कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ । सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । उद्धार गरिएका आप्रवासीमा २० [...]

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो

हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग आवश्यक रहेको देखिएको छ [...]

पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उहाँले निन्दा गर्नुभएको हो । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख [...]

बैदेशिक रोजगारीको नाममा ठगी गर्ने बिरुद्द कानुनी न्याय कस्तो पाईन्छ ? भन्ने बारे अधिवक्ता भुनेश्वर थापा, स्वतन्त्र अभियान्ता हेमराज थापा सहित पिडितहरूको छलफल

विभिन्न देश मकाउ, कुवेत, बहराईन, ईजराईल, हङ्कङ लगाएत देश पठाईदिन्छु, राम्रो पारिश्रामिक आउँछ, राम्रो काम  लगाईदिन्छु भन्दै  सयौ नेपाली युवा सग करोडौ रकम लिएर भने जस्तो काम पनि नलगाईदिने, अनि राहदानी आफैले जफत गरेर राख्ने मेनपाओर बिरुद्द सर्वोच्च  अदालतमा पिडितद्वारा [...]

By |January 31, 2023|News|

विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका

विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो । नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार हरेक वर्ष एक सय [...]

By |January 31, 2023|News|

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताउनुभएको छ । नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले सूचना प्रविधिको [...]

By |January 31, 2023|News|

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले [...]

By |January 31, 2023|News|

चुलाचुली गुफाको संरक्षण थालियो

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको आश्चर्य लाग्दो चुलाचुली गुफाको संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले आर्थिक स्रोतको रुपमा जोड्न गुफाको संरक्षण गर्न लागेको हो । यो ठाउँको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको [...]

By |January 31, 2023|News|

सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै

सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ । सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित यतिबेला उपयोगबिहीन बन्न पुगेको छ । नेकपा (एमाले)का तत्कालीन अध्यक्ष झलनाथ खनालले [...]

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरु फुर्सदको समयमा गफ [...]

By |January 31, 2023|News|

सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित

सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन हटाइसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । कतिपय स्थानमा खोलापारि पूर्वाधार निर्माण गर्दा [...]

By |January 31, 2023|News|

जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी

मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइले वयोवृद्ध भएपछि जग्गा धनी पुर्जा पाउनुभएको छ । मिक्लाजुङमै छ दशकभन्दा बढी समय बिताउनु भएका उहाँ २०४५ सालमा जग्गा प्राप्तिका लागि ‘वसन्त भट्टराई आयोग’ मा फारम भरेर बुझाउनुभएकामा दुई कट्ठा जमिनको पुर्जा [...]

By |January 31, 2023|News|

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक सङ्कट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिले देशको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ उन्मुख भइरहेकाले सरकार जनजीविकाप्रति संवेदनशील हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् [...]

By |January 31, 2023|News|

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँहरुबीच चीन र नेपालको [...]

By |January 31, 2023|News|

एशियन हाइड्रोपावरको आइपिओ आउँदै

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको [...]

By |January 31, 2023|News|

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो [...]

By |January 31, 2023|News|

समिति गठन

रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ । रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच देखिँदै आएको खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ । यसका लागि लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनमगरको नेतृत्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र [...]

By |January 31, 2023|News|

दूधको मूल्य बढाउन माग

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर [...]

By |January 31, 2023|News|

पदमार्ग प्रयोगविहीन

सिन्धुलीमा लाखौँ खर्चेर बनाइएका पदमार्ग प्रयोगमा आउन सकेको छैनन् । यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलको उचित व्यवस्थापन र विकास नहुँदा ओझेलमा छन् । हरिहरपुरगढी र सिन्धुलीगढी जोड्न निर्माण गरिएको पदमार्ग, कमलामाई नगरपालिका–२ चियाबारीबाट ऐतिहासिकस्थल सिन्धुलीगढीसम्मको ‘क्याप्टेन किनलोक पदमार्ग’, फिक्कल गाउँपालिका–३ [...]

