कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको छ । ठूला कम्पनीको शेयर [...]

गण्डकी प्रदेशसभा बैठकः शून्य समय

गण्डकी प्रदेशसभाको आजको बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराइएको छ । शून्य समयमा प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले मध्यपहाडी लोकमार्गअन्तर्गत अक्षेते घोडाघोडी खण्डमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा [...]

By |February 7, 2023|News|

पशु जन्य उत्पादनमा तनहुँ आत्मनिर्भर

पशु जन्य उत्पादनमा तनहुँ आत्मनिर्भर भएको छ । सहज यातायात पहुँचका कारण यस जिल्लाबाट उत्पादित अण्डा, कुखुरा र दूध अन्य जिल्लामा समेत निर्यात हुँदै आएको भेटेरिनरी अस्प्ताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । तनहुँमा आर्थिक वर्ष २०७८÷७९ मा [...]

By |February 7, 2023|News|

सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम शुभारम्भ

नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज ललितपुरको पाटनमा आयोजित विशेष [...]

By |February 7, 2023|News|

सरकारी बिदामा पुनर्विचार आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री [...]

By |February 7, 2023|News|

चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दैै उहाँले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस [...]

By |February 7, 2023|News|

बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे

वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिनुभयो । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा [...]

By |February 7, 2023|News|

नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ती एम्बुलेन्स विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई [...]

By |February 7, 2023|News|

तीन स्रष्टा पुरस्कृत हुँदै

बागलुङस्थित धवलागिरि साहित्य प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले विसं २०७८ को ‘काजी रोशन साहित्य पुरस्कार’ सुनसरीका लेखक टीका मिलनलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारका लागि देशभरबाट प्राप्त कृतिमध्ये निरुपण मण्डलले उहाँको उपन्यास कृति [...]

By |February 7, 2023|News|

पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा

गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो । कार्यालयका प्राविधिकले किसानको गोठगोठमै पुगेर सेवा [...]

By |February 7, 2023|News|

सन्त मोरारी बापू लुम्बिनीमा

भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार साँझ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराईलगायतले मायादेवी मन्दिर परिषरमा स्वागत गर्नुभएको हो । पहिलो [...]

By |February 7, 2023|News|

सहकार्य र समन्वयबाट सभा सञ्चालनः उपाध्यक्ष अर्याल

राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले महिला सांसदको भूमिकालाई प्रभावकारी तुल्याउन आफूले विशेप [...]

By |February 7, 2023|News|

सूचना प्रविधिको विकाससँगै चुनौती बढ्यो

गत मङ्सिर २६ मा ललितपुरको सातदोबाटोमा हरिप्रसाद ढकालको नाममा रहेको एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी भएको घटनाले सबै मोबाइल एप प्रयोगकर्तालाई त्रसित बनाएको छ । प्रविधिको विकाससँगै यसको दुरुपयोग गरी ठगी गरेका समाचार पनि समय–समयमा [...]

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दा वृद्ध भण्डारीमा चिन्ता

कुनै बेला आँपको चौतारमा पठनपाठन हुने गरेको पोखरा महानगरपालिका–१७ महतगौडामा अहिले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षासँगै वनविज्ञान समेतको अध्यापन भइरहेको छ । शिक्षाको अपरिहार्यता महसुस गर्दै यहाँका बासिन्दाले आजभन्दा झन्डै छ दशकअघिसम्म यहाँका आँपका चौतारा हुँदै खरले छाएको छाप्रोमा पढ्ने [...]

अखिल नेपाल महिला सङ्घ (समाजवादी) को राष्ट्रिय सम्मेलन काठमाडौँमा

अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आगामी जेठ महिनामा राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने भएको छ । सङ्गठनकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा बसेको बैठकमा आगामी चैत महिनामा सबै प्रदेश सम्मेलन तथा आगामी फागुन मसान्तभित्र सङ्गठनको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको हो [...]

