साउन ६ नेपाल।

साताको तेस्रो दिन बुधबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर २ हजार ७ सय १२ दशमलव ५४ को बिन्दुमा झरेको छ । यो ० दशमलव ५१ प्रतिशतको गिरावट हो ।

आज बजार खुलेदेखि नै उतारचढाव देखिएको थियो । बिहान ११:४५ तिर केही बढेको बजार दिउँसो १२:४५ मा २ हजार ६ सय ९० को तल्लो विन्दुसम्म पुगेको थियो । त्यसपछि केही सुधार भए पनि अन्तिममा पुनः ओरालो लागेर बजार बन्द भएको थियो ।

आज बजारमा १ करोड १३ लाख ६२ हजार ४ सय ६५ कित्ता शेयर किनबेच भएको छ । सो अवधिमा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँ ७ पैसाको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज बजार घट्दा लगानीकर्ताहरूमा केही निराशा देखिएको छ । भोलि बजार कसरी अगाडि बढ्छ भन्ने सबैको चासोको विषय बनेको छ ।