कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

बेसार खेती बाट मनग्ये आम्दानी

कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्नुहुन्थ्यो । तर अहिले उहाँले बेसारखेती गर्नुभएको छ । यस्तै सोही ठाउँका [...]

By |November 30, 2022|News|

उदयपुर–१ मा कांग्रेसका खड्का निर्वाचित

७९ मंसिर १४ काठमाडौ । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी हुनुभएको छ । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले )की मञ्जुकुमारी [...]

By |November 30, 2022|News|

विश्वकप फुटबल : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

७९ मंसिर १४ काठमाडौ, नेपाली । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले [...]

By |November 30, 2022|News, Sports|

आहा रारा पोखरा गोल्डकपलाई हिमश्रीको साथ

हिमश्री फुड्सले प्रालिले यहाँको चर्चित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने भएको छ । सहारा क्लब पोखराले २० वर्षअघिदेखि सञ्चालन गर्दै आएको सो फुटबल प्रतियोगितालाई हिमश्री फुड्सले सुरुआतदेखि नै मुख्य प्रायोजन गर्दै आएकामा थप [...]

सुनसरी–४ मा मतगणना सुरु, कार्कीको अग्रता

शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो । मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा छ सय छ मत थपेपछि [...]

By |November 29, 2022|News|

युक्रेनको ऊर्जा आपूर्ति विनाश युद्ध अपराध

७९ मंसिर १३ काठमाडौ, नेपाल । युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल आक्रमण "युद्ध अपराध" भएको टिप्पणि गरिएको छ । जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी-७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका छन् । बढ्दो जाडो यामको सम्मुखमा गरिएको ताप [...]

चिनियाँ राष्ट्रपति सीद्वारा चीन-रुस ऊर्जा प्रवर्धन गर्न तयार रहेको घोषणा

७९ मंसिर १३ काठमाडौ नेपाल । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताउँनु भएको छ । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको [...]

धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन : नेता कोइराला

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उहाँले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड [...]

बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्न : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार [...]

इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन प्रयोग गरिएको औषधि प्रयोग नगर्न आग्रह

औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ । बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा यी दुई विषाक्त रसायन मिसिएको हुनसक्ने भन्दै विभागका वरिष्ठ औषधि [...]

पूर्वाधार विकास कार्यालयका तत्कालिन निमित्त प्रमुख विरुद्ध मुद्दा दायर

सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी [...]

एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर

नेकपा (एकीकृत समाजवादी)ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ । समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय [...]

थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन आदेश

सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश गरेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासले आइतबार गरेको आदेशमा गत कात्तिक २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता [...]

डा तीर्थ श्रेष्ठलाई षडानन्द राष्ट्रिय पुरस्कार

समाज सुधारक षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँले षडानन्द राष्ट्रिय पुरस्कार, राष्ट्रिय समाज सेवा पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार क्रमशः वनस्पतिविज्ञ डा तीर्थबहादुर [...]

टिकट पाएकामध्ये वाग्मती प्रदेश सरकारका एक मन्त्री पराजित

वाग्मती प्रदेश सरकारका मन्त्रीमध्येबाट प्रदेशसभा निर्वाचनमा टिकट पाएकामध्येमा एक मन्त्री पराजित हुनुभएको छ । प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित हुनुभएको हो । प्रदेश मन्त्रीमध्येबाट टिकट पाएर पराजित हुनेमा दाहाल एक्ला हुनुहुन्छ । चितवन निर्वाचन क्षेत्र नं [...]

समानुपातिक मतगणना : कति दलले पाउलान् राष्ट्रिय मान्यता ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा [...]

मूर्तिले धानेको जीवन

बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ । बुबाबाट मूर्ति बनाउन सिक्नुभएका उहाँले त्यसैलाई आफ्नो व्यवसाय बनाउनुभएको छ । यसैबाट आफ्नो र परिवारको जीवन पनि धान्नुभएको छ उहाँले । सत्र वर्षको उमेरदेखि नै [...]

२०४८ सालदेखि निरन्तर सांसद पाएको अर्घाखाँचीको गाउँ

अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा सन्धिखर्क नगरपालिका-९ मा पर्ने अर्घामा जन्मिएका र स्थायी घर भएकाले मात्रै निर्वाचन जित्दै समेत आउनु भएको छन [...]

बाँकेमा ६४ हजार मत बदर

यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष [...]