By |February 7, 2023|News|

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

चोक-चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ । उहाँले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसक्नुभएको छ [...]

By |February 7, 2023|News|

युएसएआइडीका प्रशासक पावर नेपालमा

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ । आफ्नो भ्रमणका क्रममा उहाँले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ । प्रशासक पावरले युएसआइडीले लोकतान्त्रिक र [...]

By |February 7, 2023|News|

मेडिकल कलेज सञ्चालनको स्वीकृति

मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औँ वर्ष चलिरहँदा यसले पूर्णता पाएको हो । कोसी अञ्चल अस्पताललाई टिचिङ अस्पतालका रूपमा प्रयोग गरी पूर्वाञ्चर विश्वविद्यालयमामेडिकल कलेज सञ्चालन गर्ने तयारी [...]

By |February 7, 2023|News|

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि [...]

By |February 7, 2023|News|

आर्मीलाई हराउँदै पुलिस तेस्रो

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो पुलिसले [...]

By |February 7, 2023|News|

सूचना प्रविधिका क्षेत्रमा नेपाल प्रतिस्पर्धी : मन्त्री शर्मा

सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् । यहाँ आजदेखिसुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री [...]

By |February 7, 2023|News|

बाहिरी जिल्लाका किसानले धानेको छ चन्द्रागिरिको तरकारी खेती

काठमाडौँको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की-नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ । खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षणबढेको हो [...]

By |February 7, 2023|News|

हत्याको आठ वर्षपछि देवरलाई जन्मकैद

भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाउनुभएको हो । अभियुक्तहरु दुवै हालसम्म फरार रहेको अदालतले [...]

By |February 7, 2023|News|

युरोपेली सङ्घको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण

युरोपेली सङ्घको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । सङ्घको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो [...]

By |February 7, 2023|News|

खरका छाना फेर्दे शुक्लाफाँटा

शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका घरका खरका छाना विस्थापित गर्ने कार्य अगाडि बढाइएको छ । नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराका अनुसार सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले कार्यक्रम अन्तर्गत छाना फेर्नका लागि निवेदन दिएका दुई सय ७६ मध्ये दुई [...]

By |February 7, 2023|News|

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो । मन्त्री बन्नुभएका अन्य दुईजना पनि [...]

By |February 7, 2023|News|

नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी

खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन [...]

By |February 7, 2023|News|

दक्षिण कोरियाली राष्ट्रपतिले भूकम्प प्रभावित टर्कीलाई सहयोग गर्न आदेश

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले मङ्गलबार सरकारी अधिकारीहरुलाई विनाशकारी भूकम्पबाट प्रभावित टर्कीमा तत्काल सहायता पठाउन आदेश दिनुभएको छ । मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाएका ४ हजार भन्दा बढी मानिसहरूप्रति गहिरो समवेदना व्यक्त [...]

पहिरोमा परी ३६ को मृत्यु

पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो । दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् । उनीहरु पुरिएको [...]

टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग

सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परेकाहरुको उद्धारको [...]

निर्मम समीक्षाका साथ अघि बढछौँ- नेता झा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने बताउनुभएको छ । उहाँले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको बताउनुभयो [...]

By |February 7, 2023|News|

हनिमुन लेकलाई आयआर्जनसँग जोड्दै

सात तालको बगैँचा सहरका रुपमा परिचित लेखनाथको दिपाङ ताल मधुमास ताल(हनिमुन लेक)का रुपमा चर्चित छ । विभिन्न प्रजातिका पाहुना चरा जोडी मिलेर समय समयमा घुम्न आउने भएका कारण यस ताललाई हनिमुन लेक भन्ने गरिएको यहाँका बासिन्दा बताउँछन् । यो ताल [...]

By |February 7, 2023|News|

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन थालेपछि यातायातमा समस्या हुन थालेको छ भने यसले दुर्घटनाको जोखिम [...]