By |January 31, 2023|News|

वार्षिकोत्सव सम्पन्न

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम आयोजना गरी सोमबार सम्पन्न भएको छ । मोरङको जहदा गाउँपालिका–४ स्थित रहेको पोलिटेक्निकले बर्सेनि रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको छ । सो अवसरमा ३९ उत्कृष्ट विद्यार्थी र कार्यालयमा उत्कृष्ट [...]

By |January 31, 2023|News|

त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको निःशुल्क उपचार

त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो । उहाँको अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’का लागि [...]

By |January 31, 2023|News|

भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि

भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ [...]

By |January 31, 2023|News|

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ :मुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिनुभएको छ । सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उहाँले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताउनुभयो । “अहिले प्रदेश सरकारले पूर्णता पाउन [...]

By |January 31, 2023|News|

गाउँमै स्वास्थ्य सेवाको पहुँच

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्योपचारका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्नुपर्ने अवस्था थियो । गाउँमा [...]

By |January 31, 2023|News|

महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै

बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन् । मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता दिन थालेको छ । मधेसकै प्रसिद्ध धार्मिकस्थल बर्दिबास–४ माइस्थानस्थित पञ्चधुरामाई [...]

By |January 31, 2023|News|

ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै

बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि [...]

By |January 31, 2023|News|

कैदीबन्दीलाई खाट सहयोग

तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो । नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गर्नुभएको हो । उहाँले कारागारका [...]

By |January 31, 2023|News|

लुम्बिनीबाट कर्णालीका प्रहरी संरचना ल्याउन पहल

कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताउनुभयो । [...]

By |January 31, 2023|News|

आलुखेती गर्ने किसानलाई तालिम

रुकुमपूर्वमा व्यावसायिकरूपमा आलुखेती गरिरहेका किसान तालिम पाएपछि औधी खुसी भएका छन् । यस जिल्लामा मकै र गहुँपछिको प्रमुख बालीका रूपमा रहेको आलुखेती रहेको छ । यसलाई थप प्रवद्र्धन एवं व्यवस्थित गर्नका लागि किसानलाई तालिम प्रदान गरिएको हो । अहिलेसम्म परम्परागतरूपमा [...]

By |January 31, 2023|News|

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । ्महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, [...]

By |January 31, 2023|News|

एघार वर्षपछि कलाकार बाङ्देलको सालिक उद्यानमा राखियो

वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उहाँको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा राखिएको हो । साहित्यकार बाङ्देलको सालिक वडा कार्यालयबाट [...]

By |January 31, 2023|News|

भारतका टीभी च्यानलहरूले कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने

भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निजी प्रसारणकर्ताहरूलाई हरेक दिन ३० मिनेट सार्वजनिक सेवा प्रसारण गर्न निर्देशन जारी गरेको छ । यस निर्देशनअनुसार प्रासरित सामग्री एक पटकमा ३० मिनेटको हुनु अनिवार्य नभए पनि तर पटक–पटक गरी दिनमा कम्तीमा ३० मिनेटको [...]

कम्बोडियाले सन् २०२२ मा साइकल निर्यातबाट ९६६ मिलियन अमेरिकी डलर कमायो

अन्तरराष्ट्रिय बजारमा कम्बोडियाली साइकलको निर्यात सन् २०२२ मा व्यापक बढेको छ । गत वर्ष साइकल निर्यातबाट देशले ९६६ मिलियन अमेरिकी डलर कमाएको छ जुन अघिल्लो वर्षको ६५१ मिलियन डलरको तुलनामा ४८ प्रतिशतले बढी हो । वाणिज्य मन्त्रालयका उपसचिव तथा प्रवक्ता [...]

चीनद्वारा अमेरिकी अधिकारीहरूलाई एक चीन नीति पालना गर्न आग्रह

चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र तीन चीन-अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन-अमेरिका बीचको सम्बन्धलाई खलबल पुर्याउँने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् [...]

इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्री बीच इजरायल-प्यालेस्टाइन तनावबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसीले सोमबार भ्रमणरत अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग इजरायल र प्यालेस्टाइनबीचको बढ्दो तनावबारे छलफल गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति अल-सिसीले जारी तनावको स्थितिलाई शान्त पार्न र दुई पक्षहरूद्वारा लिइएका एकपक्षीय कदमहरूलाई थप उत्तेजित पार्नबाट रोक्दै [...]

हमलापछि इरानबाट अजरबैजानी दूतावासका कर्मचारी र परिवारका सदस्यहरू बाहिर निकालिए

अजरबैजानी दूतावासका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई शुक्रबार दूतावासमा भएको घातक आतङ्कवादी हमलापछि इरानबाट बाहिर निकालिएको छ। जर्मनीका लागि अजरबैजानका राजदूत नासिमी अघायेभले ट्वीट गर्दै तिनीहरू भर्खरै बाकु आइपुगेको बताएका छन् । उनका अनुसार इरानमा रहेको अजरबैजानको दूतावासमा एक व्यक्तिले [...]

केदारनाथ मन्दिर हिउँले ढाकियो

केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ । धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परेको अधिकारीहरूले जनाएका छन् । यसैबीच राज्यको उत्तरकाशी प्रहरीले आसपासका [...]

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का प्रस्थान गर्नुहुने

परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । परराष्ट्रमन्त्री भएपछि यो उहाँको पहिलो विदेश भ्रमण [...]

By |January 30, 2023|News|

पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने

पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो । आयोजनाका अनुसार प्रत्येक [...]

By |January 30, 2023|News|

देवशिला जनकपुरधामबाट अयोध्या प्रस्थान

कालीगण्डकीबाट निकालिएका देवशिला आज जनकपुरधामबाट अयोध्यातर्फ पठाइएको छ । शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको ती शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी शनिबार राति जनकपुरधामस्थित जानकारी मन्दिरमा ल्याइएको थियो । कालीगण्डकी नदीबाट ल्याइएको दुई [...]

By |January 30, 2023|News|

धनकुटा महोत्सवबाट करोडौँको व्यापार

रु सात करोडको कारोबार गर्दै पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा एभोकाडो महोत्सव सकिएको छ । उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा माघ ६ गतेदेखि १६ गतेसम्म चलेको महोत्सवको धनकुटा प्रदेश नं ‘१’ का प्रदेशसभा सदस्य नीरन राईले [...]

By |January 30, 2023|News|

शहीदको बलिदानबाट ऊर्जा लिनुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शहीदको बलिदानबाट ऊर्जा लिएर देश निर्माणको नयाँ सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले शहीदको योगदानको कदर गर्नुपर्ने धारणा राख्नुभयो । “समृद्ध नेपालको बाटोमा [...]

By |January 30, 2023|News|

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । सत्ता गठबन्धनबाट नेकपा (एमाले) र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै [...]

By |January 30, 2023|News|

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए । हिरासत कक्षबाटै [...]

By |January 30, 2023|News|

छैटौँ व्यास अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनाले चुमे

शहीद दिवसको अवसरमा व्यास नगरपालिका कार्यालयले सोमबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत २६ वर्षीय विशाल गुरुङले चुम्न सफल हुनुभएको छ । व्यास–५ को मानहुँदेखि व्यास–८ को शहीदग्राम पुलिमराङसम्मको ४४ किलोमिटरको म्याराथनमा सहभागी ५७ जनालाई पछि [...]

By |January 30, 2023|News|

शहीद चन्दको जन्मघरमा विशेष कार्यक्रम, शहीद परिवारलाई सम्मान र भत्ता

बैतडीको पुर्चौँडी नगरपालिकाले शहीद परिवारलाई सम्मान र भत्ता वितरण गरेको छ । आज शहीद दिवसका अवसर पारेर नगरपालिकाभरिका ३१ शहीद परिवारका सदस्यलाई नगदसहित सम्मान गरिएको हो । नगरप्रमुख दीपकबहादुर बमका अनुसार नगरपालिकाभरि रहेका ३१ परिवारलाई २५ हजारका दरले निर्वाह भत्तासहित [...]

