साउन १२ नेपाल।
जिल्ला प्रशासन कार्यालय, सुनसरी ले सुनसरी जिल्लाको केही क्षेत्रमा आज दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेको सूचना सार्वजनिक भएको हो।
कर्फ्यू लागू हुने क्षेत्र:
तपसिल अनुसार
• पूर्व: पकली चोकसम्म
• पश्चिम: कोशी ब्यारेजको पुलसम्म
• उत्तर र दक्षिण: महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म
• साथै इनरुवा बजार क्षेत्र को सिमानाभित्र पनि कर्फ्यू लागू हुने
के गर्न पाइँदैन?
आदेशमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा बैठक गर्न र घेराउ गर्न नपाइने उल्लेख छ।
अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश लागू हुने प्रशासनले जनाएको छ।

