसँगैको वरपिपल यसैसाता सडक विस्तारका क्रममा [...]

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत : हेमन्त खबर

राष्ट्रियसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न [...]

वार्षिक प्रतिवेदन पेस: हेमन्त खबर

राष्ट्रियसभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन २०७८/७९, महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज [...]

नेपाल विश्वविद्यालय विधेयकमाथि समितिको प्रतिवेदन पेस: हेमन्त खबर

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्नुभएको छ । राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि दफावार छलफलका लागि विधेयक समितिमा पठाइएको थियो [...]

जनता समाजवदीबपार्टीको विधान अधिवेशन सुरु; हेमन्त खबर

जनता समाजवादी पार्टी जसपा० नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गर्नुभएको हो । अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने [...]

गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार; हेमन्त खबर

मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो । ‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ [...]

विपन्नलाई घर बनाउँदै वडाध्यक्ष; हेमन्त खबर

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहोराले महाकाली तटीय क्षेत्रमा अतिविपन्न परिवारका लागि नमुना बस्ती निर्माण अभियान थाल्नुभएको छ । भीमदत्त–१३ सोनापुर टोलमा अतिविपन्न ३० परिवारका लागि दुई कोठे पक्की भान्सासहितको घर निर्माणका लागि उहाँले सक्रियता बढाउनुभएको छ । सोनापुरमा [...]

नेपालको काठमाडौँ महानगरले ल्यायो रु २५ अर्ब ५४ करोड बजेट; हेमन्त खबर

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा काठमाडाैँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गर्नुभएको बजेटमा [...]

वार्षिक नीति तथा कार्यक्रम पेस; हेमन्त खबर

विराटनगर महानगरपालिका नगरसभाको १२औँ अधिवेशनमा आज आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पेस भएको छ । सभामा उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउने सन्दर्भमा स्थानीयस्तरमा रहेका सीमित स्रोत र साधनलाई अधिकत्म [...]

भारतको मणिपुरमा स्थानीयको अवरोधपछि १२ लडाकू मुक्त; hemantakhabar.com

उत्तरपूर्वी राज्य मणिपुरमा एक हजार २०० भन्दा बढी महिलाको नेतृत्वमा रहेको भीडको अवरोधपछि सुरक्षा नियन्त्रण नजिक पुगेका एक दर्जन लडाकूलाई आइतबार रिहा गरेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार इम्फाल पूर्वको इथम गाउँमा [...]

पाकिस्तानमा बस दुर्घटना हुँदा दश जनाको मृत्यु, चालीस भन्दा बढी घाइते; hemantakhabar.com

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० भन्दा बढी घाइते भएका छन् । एक लेनको सडकमा विपरीत दिशामा गुडिरहेका दुई बसले एकै पटक दुई फरक फरक [...]

राप्रपाले प्रवासी नेपाली समाजको अधिवेशन गर्ने : hemantakhabar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रवासी नेपाली एकता समाज (पानस)को अन्तर्राष्ट्रिय भेलाले आगामी कात्तिक १० र ११ गते अन्तर्राष्ट्रिय समितिको अधिवेशन नेपालमा गर्ने निर्णय गरेको छ । राप्रपाका ४० भन्दाबढी देशमा रहेका सङ्गठनका प्रतिनिधिले भर्चुअल बैठकबाट गरेको छलफलमा आगामी भदौ [...]

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने; hemantakhabar.com

यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका [...]

दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’; hemantakhabar.com

यहाँका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । पशुमा महामारीका रूपमा ‘लम्पी स्किन’ रोग देखिन थालेपछि किसानमा चिन्ता छाएको छ । सो रोगका कारण हालसम्म दैलेखमा मात्र करिब चार सय ३५ पशु मरेका छन् । विशेषगरी [...]

मुख्यमन्त्री कपको उपाधि इलामले जित्यो: hemantakhabar.com

कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ । यहाँ सञ्चालित मुख्यमन्त्री कप फुटबलको फाइनल खेलमा सङ्खुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि जितेको हो । जितसँगै इलामले रु दुई लाखसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । [...]

