असार २५, नेपाल ।

जिल्ला प्रहरी कार्यालय दोलखाले तामाकोशी नदीमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको एक थान एक्साभेटरलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाले आज जारी गरेको प्रेस विज्ञप्तिमा मिति २०८३/०३/२४ गते तामाकोशी गाउँपालिका वडा नं. ३ को ढोलिखोला स्थित तामाकोशी नदिमा अवैध उत्खनन् भइरहेको अवस्थामा प्रहरी टोलीले एक्साभेटरलाई नियन्त्रणमा लिएको उल्लेख छ।

नियन्त्रणमा लिइएको एक्साभेटरको इन्जिन नम्बर SY220C र सिरियल नम्बर 20SEY022082001 रहेको छ।

प्रहरीका अनुसार कानुन बमोजिम उक्त सवारी साधनलाई जिल्ला समन्वय समितिको कार्यालय दोलखा मार्फत रु. १,००,००० एक लाख रुपैयाँ जरिवाना तिराएर छोडिएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाले नदिजन्य पदार्थको अवैध उत्खनन्, ओसारपसार र बिक्री वितरणमा संलग्न जो कोहीलाई कडा कारबाही गरिने जनाएको छ।

सूचना अधिकारी: प्रहरी निरीक्षक सन्तोष कुमार खड्का