By |January 30, 2023|News|

मुख्यमन्त्री रावलद्वारा अस्पताल र अनाथालयमा खाद्यान्न र फलफूल वितरण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले महाकाली अस्पताल र बाल अनाथालयमा खाद्यान्न तथा फलफूल वितरण गर्नुभएको छ । सोमबार शहीद दिवसका अवसरमा उहाँले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामीहरू र महेन्द्रनगरकै महाकाली अञ्चल बाल अनाथालयमा खाद्यान्न र फलफूल वितरण गर्नुभएको हो [...]

By |January 30, 2023|News|

लगानीमैत्री वातावरण बनाउन व्यवसायीको माग

व्यवसायीहरूले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्न माग गर्दै प्रदर्शन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन लगायतका व्यवसायी संस्थाले [...]

By |January 30, 2023|News|

सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती

म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको छ । सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । विसं २०७८ जेठ महिनामा सकिनुपर्ने सडक निर्माणको [...]

By |January 30, 2023|News|

ऊर्जा राज्यमन्त्री सिंहद्वारा विद्युत वितरण प्रणालीको अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले थाहा नगरपालिका बज्रबाराही बजारमा विद्युत् सेवा वितरण प्रणालीको अनुगमन गर्नुभएको छ । सो क्रममा उहाँले नेपाल विद्युत् प्राधिकरणको विद्युत् वितरण सेवामा प्रयोग भएका काठका पोलहरू पुराना भई मक्किएकाले दुर्घटना हुनसक्ने भएकाले नयाँ पोल [...]

By |January 30, 2023|News|

विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन

देशभित्रै केही उद्यम गरौँ भन्ने हुटहुटीले कतारको मासिक डेढ लाखको जागिर त्यागेर भद्रपुर–१ का ३५ वर्षीय अर्जुन सुवेदीले उन्नत मुर्रा जातको भैँसीपालन सुरु गर्नुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ११ वर्षसम्म काम गर्दा मासिक डेढ लाख आर्जन गरेको उहाँले [...]

By |January 30, 2023|News|

एक्स्पो भव्य एवं ऐतिहासिक हुने

विराटनगरमा हुन लागेको सिएनआई कोशी एक्स्पो–२०७९ ऐतिहासिक एवं भव्य हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विराटनगरको शङ्करपुरमा माघ १९ गतेदेखि माघ २८ गतेसम्म आयोजना हुने सो एक्स्पोमा चार सय स्टल रहने उद्योग परिसङ्घ प्रदेश नं १ अध्यक्ष [...]

By |January 30, 2023|News|

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति कार्यालयस्थित शीतल निवासमा आज आयोजित एक समारोहमा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले प्रतिवेदन पेस गर्नुभयो । नेपालको संविधानअनुसार महान्यायाधिवक्ताले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ [...]

By |January 30, 2023|News|

दुर्घटनाका घाइतेको मृत्यु

काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा आज भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य तीनजना घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । आज बिहान [...]

By |January 30, 2023|News|

सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापना हुँदै

जुम्लाको सिञ्जा गाउँपालिका–६ स्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्रदान गरेपछि सो विद्यालय बन्ने निश्चित भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । [...]

By |January 30, 2023|News|

निलम्बनका लागि २५९ लाइसेन्स यातायात विभाग पठाइयो

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ५९ जना सवारी चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम [...]

By |January 30, 2023|News|

नेपालले आफ्नो हितमा सार्वभौम भएर निर्णय गरोस् : अमेरिकी उपविदेशमन्त्री

संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताउनुभएको छ । दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार यहाँ आउनुभएका उहाँले आज पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर [...]