By |February 7, 2023|News|

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उ्रक्त प्रदर्शनी आज यहाँ उद्घाटन गर्नुभएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ [...]

By |February 7, 2023|News|

आलेख : ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन [...]

By |February 7, 2023|News|

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री [...]

By |February 7, 2023|News|

मल अभाव हुँदा चिन्तामा किसान

सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ”, इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो [...]

By |February 7, 2023|News|

पर्यटन प्रवर्द्धन गर्न ‘टुर दि ठाकुरद्वारा’

पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार [...]

By |February 7, 2023|News|

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर [...]

By |February 7, 2023|News|

माघ निगल्दो पनि हुस्सु र स्याँठ

तराईमधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन् । मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरु यसपालि मौसम फरक परेकामा छक्क परेका छन् । “बाँचीवर्ती रहे भोग्न, देख्न [...]

By |February 7, 2023|News|

आगलागीबाट बालिकाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । आगलागी नगरपालिकाको [...]

By |February 7, 2023|News|

रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन

रुपन्देहीका होटल तथा रेष्टुरेण्टहरूलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण सुरुआत गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छताको मापदण्ड तय गरेर होटल तथा रेष्टुरेण्टको स्तरीकरण थालेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमलकुमार [...]

By |February 7, 2023|News|

हिउँ पर्न नसक्दा पर्यटन व्यवसायी चिन्तित

पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ । पाथीभरामा एकै दिनमा २० हजार धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क छ । त्यस्तै दोस्रो विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल हो [...]

By |February 7, 2023|News|

पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन ’

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताउनुभएको छ । व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पार्नुभयो । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित [...]

By |February 7, 2023|News|

गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो । गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री [...]

By |February 7, 2023|News|

समान काम तर असमान ज्याला

कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार चार वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्नुहुन्छ । तर काम कहिल्यै पाउनुभएन । बेरोजगार भएकै कारण उहाँ जोशीपुरबाट साइकल चलाउँदै कामको खोजीमा टीकापुर पुग्नुहुन्छ । टीकापुर बजारमा घर निर्माण भइरहेका ठाउँमा इँटा बोक्ने, [...]

By |February 7, 2023|News|

प्रयोग नै नगरी थन्कियो दमकल

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो । विराटनगरबाट ल्याएको [...]

By |February 7, 2023|News|

अक्षयकोष स्थापना

म्याग्दीलगायतका जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रु एक करोडको अक्षयकोष स्थापना भएको छ । नेपाल छन्त्याल सङ्घले संस्थापक अध्यक्ष दिलबहादुर घरब्जाको स्मृतिमा कोष स्थापना गरेको हो । स्वदेश तथा विदेशमा रहेका ७९ जना [...]

By |February 7, 2023|News|

चिया निर्यातबाट बर्सेनि रु तीन करोड विदेशी मुद्रा आर्जन

चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० [...]

By |February 7, 2023|News|

घरमा आगलागी हुँदा फ्रान्समा आमासहित ७ बालबालिकाको मृत्यु

फ्रान्सको उत्तरी विभाग आइस्नेमा सोमबार बिहान भएको आगलागीमा आमा र उनका सात सन्तानको मृत्यु भएको छ । चार्ली-सुर-मार्ने शहरको दुई तले घरमा मध्यरातमा आगलागी भएको थियो आगलागीको कारण अनुसन्धान जारी छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।रासस

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १,९०० नाघ्यो

टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्प गएछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०० भन्दा बढी पुगेको छ । टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७८३ जनाको मृत्यु [...]

वेस्ट बैङ्क शहरमा इजरायली सेनाको आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकको जेरिको शहरमा इजरायली सेनाले गरेको आक्रमणमा सोमबार बिहान कम्तीमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । इजरायली सञ्चारमाध्यमहरूले बताएअनुसार इजरायली सेनाको विज्ञप्ति जारी गर्दै जेरिको नजिकैको अकबात जबर शरणार्थी शिविरमा गोली हानाहान गर्ने [...]

