कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

नेपालको बिजुली आयातमा सहजीकरण गरिदिन भारतलाई बङ्गलादेशको आग्रह

बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो [...]

By |2023-01-06T20:21:07+05:45January 6, 2023|Categories: News|

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान [...]

By |2023-01-06T20:20:30+05:45January 6, 2023|Categories: News|

सहकारीलाई उत्पादनमुखी बनाउनसके देशले प्रतिफल पाउँछ: प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सहकारीलाई उत्पादनमुखी बनाउनसकेमात्र वास्तविक प्रतिफल देशले पाउन सक्ने बताउनुभएको छ । सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले आज बुटवलमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको [...]

By |2023-01-06T20:19:49+05:45January 6, 2023|Categories: News|

दुई दिनदेखि हराएका चार किशोरी भेटिए

गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू आज तनहुँमा फेला परेको जिल्ला [...]

By |2023-01-06T20:18:55+05:45January 6, 2023|Categories: News|

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग [...]

By |2023-01-06T20:18:53+05:45January 6, 2023|Categories: News|

चर्केका माटाका भाँडा फुटाएर भक्तपुरमा मनाइयो छ्याला पुन्ही

एक वर्षदेखि घरमा चर्केर रहेका माटोका भाँडाकुँडा चोक–चोकमा लगेर फुटाएर आज भक्तपुरमा छ्याला पुन्ही अर्थात मिला पुन्ही मनाइएको छ । चर्केको माटोका भाँडा अशुभ हुने विश्वासका साथ घरघरमा रहेका माटाका [...]

By |2023-01-06T20:18:21+05:45January 6, 2023|Categories: News|

पूर्णखोप पालिका घोषणा गर्ने महानगरको तयारी

विराटनगर महानगरपालिकाले पूर्णखोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज सरोकारवालासित पूर्णखोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्णखोप [...]

By |2023-01-06T20:17:44+05:45January 6, 2023|Categories: News|

राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था होस्–पूर्वराजदूत आचार्य

पूर्वराजदूत मधुरमण आचार्यले संसद्ले अनुमोदन गरेका राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था गर्न सुझाव दिनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले राजदूत सुनुवाई प्रक्रियामा सुधार [...]

By |2023-01-06T20:17:08+05:45January 6, 2023|Categories: News|

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको [...]

By |2023-01-06T20:17:06+05:45January 6, 2023|Categories: News|

सेवाग्राहीलाई ‘टाइम कार्ड’

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारबाट सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको [...]

By |2023-01-06T20:16:31+05:45January 6, 2023|Categories: News|

स्वास्थ्य मन्त्रालयको कार्य उत्कृष्ट’

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकालमा उपलब्धिमूलक कार्य गरेको दाबी गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत ११ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै [...]

By |2023-01-06T20:15:53+05:45January 6, 2023|Categories: News|

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

बेलौरी नगरपालिका–७ का ज्येष्ठ नारिकलाई आज न्यानो कम्बल वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता पाउँदै आएका दुई सय ५० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । वडाको चालु [...]

By |2023-01-06T20:15:22+05:45January 6, 2023|Categories: News|

समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले आत्मसमिक्षासहित सबै कम्युनिष्ट एक ठाउँमा नआएसम्म समाजवादको लक्ष्य प्राप्त गर्न नसकिने जिकिर गर्नुभएको छ । नेकपा माओवादी समाजवादीले आज काठमाडौँमा आयोजना गरेको [...]

By |2023-01-06T20:14:53+05:45January 6, 2023|Categories: News|

हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग

हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्यचौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको छ । ल्यापटप र ट्याबको प्रयोगबाट स्वास्थ्यचौकीबाट प्रदान हुने सबै सेवामा रिपोर्टिङ गर्न सहज हुने सिमकोट गाउँपालिका–७ [...]

By |2023-01-06T20:14:43+05:45January 6, 2023|Categories: News|

कागेश्वरीमा सुरु भयो कृषिमा आत्मनिर्भर कार्यक्रम

कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि केन्द्रको शुभारम्भ गरिएको छ । नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सदस्य उद्यमशीलता कार्यक्रम अन्तर्गत उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो । हरहर [...]

By |2023-01-06T20:14:18+05:45January 6, 2023|Categories: News|

स्वस्थानी व्रतकथा सुरु

वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना [...]

By |2023-01-06T20:13:38+05:45January 6, 2023|Categories: News|

अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापनार्थ सहयोग

तनहुँको म्याग्दे गाउँपालिका–७ मा भौगोलिक अवस्था सुहाउँदो अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापना गरिने भएको छ । पुरानो सामग्री पुनःनिर्माण गर्ने र नयाँ उत्पादनको लागि आविष्कार केन्द्र स्थापना गर्ने [...]