By |January 30, 2023|News|

योजना आयोगमा तीन सदस्य नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन [...]

By |January 30, 2023|News|

बीमा संस्थान र बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सक्न निर्देशन

अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०८० साल वैशाख [...]

By |January 30, 2023|News|

मकवानपुरको सिमभन्ज्याङमा सात ताल निर्माण गरिने

मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माण कार्य सुरु गरिएको छ । बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ताल निर्माण गर्न लागेको हो । दुई हजार चार सय ८८ मिटर उचाइमा रहेको सो स्थान पर्यटकीय क्षेत्रका रुपमा परिचित छ [...]

By |January 30, 2023|News|

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ

बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेशप्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । नेपालले प्रदेशप्रमुखको कार्यालय बागमतीमा [...]

By |January 30, 2023|News|

पेशावर मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १५० घाइते

पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन् । उनका अनुसार मस्जिद भित्र उद्धार प्रयास जारी छ । "शहर भरका अस्पतालहरूमा आपतकालीन [...]

अफगानिस्तानमा कडा जाडोका कारण १६८ जनाको मृत्यु

चिसो र कठ्याङ्ग्रिदो जाडाका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ। । खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक चिसाका कारण १६८ जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन अधिकारी जाहिदले [...]

प्यालेस्टिनीविरूद्धको कारबाही रोक्न इजरायललाई दबाब दिन आग्रह

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार सीआईएका निर्देशक विलियम बन्र्सलाई प्यालेस्टाइनविरुद्धको कारबाहीलाई रोक्न इजरायललाई दबाब दिन आग्रह गर्नुभएको छ । “बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको नयाँ इजरायली सरकारले कारबाही रोक्न एकतर्फी कदम चाल्न र हस्ताक्षरित सम्झौताको पालना गर्न दबाब दिन तत्काल हस्तक्षेप [...]

अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो

भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौं डलर गुमाएको छ । यो गिरावट अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत हप्ता एक प्रतिवेदन सार्वजनिक गरी अडानी समूह “दशकौंदेखि [...]

दुई करोड छ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू हवाई मार्गबाट मेक्सिको पुगे

सन् २०२२ मा हवाई मार्गबाट २ करोड ६ लाख अन्तर्राष्ट्रिय पर्यटक मेक्सिको पुगेका थिए । अघिल्लो वर्षको तुलनामा ४६.३ प्रतिशतले बढी भएको पर्यटन मन्त्रालयले आइतबार जनाएको छ । सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पर्यटकहरू संयुक्त राज्य अमेरिका, क्यानडा र कोलम्बियाबाट आएका बताइएको [...]

जापानमा हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु

जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा दुई जना वेपत्ता भएको र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको पुष्टि भएको छ । “दुवै पुरुषलाई ‘कार्डियो [...]

ईसीबीले ब्याज दरहरूको पुनः समायोजन गर्ने

यूरो समूहले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको समय युरोपेली केन्द्रीय बैंक (इसीबी)ले बिहीबार नयाँ दर वृद्धि गर्दै आफ्नो मुद्रास्फीतिविरूद्धको प्रयासलाई अगाडि बढाउने अपेक्षा गरिएको छ । युक्रेनमा रूसको आक्रमणपछि यूरोको एकल मुद्रा प्रयोग हुने ऊर्जा र खाद्य लागत बढेपछि [...]

सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकाको मृत्यु

सोमालियामा अल सेबाबका कम्तीमा पनि एक सय ३६ जना लडाका मारिएका छन् । अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ ।अधिकारीहरुले गएका केही हप्तायतादेखि यहाँ हिंसा जारी राखेको सो समूहका विरुद्धमा सैन्य [...]