अन्तरराष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान

टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी ५०० भन्दा बढीको ज्यान गएको छ । भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् । यसै बीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय [...]

४हजार ५सय लागु औषध दुर्व्यसनी पक्राउ

अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले गत हप्ता पश्चिमी हेरात प्रान्तका विभिन्न स्थानबाट चार हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई पुनःस्थापना केन्द्रमा पठाइएको सरकारी बख्तर समाचार एजेन्सीले सोमबार उल्लेख गरेको छ । दुर्व्यसनीमा फसेका व्यक्तिहरू निको भएर परिवारमा [...]

संयुक्त राष्ट्रसङ्घका प्रमुखले कङगो आक्रमणको निन्दा

आइतवार प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको हेलिकप्टरमा भएको आक्रमणको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले कडा निन्दा गर्नुभएको छ । उक्त घटनामा परी एक दक्षिण अफ्रिकी शान्ति सैनिकको मृत्यु भएको छ र अर्का एक गम्भीर घाइते भएका विज्ञप्तिमा जनाइएको [...]

अस्ट्रेलिया चीनसँग ‘निर्बाध व्यापार’ गर्न इच्छुक

अस्ट्रेलिया र चीनबीच तनावपूर्ण सम्बन्ध सुधारका लागि मन्त्रीस्तरीय वार्तापछि अस्ट्रेलियाले सोमबार चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न आग्रह गरेको छ । चीनले सन् २०२० मा जौ, गाइको मासु र वाइनजस्ता अष्ट्रेलियाका प्रमुख निर्यातमा चर्को कर लगाएको थियो । हालैका [...]

इन्डोनेसियाको आर्थिक वृद्धिदर नौ वर्षयताकै उच्च

विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धि दर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा इन्डोनेसियाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) २.०७ प्रतिशतले खुम्चिएपछि यसको निर्यात र पर्यटनमा [...]

भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु

टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् । सोमबार विहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा गरी पाँच सयभन्दा बढीको मृत्यु भएको [...]

महानगरवासीमा जागरण ल्याउन सडक नाटक

विराटनगर महानगरपालिकाले विराटनगरवासीमा जागरुकता ल्याउन सडक नाटक मञ्चन गरेको छ । महानगरपालिकाले राजस्वको दायरा फराकिलो पार्नेदेखि विभिन्न काम कारबाहीका बारेमा सुसूचित गराउने उद्देश्यले मङ्सिरदेखि रचनात्मक अभियानको थालनी गरेको हो । न्यायमा विराटनगरवासीको पहुँच सुनिश्चित गराउनका लागि विराटनगर–९ को महावीर चोकमा [...]

By |February 6, 2023|News|

हिरापुरमा बल्यो बिजुली

नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम बरहथवा नगरपालिकाले चुक्ता गरिदिने भएपछि बरहथवा नगरपालिका–११ स्थित हिरापुर बस्तीमा बिजुली मिटर वितरण सुरु गरिएको छ । बरहथवा–११ का वडाअध्यक्ष नवराज राईले प्राधिकरणको रु १५ लाख ७३ हजार चार सय बक्यौता रकम नगरपालिकाले चुक्ता गरिदिने [...]

By |February 6, 2023|News|

आगलागीबाट चार घरमा क्षति

हुम्ला जिल्लाको उत्तरी भेगमा हिमपात हुँदाहुँदै पनि सिमकोट गाउँपालिका–७ मा डाँडाफया गाउँका आगलागी भएको छ । सो स्थानमा आगलागी हुँदा रु ८२ लाख ९५ हजारभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख गीताप्रसाद चौधरीले बताउनुभयो । स्थानीयवासी दीपक [...]

