साउन १२ नेपाल ।

पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएको चक्रवर्ती हबी शिक्षा एकेडेमी (कानुन कलेज) ले शैक्षिक वर्ष २०८२/८३ का लागि कानुनमा स्नातकोत्तर प्रथम वर्ष तर्फ भर्ना भएका विद्यार्थीहरूको दर्ता फारम बुझाउने सूचना निकालेको छ।

कलेज प्रशासनले साउन २५ गते सोमबार भित्र आवश्यक कागजपत्रसहित दर्ता फारम बुझाउन सबै विद्यार्थीलाई अनुरोध गरेको छ।

कुन-कुन कागजपत्र चाहिन्छ?
स्नातकोत्तर प्रथम वर्षका लागि:
1. एस.इ.इ./एस.एल.सी: अंकपत्र, चरित्र प्रमाणपत्र र अस्थायी प्रमाणपत्रको प्रतिलिपि
2. +२/पि.सी.एल: अंकपत्र, चरित्र प्रमाणपत्र, अस्थायी प्रमाणपत्रको प्रतिलिपि, बसाइँसराइ सक्कल, समकक्षता सक्कल
3. स्नातक: अंकपत्र, चरित्र प्रमाणपत्र, अस्थायी प्रमाणपत्रको प्रतिलिपि, बसाइँसराइ सक्कल, समकक्षता सक्कल
4. अन्य: पासपोर्ट नापको फोटो २ प्रति र नागरिकताको प्रतिलिपि १ प्रति

दर्ता शुल्क:
• देशभित्रको विश्वविद्यालयबाट उत्तीर्ण: रु. १५००
• विदेशी विश्वविद्यालयबाट उत्तीर्ण: रु. २५००
शुल्क पूर्वाञ्चल विश्वविद्यालयले तोकेको हो।

अन्य कुरा:
• शुल्क बुझाउने समय: बिहान ७:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म
• ठेगाना: चक्रवर्ती हबी शिक्षा एकेडेमी, बिजुलीबजार, काठमाडौँ
• सम्पर्क: 01-4795808

कलेजका प्रमुख प्रा.डा. ज्ञान बहादुर बस्नेतले तोकिएको समयमा फारम नबुझाए त्यसको जिम्मेवारी विद्यार्थी आफैँ हुने जानकारी गराएका छन्।