By |2023-01-06T20:12:57+05:45January 6, 2023|Categories: News|

शीत लहरको जोखिम व्यवस्थापनका प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय

मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले [...]

By |2023-01-06T20:12:25+05:45January 6, 2023|Categories: News|

व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै

गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु [...]

By |2023-01-06T20:10:24+05:45January 6, 2023|Categories: News|

नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने नारायणी नदी किनारमा तटबन्धसहितको सडक निर्माण अगाडि बढाइएको छ । तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो । नारायणी नदी व्यवस्थापनसहित सडक निर्माणका लागि गैँडाकोटतर्फ [...]

By |2023-01-06T17:21:19+05:45January 6, 2023|Categories: News|

भुक्तानी सेवा दिने कम्पनीको अनुमतिपत्रसम्बन्धी व्यवस्था संशोधन

नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ जारी गरेको छ । यसअघि कार्यान्वयनमा रहेको ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३’ लाई संशोधन [...]

By |2023-01-06T17:20:24+05:45January 6, 2023|Categories: News|

भक्तपुरमा माधव नारायण मेला सुरु, दैनिक कथा वाचन गरिने

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण मेलाको व्रत सुरु भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको व्रत एवं मेला एक महिनासम्म चल्ने । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल [...]

By |2023-01-06T17:19:33+05:45January 6, 2023|Categories: News|

भूमिगत सिँचाइ प्रणाली उद्घाटन

पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख [...]

By |2023-01-06T17:18:44+05:45January 6, 2023|Categories: News|

टी–२० क्रिकेट : जनकपुरले लुम्बिनीलाई हरायो

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित [...]

By |2023-01-06T17:18:05+05:45January 6, 2023|Categories: News|

मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको गति बढ्छ : उपप्रधानमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले [...]

By |2023-01-06T17:17:23+05:45January 6, 2023|Categories: News|

प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता

प्रदेश नं १ का प्रदेशसभा सदस्य जीवन अचार्यले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग [...]

By |2023-01-06T17:16:40+05:45January 6, 2023|Categories: News|

खेलाडी उत्पादनमा अब्बल कञ्चनपुरको धर्मजनता मावि

शुक्लाफाँटा नगरपालिका-७ स्टेशनपुरकोल धर्म जनता माध्यमिक विद्यालयका विद्यार्थी खेलकुदका क्षेत्रमा जिल्लामै अब्बल देखिएका छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा विद्यालयका विद्यार्थीले सहभागिता जनाउँदै आएका छन् । सातौँदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा [...]

By |2023-01-06T17:16:03+05:45January 6, 2023|Categories: News|

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेट

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजदूत थम्पसन आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुग्नुभएको [...]

By |2023-01-06T17:13:05+05:45January 6, 2023|Categories: News|

भू–वर्गीकरणको काम नहुँदा समस्या

जिल्लामा भू–वर्गीकरणको काम अघि नबढ्दा समस्या भएको छ । छ महिनाभित्र सक्नेगरी ‘भू–उपयोग ऐन २०७६’ कार्यान्वयन गराउने भन्दै सरकारले गत जेठ २३ गते नियमावली बनाएकामा तोकेको समय सीमा सकिएकाले ऐनको [...]

By |2023-01-06T17:12:25+05:45January 6, 2023|Categories: News|

आकर्षक रोजगारीको प्रलोभनमा परी दक्षिण अफ्रिका नजान अनुरोध

दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० [...]

By |2023-01-06T17:11:43+05:45January 6, 2023|Categories: News|

शालीनदीमा स्वस्थानी मेला सुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक [...]

By |2023-01-06T17:10:58+05:45January 6, 2023|Categories: News|

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन [...]

By |2023-01-06T17:10:05+05:45January 6, 2023|Categories: News|

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ आज संवैधानिक इजलासमा सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह [...]

By |2023-01-06T16:33:22+05:45January 6, 2023|Categories: News|

बजेट कार्यान्वयन निराशाजनक

पूर्वाधार विकास कार्यालय नुवाकोटको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनका क्रममा चालू आर्थिक वर्षको आधा [...]

By |2023-01-06T12:15:32+05:45January 6, 2023|Categories: News|

सुई नसर्ने घण्टाघर

सुर्खितको वीरेन्द्रनगरको मध्यभागमा अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो [...]