By |February 6, 2023|News|

रुपन्देहीका उद्योग : दर्ता धेरै, नवीकरण कम

रुपन्देहीमा घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । कोरोना महामारी सकिएपछि अर्थतन्त्र पुनः लयमा फर्किन लागेका कारण धमाधम घरेलु तथा साना उद्योग खुल्ने क्रम बढको हो । उद्योग दर्ता गर्ने बढे पनि नवीकरण गर्नेको सङ्ख्या भने कम छ [...]

By |February 6, 2023|News|

दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको [...]

By |February 6, 2023|News|

सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको सडक व्यवस्थापन गर्न सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज काठमाडौँ उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुखसँगको भेटमा उहाँले काठमाडौँ उपत्यकामा बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता [...]

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…

जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ । जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भन्ने रोगका कारण फोक्सो र कलेजोमा आक्रमण गरेपछि आर्थिक [...]

By |February 6, 2023|News|

नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश

बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ । नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई दुई वर्ष छ महिना कैद र रु १० [...]

By |February 6, 2023|News|

सन्धिखर्क महोत्सव : पाँच करोडको कारोबार हुने अपेक्षा

गणतन्त्र ल्याइम भन्छन् फालिम भन्छन् राजा । त्यही फालेका राजा जस्ता कैयु निस्के आज ।। लोकगायक पशुपति शर्माले ‘लुटन सके लुट कान्छा लुटन सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीत गाएपछि सबै दर्शकले हात उठाए । सबैले [...]

By |February 6, 2023|News|

पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी निर्माण गरिएको छ । मूल मन्दिरको पश्चिम भागमा फलामको सिँढी हटाएर सम्पदामैत्री काठको सिँढी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । यसबाट महाशिवरात्रिमा [...]

By |February 6, 2023|News|

राजधानीको मुख्य सहरमै खानेपानीको अभाव

मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँ महानगरपालिकाकै मुख्य सहरी क्षेत्रमा खानेपानी नपाइएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाका असन, इन्द्रचोक, बाङ्गेमुढा, वसन्तपुर, ताहाचल, कालिमाटी, टेकु, कुलेश्वरलगायत मुख्य सहरी क्षेत्रमै खानेपानी नपाएर समस्या भएको स्थानीयवासीको गुनासो छ [...]

By |February 6, 2023|News|

मधेस प्रदेश : माओवादी केन्द्रका दुई मन्त्री

मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुङ्गो लगाएसँगै सरकारले पूर्णता पाउने भएको छ । प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले आज मन्त्री र राज्य मन्त्रीको टुङ्गो लगाएको हो । उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर [...]

By |February 6, 2023|News|

सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश

नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार चौधरीले दायर गर्नुभएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च [...]

By |February 6, 2023|News|

बागमती प्रदेशसभाको बैठक स्थगित

बागमती प्रदेशसभाको आज अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणबस माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही माघ २६ गते बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने [...]

By |February 6, 2023|News|

मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद

काठमाडौँको मीन भवन क्याम्पसमा नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई पक्षबीच विवाद भएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति घोषणा गरेसँगै कांग्रेसनिकट नेविसङ्घबीच विवाद बढेको [...]

By |February 6, 2023|News|

गोल्डेन एथलेटिक्स मिट प्रतियोगिता : तेज र निशा सर्वोत्कृष्ट

गोल्डेन एथलेटिक्स मिट प्रतियोगितामा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । त्रिपुरेवरस्थित दशरथ रङ्गशालाको प्राङ्गनमा आज सम्पन्न प्रतियोगिताको पाँच हजार मिटर [...]

By |February 6, 2023|News|

पवित्र देवभूमि हो नेपाल : मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल पवित्र देवभूमि भएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रममा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज उद्घाटन गर्दै मन्त्री पाण्डेले देवभूमिमा शान्ति र विकासको कामना गर्नुभएको हो । “नेपालमा धेरै अप्ठ्यारा [...]

By |February 6, 2023|News|

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा देशाई नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ । देशाई एक साताअघि नै नेपाल आउनुभएको थियो । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृत दिएपछि [...]