पेरुका राष्ट्रपतिद्वारा तत्काल निर्वाचन घोषणा गर्न आग्रह

पेरूमा हप्तौंदेखि जारी हिंसात्मक प्रदर्शनलाई अन्त्य गर्ने उपायका रूपमा समयअगावै निर्वाचन गराउन आइतबार संसदलाई पुनः आग्रह गर्दै अन्यथा आफूले संवैधानिक सुधारको बाटो अवलम्बन गर्ने चेतावनी दिनुभएको छ । गत डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोलाई संसद भङ्ग गर्ने र [...]

दक्षिण अफ्रिकामा जन्मोत्सव भेलामा बन्दुकधारीद्वारा आक्रमण, आठ जनाको मृत्यु

दक्षिण अफ्रिकाको एक सहरमा शनिबार जन्मदिन मनाइरहेका मानिसहरूको एक समूहमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् । पोर्ट एलिजाबेथको दक्षिणी बन्दरगाह शहर जिकेबेर्हामा भएको गोलीकाण्डमा मारिएकामध्ये [...]

क्यानाडामा आदिवासी बालबालिकाको चिहान ‘नरसंहार’ को प्रमाण भएको इरानी दाबी

इरानले क्यानडामा हालै ‘निर्दोष’ आदिवासी बालबालिकाको नयाँ सामूहिक चिहान फेला पर्नु ‘ठूलो मानवीय त्रासदी’ को प्रमाण भएको बताउनुभएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालयको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा नासेर कनानीले चिहानको बारेमा पर्याप्त र पारदर्शी जानकारी प्रदान गर्न क्यानडा [...]

महाकाली नदीमा फसेका मजदुरको उद्धार

नेपाल प्रहरी द्वारा महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ । आज भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो । पूर्वजानकारी विना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी [...]

By |January 30, 2023|News|

बजारमा आउन थाले विसं २०८० का पात्रो

विसं २०८० को पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । ग्रह पद विभाजनअनुसार राजा बुध र मन्त्री शुक्र भएको विसं २०८० को पात्रो सार्वजनिक हुने क्रम सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आगामी साल पिङ्गल नामको [...]

By |January 30, 2023|News|

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

राजस्व छली गरेर अवैध रुपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती देखिएका छन् । आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न राजस्व कार्यालयले पछिल्लो १५ दिन अवधिमा गरेको अनुगमनका क्रममा १७ स्थानमा कैफियत भेटिएको हो । बजार अनुगमनका क्रममा [...]

By |January 30, 2023|News|

नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’

सहरी विकास मन्त्रालयको संयोजनमा नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ आयोजना गरिने भएको छ । युएन ह्याबिट्याट एवं जापान सरकार र भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा ‘एकीकृत र जलवायु अनुकूलन सहरी विकासका लागि स्थानीय योजना’ भन्ने नारासहित पाँचौँ संस्करणको [...]

By |January 30, 2023|News|

सेवा शुल्कको अनुगमन

अनुगमन विभागले आज होटल तथा रेष्टुराँहरूले ग्राहकबाट अतिरिक्त सेवाशुल्क लिएको विषयमा समेत अनुगमन गरेको थियो । यही माघ ११ गते सर्वाेच्च अदालतले होटल तथा रेष्टुराँहरूले थप सर्भिस चार्ज लिन नपाउने व्यवस्था गरेपछि विभागले त्यसको अनुगमन गरेको हो । काठमाडौँको इन्द्रेणी [...]

By |January 30, 2023|News|

दुई रेष्टुराँलाई नगद जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा रेष्टुराँलाई नगद जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा विभागले काठमाडौँको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेष्टुराँ र सिनामङ्गलमा रहेको बाजेको सेकुवालाई नगद जरिवाना गरेको हो । बजार अनुगमनका क्रममा उक्त [...]

By |January 30, 2023|News|

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी भए

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीय मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुसी हुनुहुन्छ । शारीरिक समस्याका कारण सहजरुपमा हिँडडुल गर्न नसक्ने उहाँलाई जनप्रतिनिधि र बैंकका कर्मचारीले घरमै भत्ता ल्याइदिएका हुन् । “अरु व्यक्ति जस्तो हिँडडुल गर्न [...]