बिहुँकोट धार्मिक महोत्सवको तयारी

काठेखोला गाउँपालिका–५ रामकोटधाममा यही मङ्सिर २२ देखि २८ गतेसम्म आयोजना हुने बिहुँकोट धार्मिक महोत्सवको तयारी तीव्र पारिएको छ । कोरोना महामारीका कारण गत वर्ष रोकिएको उक्त महोत्सव यसपालि हुन लागेको हो । त्यहाँस्थित परमानन्द संस्कृत गुरुकुल पुनः सञ्चालनको उद्देश्य राखेर [...]

मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र

मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति समीक्षा गर्दै केही नयाँ व्यवस्था लागू गरेपनि निजी क्षेत्रले भने अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि त्यो पर्याप्त नभएको जनाएको छ । गत आइतबार [...]

प्रदेशसभाबाट प्रतिनिधिसभामा प्रवेश गर्ने र रोकिनेहरु

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसपटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित पाण्डे यसपटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । गत निर्वाचनमा [...]

तापखोला पुल सञ्चालन भएपछि स्थानीयलाई राहत

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीबाट केपिलासगढी गाउँपालिका-३ बास्पानी हुँदै बाक्सिलाबजार जोड्ने सडकको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ । प्रदेश नं १ को प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रु [...]

यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी

यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट [...]

पोखरालाई विश्वसँग जोड्दै विमानस्थल

पोखरालाई विश्वसँग जोड्दै विमानस्थल : पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् । सञ्चालनमा आउन लागेको पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरासँग विभिन्न [...]

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क [...]

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी [...]

लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

लैङ्गिक हिंसाबाट प्रभावितलाई जीविकोपार्जनका लागि जीवनोपयोगी तालिम आवश्यक रहेकामा जोड दिइएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा एबिसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । लैङ्गिक हिंसा विरुद्धको [...]

बुटवलमा औद्योगिक प्रदर्शनी हुने

आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो [...]

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना वापत जग्गा दिनेभएपछि निर्माणको बाटो खुलेको हो [...]

बाराही हाइड्रोपावरको आइपिओ आउँदै

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिशेयर रु १०० अङ्कित दरका कूल पाँच [...]

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली

बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । उत्तरी [...]

गोकर्णेश्वर र टोखामा भएका दुर्घटनामा दुईको मृत्यु

काठमाडौँको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको [...]

तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गर्नुभयो भन उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ [...]

प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो । प्राधिकरणले [...]

धनुषा ४ (२ मा एमालेका हरिनारायण महतो विजयी

धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी हुनुभएको छ । नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी हुनुभएको हो। विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आउनुभएका सत्रुधन यसपटक भने पराजित हुनुभएको छ [...]

By |November 29, 2022|News|

बाल न्याय र घरेलु हिंसाका मुद्दामा संवेदनशील बन्नुपर्ने

बाल न्यायको सम्बन्धमा दिशान्तर र सजाय स्थगन तथा घरेलु हिंसाका मुद्दामा भएको संरक्षणात्मक आदेश कार्यान्वयनका लागि सम्बन्धित निकाय संवेदनशील बन्नुपर्नेमा जोड दिइएको छ । एड्भोकेसी फोरम र महिला पुनःस्थापना केन्द्र (ओरेक)) ले आज भैरहवामा आयोजना गरेको नेपालमा बाल न्यायको सम्बन्धमा [...]

मधेश प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो दल

मधेश प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो द मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ [...]

चार वर्षमा पनि सडक नबन्ने चिन्ता

कैलालीको टीकापुर बजारलाई सुन्दर बनाउने परिकल्पनाअनुसार बजार क्षेत्रमा पक्की सडक निर्माण थालिए पनि समयमै नबन्दा नागरिकमा चिन्तित हुन थालेका छन् । एकातिर सडक नबन्ने चिन्ता अर्काेतर्फ सडकको धुलोले स्वास्थ्यमा असर पार्न थालेपछि स्थानीय बासिन्दा के गरौँ भन्न थालेका छन् । [...]

बागलुङ बजारको मुहार फेर्ने प्रयास

बागलुङ नगरपालिकाले बागलुङ बजारका सबै घरमा रङगरोगन गर्न अनुरोध गरेको छ । बजार सुन्दर बनाउन नगरपालिकाले अव्यस्थित तार र पोलको व्यवस्थापन समेत गर्न लागेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँले यसका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा निजी [...]