By |February 6, 2023|News|

किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण

नेकपा (एमाले) को केन्द्रीय कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बारेमा दृष्टिकोसहितको खाका तयार गरी सम्बन्धित मन्त्रालयलाई बुझाउको छ । उक्त खाकालाई विभागले पार्टी नेतृत्व र नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी [...]

By |February 6, 2023|News|

शोधनान्तर स्थिति ९७ अर्बले बचतमा

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई [...]

By |February 6, 2023|News|

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, [...]

By |February 6, 2023|News|

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अपिल, कोहि कसैले घुस मागे आयोगको हटलाईन नम्बर १०७ मा फोन गरौं

नेपाल सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा; नेपाल दुरसन्चार ले एनटीसीको सिममा कोहिकसैलाई फोन गर्दा यस प्रकारको ध्वनी बज्ने बनाएको छ:--------"धुस खाने जनताको नजरबाट गिर्छ । भ्रष्टाचारको कमाईले सात पुस्ता पिर्छ ।भ्रष्टाचार सामाजिक अपराध हो । भ्रष्टाचार  नियन्त्रण र [...]

By |February 6, 2023|News|

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.7092down
Australian Dollar 
Australian Dollar
₨109.833down
Swiss Franc 
Swiss Franc
₨191.1987down
Euro 
Euro
₨178.9941up
British Pound 
British Pound
₨208.9515up
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9635
Qatari Rial 
Qatari Rial
₨42.0816down
Saudi Riyal 
Saudi Riyal
₨40.8472down
Singapore Dollar 
Singapore Dollar
₨120.6612down
US Dollar 
US Dollar
₨153.1769down
23 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 23 Aug 2026 05:40 UTC
Latest change: 23 Aug 2026 05:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ । [...]

By |May 24, 2023|Categories: International, News|

द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रसङ्घ प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षासम्बन्धी बहसमा भन्नुभयो, “लामो [...]

By |May 24, 2023|Categories: International, News|

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । [...]

By |May 24, 2023|Categories: International, News|

अफगानिस्तानमा बाढीका कारण ४ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा मङ्गलबार आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता मौलावी अब्दुल वाहिद हमासले बताउनुभएको छ । भारी वर्षाले प्रान्तीय राजधानी फिरोज [...]

By |May 23, 2023|Categories: International, News|

Opinion & Analysis

विपन्न परिवारलाई जस्ताको छानो

भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको [...]

पोखराका सामुदायिक विद्यालयमा प्राविधिक पढाइसँगै विद्यार्थीको आकर्षण

पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो । पायक पर्ने स्थानमा [...]

गठामुंगः पर्व मनाउँदै नेवार समुदाय

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् । साथै आफ्नो [...]

Videos

Stock Market

आज सेयर बजार नेप्से ११.५६ अकंले बड्यो

७९ मंसिर ८ काठमाडौ । जो जस्ले जे जसरी अध्यन अनुसन्धान मुल्यांकन  विश्लेषण गरे पनि राजनीति र पुजिबजार एक हातको औंला जस्तै हो। पुजिबजारको सुन्दर पक्ष भनेको भुकम्प महामारी लडाइँ जस्ता घटनाले आर्थीक अवस्था सँकुचित हुन बाट रोकेर देसको आर्थिक [...]

सेयर बजार नेप्से ७.७२ अकंले घट्यो

७९ मंसिर ७ काठमाडौ । पुजिबजार देशको आर्थिक अवस्थालाई चलायमान पार्ने एक महत्त्वपूर्ण औजार हो । पुजिबजार बाट देशलाई दैनिक करोडौं आम्दानी भैईरहेको छ। तर देशलाई दैनिक करोडौं आम्दानी दिने सेयर बजारका सेयर लगानीकर्ताहरूले खर्वौ गुमाईरहेका छन। यस्तो हुनाको मुख्य [...]

Go to Top