By |2023-01-06T12:12:09+05:45January 6, 2023|Categories: News|

हुम्लामा हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित [...]

By |2023-01-06T12:01:40+05:45January 6, 2023|Categories: News|

शुक्रबार चलचित्र : हलमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’

फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश [...]

By |2023-01-06T11:50:56+05:45January 6, 2023|Categories: News|

सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ : प्रधानमन्त्री

प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले सो धारणा [...]

By |2023-01-06T11:43:20+05:45January 6, 2023|Categories: News|

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडाँैबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय [...]

By |2023-01-06T11:41:06+05:45January 6, 2023|Categories: News|

अनुप स्मृति गोल्डकप’को फाइनलमा नेर्पा र दिक्तेल

दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको फाइनलमा नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) प्रवेश गरेका छन् । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा [...]

By |2023-01-06T11:30:28+05:45January 6, 2023|Categories: News|

धुलाबारी-भद्रपुर कालोपत्रे हुँदा विमानस्थल जान सजिलो

काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी-भद्रपुर सडकको सात किलोमिटर खण्ड कालोपत्र भएको छ । भारत, भुटान तथा बङ्गलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै [...]

By |2023-01-06T11:28:16+05:45January 6, 2023|Categories: News|

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ [...]

By |2023-01-06T11:27:02+05:45January 6, 2023|Categories: News|

कोसी ब्यारेजमा मेला भर्नेको घुइँचो

सप्तरीमा अत्यधिक चिसोका बाबजुद सप्तरीको कोसी ब्यारेजमा मेला भर्न आउनेको घुइँचो लागेको छ । सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी [...]

By |2023-01-06T11:25:17+05:45January 6, 2023|Categories: News|

९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता

हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई [...]

By |2023-01-06T11:23:58+05:45January 6, 2023|Categories: News|

मर्मतपछि मनकामना केबलकार आजदेखि सञ्चालनमा

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको [...]

By |2023-01-06T11:20:28+05:45January 6, 2023|Categories: News|

मनकारीको सहयोगले रोकालाई पुनःजीवन

सहयोगका भरमा २५ वर्षीय युवा सङ्कल रोकाको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बागलुङको ताराखोला–५ का रोकालाई दिदी पूर्णमाया रोकाले मिर्गाैला दान दिनुभएको हो । गाउँको नवसिर्जना र असारे युवा [...]

By |2023-01-06T11:18:54+05:45January 6, 2023|Categories: News|

सुदूरपश्चिम विश्वविद्यालय : विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयको विज्ञान प्रविधि, इञ्जीनियरिङ र कृषि विज्ञानतर्फ हाल एक हजार दुई सय ३० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयका सूचना अधिकारी [...]

By |2023-01-06T11:17:21+05:45January 6, 2023|Categories: News|

राहुघाट जलविद्युत् आयोजनाले गति लिँदै

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन [...]

By |2023-01-06T11:15:25+05:45January 6, 2023|Categories: News|

शालिग्राम शिला संरक्षणमा तीन जिल्लाको चासो

दुई प्रदेश र तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् । गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको शालिग्रामको [...]

By |2023-01-06T11:13:41+05:45January 6, 2023|Categories: News|

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु [...]

By |2023-01-06T11:12:11+05:45January 6, 2023|Categories: News|

नेजा अध्यक्षद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट

नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री दाहालसँगको भेटघाटमा प्रेस तथा अभिव्यक्ति [...]

By |2023-01-06T11:07:48+05:45January 6, 2023|Categories: News|

आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु÷कुहिरो

देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा [...]

By |2023-01-06T11:06:02+05:45January 6, 2023|Categories: News|

एक महिने स्वस्थानी व्रत आरम्भ

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना [...]

By |2023-01-06T11:04:36+05:45January 6, 2023|Categories: News|

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन [...]

By |2023-01-06T10:59:47+05:45January 6, 2023|Categories: News|

म्याग्दीको मौवाफाँटमा प्रहरी चौकी स्थापना

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको [...]

By |2023-01-06T08:12:37+05:45January 6, 2023|Categories: News|

पाल्पामा बस दुर्घटना : छ जनाको मृत्यु

पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो [...]

By |2023-01-06T08:10:45+05:45January 6, 2023|Categories: News|

महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै [...]

By |2023-01-06T08:00:38+05:45January 6, 2023|Categories: News|

जग्गाको कित्ताकाट खुल्यो

तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले [...]

By |2023-01-06T08:07:50+05:45January 6, 2023|Categories: News|

कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका [...]

