साउन १२ नेपाल ।
जिल्ला प्रशासन कार्यालय, मोरङ ले जिल्लाभित्र हुने कुनै पनि कार्यक्रममा डिजे प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पवन राज काफ्लेले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम र पुराण लगायतका कार्यक्रममा डिजे बजाउन नपाइने जानकारी दिएका छन्।
प्रशासनले सूचना विपरीत कसैले डिजे प्रयोग गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने पनि स्पष्ट पारेको छ।
कहिलेदेखि लागू?
यो सूचना २०८३ साउन १२ गते देखि लागू हुने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण जिल्लाबासीलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ।

