असार २५, नेपाल ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले बिचौलियाको भरमा नपर्न वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई कडा आग्रह गरेको छ।

विभागले आज सूचना जारी गर्दै आफूबाट प्रदान गरिने श्रम स्वीकृति लगायत अधिकांश सेवाहरु विद्युतीय अनलाइन माध्यमबाट हुने भएकोले सेवाग्राही कार्यालयमा आइरहन नपर्ने स्पष्ट पारेको छ।

के छ नयाँ व्यवस्था?
विभागका अनुसार अहिले श्रम स्वीकृति, संस्था दर्ता, राहत तथा उद्धार, अनुसन्धान, EPS लगायतका सेवा अनलाइनबाटै लिन सकिन्छ। यसले गर्दा बिचौलियाले ठगी गर्ने मौका घट्ने विभागको विश्वास छ।

सेवाको लागि सम्पर्क नम्बर
सेवा सम्बन्धी कुनै द्विविधा, जिज्ञासा, गुनासो, सुझाव वा उजुरी भए विभागले सिधै सम्पर्क गर्न सक्ने हेल्पलाइन नम्बरहरु सार्वजनिक गरेको छ।

प्रमुख सम्पर्क नम्बरहरु:
• समग्र जानकारी: उपमहानिर्देशक – ९८५१३४२३५२
• गुनासोको लागि: महानिर्देशक – ९८५११७१६०१
• श्रम स्वीकृति शाखा: ९७६८५८५८७३, ९७४३२३३४८४
• प्रशासन शाखा: ९८५१२३१५, ०१-५५०७६५२
• राहत तथा उद्धार: ९७६५०१३७४

विभागले “बिचौलिया निषेध” लेखिएको ब्यानर सहितको सूचना जारी गर्दै ठगीमा नपर्न सबैलाई आग्रह गरेको छ।