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण घट्दो

सुदूरपश्चिम प्रदेशमा हालसम्म डेङ्गुले तीनजनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेङ्गुका कारण कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको हो । प्रदेशभर एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि [...]

सुपार मादी हाइड्रोपावरको आइपिओ आउँदै

सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १२ लाख ६० हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) स्थानीयवासीका [...]

सुनवल नगरपालिकाका वडावडामै योजना सम्झौता

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएको छ । नगरसभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगरप्रमुख [...]

दमकल सञ्चालन गर्न सम्झौता

सर्लाहीको हरिवन नगरपालिकाको दमकल सञ्चालन गर्न बागमती र ईश्वरपुर नगरपालिका पनि साझेदार बनेका छन् । दमकल सञ्चालनमा बागमती र ईश्वरपुर नगरपालिकाले वार्षिक तीनतीन लाख व्यहोर्ने सहमती गरी तीन नगरपालिकाबीच दमकल सञ्चालनको सम्झौता भएको हो । आवश्यक परेको बखत परिचालन गर्ने [...]

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त

अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलबार प्राप्त गरेको, केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ । नगदमा मानवीय सहायता पठाएकोमा अन्तरराष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको [...]

अमेरिकी राष्ट्रपतिले फ्रान्सका राष्ट्रपति सग युक्रेन युद्ध बारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच युक्रेन युद्धबारे वार्ता हुने भएको छ । राष्ट्रपति बाइडेनले कार्यभार सम्हालेपछि पहिलोपटक फ्रान्सेली राष्ट्रपति म्याक्रोँ अमेरिकाको राजकीय भ्रमणमा यहाँ आउँदै हुनुहुन्छ । कोभिड महामारीका कारण रोकिएको फ्रान्सेली राष्ट्रपतिको भ्रमणका क्रममा [...]

शान्तिपूर्ण विरोध गर्ने जनाधिकारको सम्मान गर्न आग्रह

मानवअधिकार वाच (एचआरडब्ल्यू)ले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकारको सम्मान गर्न चीन सरकारसमक्ष अनुरोध गरेको छ । चिनियाँ सरकारको कठोर ‘शून्य कोभिड’ नीति तथा त्यसनिम्ति जारी प्रतिबन्धात्मक आदेशको शान्तिपूर्ण ढङ्गले गरिएको विरोधप्रदर्शनका क्रममा जनसाधारण पक्राउ परेकामा चिन्ता व्यक्त गर्दै एचआरडब्ल्यूले जनाधिकारको [...]

उरुङ्चीका कोभिड प्रभावितलाई सघाउन विशेष नीति

उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुङ्चीले कोभिड–१९ को महामारीबाट प्रभावित भएकाहरूलाई सघाउन विशेष नीति तर्जुमा गरेको छ । कोभिडका कारण राज्यमा परेकोे प्रभावबाट जनसाधरणमा परेको असर कम गर्न विशेष नीति तर्जुमा गरिएको हो । महामारीका कारण कठिनाइका साथ [...]

दक्षिण कोरियामा ७१ हजार चार सय ७६ कोभिड–१९ नयाँ सङ्क्रमित

दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार चार सय ७६ कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छ । कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७० लाख ३१ हजार तीन १९ पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा [...]

पाकिस्तानका नयाँ प्रमुख सेनापति

लेफ्टिनेन्ट जनरल असिम मुनीरले पाकिस्तानको १७ औँ सेना प्रमुखको रुपमा कमाण्ड सम्हालेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाको बिदाईसँगै उनले आज कमाण्ड सम्हालेका हुन् । देशको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा आफ्नो छ वर्षको कार्यकालको अन्त्य गर्दै जनरल बाजवाले [...]

भारतमा कोरोना सङ्क्रमणदर घट्यो

भारतमा कोरोनाका दैनिक सङ्क्रमितको सङ्ख्या घटेको छ । सोमबार बिहान अर्थात अघिल्लो दिन दुई सय ९१ जना कोरोना सङ्क्रमित रहेकामा मङ्गलबार घटेर दुई सय १५ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन । पछिल्लो २४ घण्टामा दुई सय १५ जना कोरोनाका [...]

इथियोपियाको टिगरेमा पर्याप्त मात्रामा सहायता पुगेन

विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी रहेको इथियोपियाको टिगरेमा आवश्यकताअनुसारको सहयता पुग्न नसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीहरुले सो कुरा बताएका हुन् । यहाँ केही हप्ताअघि इथियोपियाली सरकार र यहाँका विद्रोहीका बीचमा शान्ति सम्झौता भएको [...]