By |January 30, 2023|News|

मध्य जाडोमा पनि भएन न्यानो कपडाको व्यापार

यस पटकको जाडो सकिन लाग्यो, आधा माघ कटिसक्यो तर, अघिल्ला वर्षहरुमा झै यस वर्ष व्यापारीहरुले न्यानो कपडाको व्यापार गर्न पाएका छैनन् । यो वर्ष हिउँदे जाडोको सुरुदेखि नै व्यापार बढ्न नसक्दा महाबौद्ध र गुच्चा टोलका व्यापारीहरु फुर्सदिला देखिन्छन् । काठमाडौंको [...]

By |January 30, 2023|News|

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.7125up
Australian Dollar 
Australian Dollar
₨109.8012down
Swiss Franc 
Swiss Franc
₨191.1824down
Euro 
Euro
₨179.032up
British Pound 
British Pound
₨208.969up
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9637up
Qatari Rial 
Qatari Rial
₨42.085up
Saudi Riyal 
Saudi Riyal
₨40.8505up
Singapore Dollar 
Singapore Dollar
₨120.6681up
US Dollar 
US Dollar
₨153.1893up
23 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 23 Aug 2026 11:40 UTC
Latest change: 23 Aug 2026 11:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

चीनसँग ‘स्थिर’ सम्बन्ध चाहेको जी–सेभेन नेताहरूको भनाइ

आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) का नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन् । हिरोसिमामा भएको शिखर सम्मेलनमा जारी अन्तिम वक्तव्यमा [...]

By |May 20, 2023|Categories: International, News|

आर्थिक सङ्कटमा परेको पाकिस्तान मद्दतका लागि मित्रराष्ट्रको मुख ताक्दै

आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ । पाकिस्तानी समाचार [...]

By |May 20, 2023|Categories: International, News|

भारत र अमेरिका प्रतिरक्षा सहयोग बढाउँदै

भारत र अमेरिकाले पारस्परिक प्रतिरक्षा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ सघन बनाउनुपर्नेमा जोड दिएका छन् । गत बुधबार वासिङ्टनमा दुवै देशका रक्षा सचिवबीच भएको बैठकमा प्रतिरक्षा [...]

By |May 20, 2023|Categories: International, News|

तीन जना अपहरणकारी मारिए

अपहरणकारीविरुद्ध अफगान प्रहरीले गरेको कारबाहीमा तीन जना मारिएका छन् । अपहरणमा परेका एक जना स्थानीय व्यापारीलाई सुरक्षा कारबाहीमा सकुशल मुक्त गरिएको प्रहरी प्रवक्ता खालिद जद्रानले बताएका छन् । बिहीबार बिहान [...]

By |May 20, 2023|Categories: International, News|

Opinion & Analysis

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ [...]

विदेश पलायन हुँदै उद्योगी व्यवसायी

कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न [...]

बिहान ८ बजे नै यातायात कार्यालय खुल्दा…

बिहान ८ः०० बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि [...]

Videos

Stock Market

सिनर्जी फाइनान्स कम्पनीले तोक्यो बुक क्लोज मिति, कहिले गर्देछ साधारणसभा ?

सिर्नर्जी फाइनान्स (SYFL) ले साधारण सभाका लागि असोज २७ गतेदेखि कार्तिक १७ गतेसम्म सेयरधनी किताब बन्द गर्ने मिति तोकेको छ । यसअनुसार असाेज २६ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा सहभागि हुन पाउनेछन् । फाइनान्स कम्पनीले कार्तिक १७ गते १९ औं [...]

एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारीमा झनक राज ढुंगेल नियुक्त

एन आई सी एशिया क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पद्मा झनक राज ढुंगेललाई नियुक्त गरेको छ । कम्पनीको ३९औ सञ्चालक समितिको बैठकले ढुंगेललाइ उक्त पदमा नियुक्त गरेको हो ।   ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत [...]

Go to Top