दूध र मासु उत्पादनमा विकेन्द्रीकृत आयोजना प्रभावकारी बन्दै: hemantakhabar.com

स्याङ्जामा दूध र मासुको उत्पादन वृद्धिमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको भूमिका प्रभावकारी देखिएको छ ।जिल्लामा दूध र मासुजन्यपदार्थ उत्पादन गर्ने गरी सञ्चालनमा रहेका समूह।सहकारी तथा व्यक्तिगत फार्मलाई थप व्यवस्थित बनाउने उद्देश्यले काम गर्दै आएको उक्त आयोजनाको पोखरास्थित विकेन्द्रीकृत आयोजना [...]

अब गाउँमै शव परीक्षण; hemantakhabar.com

पहिराले पुरिएर मृत्यु भएका चार जनाको गाउँमै शव परीक्षण (पोष्टमार्टम) गरिएको छ । चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरामा परी ज्यान गुमाएकाहरुको गाउँकै स्वास्थ्यचौकीमा शव परीक्षण गरिएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर गाउँकै स्वास्थ्य युनिटमा परीक्षण गरी दाहसंस्कार गरिएको प्रहरी [...]

गुल्मीको इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड ; hemantakhabar.com’

गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो [...]

कवाडीझैँ थन्किए घुम्ती शौचालय; hemantakhabar.com

चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् । नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा [...]

संरक्षण हुन छाड्यो रैथाने बाली; hemantakhabar.com

बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा [...]

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो; हेमन्त खबर

निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो । सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश [...]

करिब दुई केजी सुनसहित एक जना पक्राउ; hemantakhabar.com

सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका-१० का २१ [...]

विद्यालयका लागि जग्गा सहयोग; हेमन्त खबर

हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एक स्थानीयले जग्गा सहयोग गरेका छन् । वडा नं ८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई रू एक लाख ४० हजार मूल्य बराबरको जग्गा सहयोग गरेको वडाध्यक्ष कमल बुढाले बताउनुभयो । उहाँका [...]

युआनको विश्वव्यापी भुक्तानी शेयर मे महिनामा बढ्यो; हेमन्त खबर

चिनियाँ मुद्रा रेन्मिन्बी (आरएमबी) वा युआनले मे महिनामा विश्वव्यापी भुक्तानीमा आफ्नो हिस्सा बढाएको छ । आरएमबीको विश्वव्यापी शेयर अप्रिलमा २.२९ प्रतिशतबाट गत महिना २.५४ प्रतिशतमा बढेको सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन वित्तीय सन्देश सेवाको विश्वव्यापी प्रदायक कम्पनीले जनाएको छ [...]

ड्र्यागन बोट फेस्टिभलमा चीनमा तीन दिनमा १० करोड ६० लाखले भ्रमण गरे; हेमन्त खबर

चीनमा तीन दिने ड्र्यागन बोट फेस्टिभल बिदामा कुल १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेको जनाएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढी रहेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने [...]

नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने; hemantakhabar.com

नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ । यस्तो आदेशका अवज्ञा गर्नेलाई [...]

पशुपति क्षेत्रमा गङ्गामाई जात्राको तयारी पूरा; हेमन्त खबर

प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गरिने गङ्गामाई जात्राको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा रहेको गङ्गाको मूर्तिलाई वाग्मती किनारमा अवस्थित गङ्गा मन्दिर अगाडि पूजा तथा हवन गर्ने तयारी पूरा भएको [...]

उपराष्ट्रपति कार्यालयको खर्च कटौती प्रस्ताव पेस; हेमन्त खबर

प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । तीन जना सांसद डा अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव पेस गर्नुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी [...]

पोखरामा चट्याङ लागेर एकको मृत्यु;हेमन्त खबर

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा [...]

महिला हिंसा नियन्त्रण गर्न माग; हेमन्त खबर

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशव्यापीरूपमा महिलामाथि हत्या हिंसाका घटनामा वृद्धि भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ । बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद प्रतिक्षा तिवारीले गरिबी, कानुनी सचेतनाको अभावका कारण महिला हिंसा बढेको भन्दै काभ्रेपलाञ्चोकमा एक महिलाको हत्या [...]

सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता; hemantakhabar.com

जापानमा हराउँनु व्यक्तिहरूको सङ्ख्या क्रमश; बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले [...]

फिफाद्वारा युएईमा आयोजना गर्न लागिएको बिच सकर विश्वकप फेब्रुअरी २०२४ सम्म स्थगित;hemantakhabar.com

फिफाले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ। फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका लागि आफ्नो २४ औं परिषद् बैठकबाट यो निर्णय गरेको हो। [...]

रुस सङ्कटका बीच अमेरिका सहयोगीहरूसँग ‘निकट समन्वयमा’ रहने; hemantakhabar.com

रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउँनु भएको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उहाँले अमेरिका 'निकटको समन्वयमा रहने बताउँनु भएको हो [...]

चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित; हेमन्त खबर

गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय [...]

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध: हेमन्त खबर

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो । शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौँ, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट [...]

पहिरोको उच्च जोखिममा मौरीखोला; हेमन्त खबर

नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिराको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । विगत तीन वर्षयता वर्षात्को समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । डिभिजन सडक कार्यालय चितवनले वर्षात्को समयमा सो स्थानमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले [...]

पर्वतमा ६० साना सिँचाई आयोजना सम्पन्न” हेमन्त खबर

पर्वतमा यस वर्ष ६० साना सिँचाइका योजना सम्पन्न भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ कार्यालय पर्वतले धानखेतीका लागि कृषकलाई सहज बनाउन ती साना सिँचाइका योजना निर्माण गरेको हो । सिँचाइको सुविधा नपुगेका सीमान्तकृत बस्तीमा प्रतियोजना रु [...]

सवारी दुर्घटनामा मृत्यु; हेमन्त खबर

हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बागमती प्रदेश०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा पछाडी सवार हेटौँडा–१ जरुवाटोल [...]

परियोजनाका कर्माचारी १० महिनादेखि तलबविहीन; हेमन्त खबर

सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले विगत १० महिनादेखि तलब पाएका छैनन् । वन पैदावार विकास समितिअन्तर्गत रहेको सो परियोजनाका स्थायी ३६, करार १० र दैनिक ज्यालादारीका विगत करिब १० महिनादेखि तलब नपाएको परियोजनाका निमित्त प्रमुख शिवेन्द्र चौधरीले [...]

टीकापुरमा बालकोष स्थापना; हेमन्त खबर

कैलालीको टीकापुर नगरपालिकाले बालबालिकाको संरक्षणका लागि बालकोष स्थापना गरेको छ । विभिन्न विपत् र महामारीमा बालबालिकाको आपत्कालीन उद्धार तथा सहायता प्रदान गर्ने उद्देश्यले स्थानीय तहमा ‘बालकोष’ स्थापना गर्ने गरिएको छ । कोषमा बाल कल्याण सङ्घ टीकापुरले रु एक लाख सहयोग [...]

जसपाको विधान अधिवेशन आजबाट; हेमन्त समाचार

जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय छ [...]

बढेन परिवार नियोजनको साधन प्रयोग दर; हेमन्त खबर

एघार वर्षका अवधिमा परिवार नियोजनको आधुनिक साधन तथा विधिको प्रयोग बढाउन गरिएका उपलब्धि शून्य देखिएको छ । सन् २०११ देखि सन् २०२२ सम्ममा यस्ता विधिको प्रगति उकालो लाग्न सकेको छैन । अर्थात् लगातार स्थिर देखिएको छ । नेपाल जनसाङ्ख्यिक तथा [...]

वर्षाले किसान खुसी, रोपाइँ सुरु ; हेमन्त खबर

लामो समयपछि वर्षा सुरु भएसँगै बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् । रोपाइँका लागि वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान प्रेमसिंह धामीले बताउनुभयो [...]

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध; हेमन्त खबर

निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो । यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ [...]

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना; हेमन्त खबर

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गर्नुभयो । उहाँले गाउँघरमा [...]