पुजिबजारका लगानीकर्ताले राज्यलाई अर्वौ कर तिर्छन, तर यिनै लगानीकर्ताले खर्वौ गुमाए, आज नेप्से २.९९ अकंले बढ्यो

२०७९ मंसिर १३ काठमाडौ । सेयर बजार लाई प्रत्यक्ष असर पुर्याउने गरि नीति नियम बनाउने र लगानीकर्तालाई अत्याउने आतंङ्कित पार्ने देश नेपाल बाहेक बिश्वमा कमै देश होलान्। एकातिर पुजिबजारका लगानीकर्तालाई प्रत्यक्ष रुपले अत्याउने र  आतंङकित पार्ने खालका नीति नियम बनाउने [...]

उपचारमा आर्थिक अभाव

७९ मंसिर १२ काठमाडौ । हुम्लाको सिमकोट गाउँपालिका–२ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्काघातका काराण गम्भीर बिरामी पर्नुभएकी बोहराको उपचारमा आर्थिक अभाव भएको हो । उहाँको काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मस्तिष्काघातका कारण उहाँको [...]

माडीमा विवाह पञ्चमी

माडीमा रहेको रामधाममा विवाह पञ्चमी मनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७८ साल वैशाख ८ मा रामनवमीका दिन माडी नगरपालिका–९ मा राममन्दिर स्थापना गरिएका थियो । पूजा व्यवस्थापन समितिका संयोजक मथुराबहादुर भण्डारीका अनुसार बिहानदेखि नै मन्दिरमा बाजागाजा, [...]

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या

राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्र्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ । गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । हिउँदे बाली लगाउन [...]

चिसो बढ्दै

हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित [...]

पात्रो प्रकाशनलाई पञ्चाङ्ग निर्णायक समितिमा छलफल

विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि ग्रहगणितलाई अन्तिम रुप दिन छलफल सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा विसं २०८० का लागि पात्रो प्रकाशन गर्न स्वीकृतिका लागि १७ वटा निवेदन परेको छ । विसं २०८० को पञ्चाङ्ग [...]

झोलुङ्गे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल

बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा [...]

प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि

प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ । बिहान ११ः३० बजेसम्म [...]

इजरायली नाकाबन्दीका कारण गाजामा खाद्य सङ्कट

७९ मंसिर १३ काठमाडौ नेपाल । इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य सङ्कट परेको बताइएको छ । प्राप्त समाचारमा गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसङ्ख्यालाई खाद्य असुरक्षा हुन पुगेको बताइएको छ । सो क्षेत्रमा इजरायलले करिब १६ वर्ष [...]

तोलामा रु एक सयले सस्तियो सुन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी [...]

सप्तरीबाट आठ जना नयाँ सांसद

सप्तरीका मतदाताले यसपटक अधिकांश नयाँ उम्मेदवारलाई निर्वाचित गराएका छन् । चार प्रतिनिसभा र आड प्रदेशसभा रहेको जिल्लामा १२ मध्ये आठ जना नयाँ उम्मेदवार निर्वाचित भएका छन् । सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि पहिलो पटकमै सांसद् बन्दै [...]

कपिलवस्तुमा ३७ हजार बढी मत बदर

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार सात सय ३६ मत बदर भएको हो [...]

विकासका लागि सुशासन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उहाँकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि आफू [...]

समानुपातिकतर्फ ९६ लाख मत गनियो

प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ । आज बिहान १०.३० बजेसम्मको गणन अनुसार नेकपा(एमाले)ले २५ लाख ९३ [...]

उदयपुर–१ मतगणना पुनः सुरु

उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो । गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै [...]

पाल्पा उद्योग वाणिज्य सङ्घमा भट्टराई

पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । सोमबार तानसेनमा भएको मतदानमा उहाँले छ सय ४१ मत हासिल गर्नुभएको थियो । सङ्घमा कुल एक हजार एक सय ३५ मतादाता रहेका थिए । सङ्घको उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य [...]

सर्लाहीबाट प्रत्यक्षमा महिला सहभागिता न्यून

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला हुनुहुन्थ्यो । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं [...]

धनुषा–४ एमालेका महासेठ विजयी

७९ मंसिर १३ काठमाडौ । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा ९एमाले०का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उहाँले नेपाली [...]