By |2023-01-06T07:50:45+05:45January 6, 2023|Categories: News|

नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ शुभारम्भ

नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा आजदेखि ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ । गोरखादरबारबाट [...]

By |2023-01-05T20:20:50+05:45January 5, 2023|Categories: News|

पर्सामा चिसोले जनजीवन प्रभावित

दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । दैनिक [...]

By |2023-01-05T20:20:15+05:45January 5, 2023|Categories: News|

जसपा नेपालले शुक्रबार मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित [...]

By |2023-01-05T20:19:46+05:45January 5, 2023|Categories: News|

मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यातलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यात क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । नेपाल निर्यात परिषद्ले स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘निर्यातयोग्य वस्तुको [...]

By |2023-01-05T20:19:17+05:45January 5, 2023|Categories: News|

आहा ! रारा पोखरा गोल्डकप : भुटनिज युथ स्पोर्ट्स फाइनलमा

अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज [...]

By |2023-01-05T20:18:40+05:45January 5, 2023|Categories: News|

कोसी अस्पतालका अनधिकृत संरचना महानगरले हटाउँदै

विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो । नक्सा पास गर्न [...]

By |2023-01-05T20:18:07+05:45January 5, 2023|Categories: News|

प्रधानमन्त्रीको निर्देशनपछि राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले [...]

By |2023-01-05T20:17:13+05:45January 5, 2023|Categories: News|

इन्टरनेटको समस्या समाधान गर्न आग्रह

इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट [...]

By |2023-01-05T20:16:36+05:45January 5, 2023|Categories: News|

सुरेन्द्रप्रताप शाह स्मृति मार्ग’ को उद्घाटन

चाँगुनारायण नगरपालिकाले मुहानपोखरी–चरेली–खावा सडकखण्डलाई ‘सुरेन्द्रप्रताप शाह स्मृति मार्ग’ नामकरण गरेको छ । चाँगुनारायण नगरपालिका–६ र ७ ले आज संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले उक्त सडकको उद्घाटन गर्नुभयो । [...]

By |2023-01-05T19:03:51+05:45January 5, 2023|Categories: News|

विद्यार्थीमाझ ‘नमूना राष्ट्रसङ्घ छलफल’

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास परियोजनाका नेपालस्थित आवासीय प्रतिनिधि आइसानी लेबेले विश्वको वातावरण, विकास, सामाजिक, आर्थिक, राजनीतिकका साथै सङ्कट निरूपण र निराकरणका उपायका बारेमा आजका विद्यार्थीले ज्ञान हासिल गर्नुपर्ने बताउनुभएको [...]

By |2023-01-05T19:02:16+05:45January 5, 2023|Categories: News|

जुम्लाको तिलामा अटो दुर्घटना हुँदा दुईको मृत्यु

जुम्लाको तिला गाउँपालिका–३ स्थित श्रीवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क.१ स ११ नम्बरको अटो दिउँसो २ [...]

By |2023-01-05T18:58:54+05:45January 5, 2023|Categories: News|

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको छ । जुत्ता उत्पादक सङ्घ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन [...]

By |2023-01-05T18:56:59+05:45January 5, 2023|Categories: News|

वाम एकताका लागि समाजवादीले बनायो चार सदस्यीय कार्यदल

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले पार्टी महासचिव वेदुराम भुसालको [...]

By |2023-01-05T18:54:09+05:45January 5, 2023|Categories: News|

कृषि पेसामा राउटे समुदाय

लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत हुनुभएको छ । आज काठमाडौँमा आयोजित [...]

By |2023-01-05T18:51:43+05:45January 5, 2023|Categories: News|

प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकार पत्रकार महासङ्घसँग सहकार्य [...]

By |2023-01-05T18:48:11+05:45January 5, 2023|Categories: News|

प्रमुख सचेतकमा भण्डारी

नेकपा (एमाले) प्रदेश नं १ को प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन हुनुभएको छ । संसदीय दलको आज बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो । नवनियुक्त प्रमुख [...]

By |2023-01-05T18:44:28+05:45January 5, 2023|Categories: News|

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ [...]

By |2023-01-05T18:39:03+05:45January 5, 2023|Categories: News|

त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव

सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन । विश्वविद्यालय [...]

By |2023-01-05T18:21:36+05:45January 5, 2023|Categories: News|

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको [...]

By |2023-01-05T18:18:34+05:45January 5, 2023|Categories: News|

जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ को डर

चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने [...]

By |2023-01-05T18:15:44+05:45January 5, 2023|Categories: News|

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक [...]

By |2023-01-05T18:12:49+05:45January 5, 2023|Categories: News|
Go to Top