मन्त्री किरातीले हेर्नुभयो ‘नीरफूल’; हेमन्त खबर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेर्नुभएको हो । “भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨39.5482up
Australian Dollar 
Australian Dollar
₨102.8304up
Swiss Franc 
Swiss Franc
₨187.35up
Euro 
Euro
₨171.1439down
British Pound 
British Pound
₨195.8905up
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9372up
Qatari Rial 
Qatari Rial
₨39.9013up
Saudi Riyal 
Saudi Riyal
₨38.7308up
Singapore Dollar 
Singapore Dollar
₨114.6568up
US Dollar 
US Dollar
₨145.2406up
22 Feb · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 21 Feb 2026 18:40 UTC
Latest change: 21 Feb 2026 18:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

फ्रान्समा एकै रात ६६७ जना पक्राउ

प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो [...]

By |June 30, 2023|Categories: International, News|

उत्तर भारतमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, २ गम्भीर घाइते

भारतको उत्तरी राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाको साथै अन्य दुई जना गम्भीर घाइते भएका छन । राज्यको बाँदा [...]

By |June 30, 2023|Categories: International, News|

इथियोपिया ब्रिक्स मा सामेल हुन इच्छुक

इथियोपियाले ब्रिक्स संयन्त्रमा सामेल हुन अनुरोध पेश गरेको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।“इथियोपिया संयुक्त राष्ट्रसंघ, अफ्रिकी संघ र असंलग्न आन्दोलन“ लगायतका बहुक्षेत्रीय सङ्गठनहरूको संस्थापक सदस्य पनि रहेको मन्त्रालयका प्रवक्ता [...]

By |June 30, 2023|Categories: International, News|

दक्षिण यमनमा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी ४ सरकारी सैनिकको मृत्यु

हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन तैनाथ गरी धलियाको [...]

By |June 30, 2023|Categories: International, News|

Opinion & Analysis

प्रधानमन्त्रीको स्वकीय सचिवालय द्वारा आज जारी ध्यानाकर्षण पत्रमा के उल्लेख छ ?

मंसिर ८ नेपाल । सम्माननिय प्रधानमन्त्री सुशीला कार्कीज्यूको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित-प्रसारित सामग्रीलाई लिएर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जेनजी आन्दोलनको बलमा स्थापित यस सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू मितव्ययिता, [...]

By |November 24, 2025|Categories: News, Opinion and Analysis|

एमाले निकट नेसनल भोलिन्टियर्स फोर्सले महेश बस्नेतमाथि भएको आक्रमणको प्रतिरोध गर्ने चेतावनी

मंसिर ७ नेपाल । आज नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा सहभागी हुन जाने क्रममा गाडीमा बेलुन प्रहार भएको छ । घटमामा संलग्न [...]

एमालेको सहभागीता बिना फागुन २१ मा हुने चुनावको औचित्य रहन्छ ? कांग्रेसले चुनावमा भाग लिने निर्णय

मंसिर ६ नेपाल । संसद पुनर्बहालीको माग गर्ने नेकपा एमाले एक्लिएको छ । नेपालका प्राय सवै ठुला राजनीतिक दलहरुले चुनावमा भाग लिने निर्णय गरिसकेका छन भने चुनावी प्रचार प्रसार अभियानमा [...]

By |November 22, 2025|Categories: News, Opinion and Analysis|

Videos

Stock Market

सेयर बजार नेप्से आज ९.९६ विन्दुले घट्यो, सेयर बजार नेप्से घट्ने बढ्ने सामान्य चक्र हो

२०८२ बैशाख ९ काठमाडौं । सेयर बजार नेप्से सूचक ९.९६ विन्दुले घटेर २६८८.३२ अंकमा कायम भएको छ । ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केही कम्पनीको सर्किट लेबलमा कारोबार भएका छन् । बजार लामो समयदेखि केही [...]

सेयर बजार नेप्से सूचक ७.७५ विन्दुले घटेर २६९८.२८ अंकमा कायम

२०८२ बैशाख ८ काठमाडौं । सेयर बजार नेप्से सूचक ७.७५ विन्दुले घटेर २६९८.२८ अंकमा कायम भएको छ । आज ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केही कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ् । बजारमा ठुला [...]

Go to Top