असार २५, नेपाल।
नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवस २०८३ को अवसरमा “खुला सामरिक लेख रचना प्रतियोगिता-२०८३” आयोजना गर्ने भएको छ।
राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा, कूटनीति, प्रविधि, नेपालको मौलिक पहिचान, संस्कृति, इतिहास र भूगोल जस्ता राष्ट्रिय महत्वका सामरिक विषयमा अध्ययन अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ।
कसले लेख्न सक्छ ?
नेपालका सम्पूर्ण बौद्धिक व्यक्तित्वहरूले यस प्रतियोगितामा भाग लिन सक्नेछन्।
लेख रचनाका मुख्य विषयवस्तुहरू
१. राष्ट्रिय एकता सम्बन्धी विषयहरू
२. परम्परागत तथा अपरम्परागत सुरक्षा सम्बन्धी विषयहरू
३. कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी विषयहरू
४. नविनतम प्रविधि सम्बन्धी विषयहरू
५. राष्ट्रिय सुरक्षासँग सम्बन्धित विविध विषयहरू
६. नेपालको इतिहास र नेपाली सैनिक इतिहास सम्बन्धी विषयहरू
७. नेपालको मौलिक पहिचान, मूल्य मान्यता, संस्कृति र परम्परा सम्बन्धी विषयहरू
८. नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति सम्बन्धी विषयहरू
सहभागीले ध्यान दिनुपर्ने कुराहरू
१. लेख विशुद्ध रूपमा अराजनैतिक हुनुपर्ने
२. लेखको शब्द सीमा ३५० देखि ५० शब्दसम्म हुनुपर्ने। लेख सार र परिशिष्ट बाहेक
३. लेख नेपाली वा अङ्ग्रेजी भाषामा मात्र लेखिएको हुनुपर्ने
४. Academic Integrity र प्रचलित अनुसन्धान पद्धतिलाई पालना गर्नुपर्ने
महत्वपूर्ण मितिहरू
सिनं मिति विवरण
१ २०८३।०३।३२ गतेसम्म आवेदन र तीन वटा शिर्षकसहित लेखकको नाम, फोन, ईमेल, ठेगाना पठाउने अन्तिम मिति
२ २०८३।०४।१८ गते छानिएका शिर्षकको जानकारी गराइनेछ
३ २०८३।०८।०१ गते पुरा लेख रचना बुझाउने अन्तिम मिति
कसरी आवेदन दिने ?
इच्छुक लेखकले आफ्नो आवेदन तथा लेख रचना unityjournal@nepalar.my.mil.np मा पठाउनुपर्नेछ।
अन्य जानकारीको लागि ०१-२९७९०७ मा सम्पर्क गर्न सकिनेछ।
पुरस्कार
१. प्रथम पुरस्कार : रु. २,००,०००
२. द्वितीय पुरस्कार : रु. १,५०,०
३. तृतीय पुरस्कार : रु. १,०,०
४. सान्त्वना पुरस्कार : प्रति व्यक्ति रु. १०,०
छानिएका उत्कृष्ट लेखहरूलाई “युनिटी जर्नल” को आठौं संस्करणमा प्रकाशन गरिनेछ। “महाशिवरात्री तथा सेना दिवस, २०८३” को अवसरमा पुरस्कार वितरण कार्यक्रम समेत आयोजना हुने सेनाले जनाएको छ।