By |November 29, 2022|News|

नुवाकोटमा मतदाता शिक्षा प्रभावकारी देखिएन

यही मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करिब सात प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा एक लाख ३० हजार एक सय एक मत खसेको थियो । ती मतगणनाका क्रममा आठ हजार नौ सय [...]

रगतका लागि सुरक्षा निकायकै भर

यही मङ्सिर ११ गते नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो । उहाँको घरबाट झण्डै तीन घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन । यसपछि रु १४ हजार जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार [...]

By |November 29, 2022|News|

धुलिखेल : ‘आरोग्य सहर’ उन्मुख नगर

धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । नगरपालिका कार्यालय सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काममा समेत जुटिरहेको छ । नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता [...]

कृषि मन्त्रालय असफल, अझै किसानले मल पाएनन्

७९ मंसिर १३ काठमाडौ । कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ मलका लागि लाइनम बस्नुभएको हो । किसान मल पाइन्छ कि [...]

नियमित सेवामा फर्किए डा अधिकारी

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उहाँ निर्वाचनमा होमिनुभएको थियो । भरतपुर [...]

By |November 29, 2022|News|

पदयात्रीका रोजाइमा ‘देवचुली डाँडा’

पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सहतदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ । अहिले सो स्थान नवलपुरसहित आसपासका जिल्लाका [...]

बैसाखी डनको उद्द्घोष, कालापानी, लिपुलेक लिम्पियाधुरामा राष्ट्रीय सेना बनाएर राख्ने

७९ मंसिर १३ काठमाडौ । अन्याय अत्याचारको बिरोधि, मानव हक अधिकार रक्षाको लागी जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने  सिन्धुली घर भएका नेपालको मातृभुमी: लिपुलेक, कालापानी, लिम्पियाधुरा बचाउ अभियानका सक्रिय  अभियान्ता नरनाथ गौतम "बैसाखी डन" को उपनामले चिनिन्छ्न । बैसाखी [...]

नेपालको कृषि मन्त्रालय नाम मात्रैको मन्त्रालय, जनताले तिरेको राजस्व खाने मात्रै, आधुनिक तरिकाले कृषि कार्य गर्न सिकाउन सकेन

पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही [...]

महोत्तरीबाट अधिकांश पुरानै अनुहार निर्वाचित

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ [...]

राप्ती र बबई नदीका तटबन्धमा क्षति

गत असार,साउन र भदौ महिनाका वर्षात्ले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३.७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ । कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर रमानन्द [...]

By |November 29, 2022|News|

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.5342down
Australian Dollar 
Australian Dollar
₨109.1443down
Swiss Franc 
Swiss Franc
₨189.9925down
Euro 
Euro
₨178.0144down
British Pound 
British Pound
₨207.985down
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9577down
Qatari Rial 
Qatari Rial
₨41.905down
Saudi Riyal 
Saudi Riyal
₨40.6758down
Singapore Dollar 
Singapore Dollar
₨120.1166down
US Dollar 
US Dollar
₨152.5343down
25 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 25 Aug 2026 15:40 UTC
Latest change: 25 Aug 2026 15:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

भारतमा कोरोनाका बिरामीको सङ्ख्यामा झिनो गिरावट

अघिल्ला दुई दिनको तुलनामा आज भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय [...]

By |April 27, 2023|Categories: International, News|

बुद्धधर्मको मर्म विश्वमा फैलाउन बौद्ध शिखर सम्मेलन उपयोगी’

बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताउनुभएको छ । बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको सार संसारमा फैलाउन विश्व [...]

By |April 27, 2023|Categories: International, News|

चिनियाँ नागरिकको उद्धार गर्न नौसेना परिचालन

चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो । [...]

By |April 27, 2023|Categories: International, News|

बलुचिस्तान भिडन्तमा छ जना प्रहरी मारिए

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा छ जना प्रहरी मारिएका छन्भने अन्य दुई जना घाइते भएका छन् । प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद जिल्लामा आपराधिक समूहसँग भएको [...]

By |April 27, 2023|Categories: International, News|

Opinion & Analysis

गलकोट दरबार संरक्षण गरिँदै

बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै [...]

अत्यधिक गर्मीले जनजीवन प्रभावित

धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा एक सातादेखि [...]

बजेटमा सुदूरपश्चिम : स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि सुक्खा बन्दरगाहसम्म

सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका महत्वपूर्ण आयोजना तथा कार्यक्रम समेटिएका छन् । कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने सरकारले बजेटमार्फत उक्त विषयलाई [...]

Videos

Stock Market

Go to Top