असार २४, नेपाल ।

आज बुधबार नेपाली सेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.०९ अंकले घटेर २ हजार ६ सय २१ दशमलव ५९ विन्दुमा पुगेको छ। यो १.१३ प्रतिशतको गिरावट हो।

बजार खुलेदेखि नै ओरालो लागेको थियो। सुरुमा २ हजार ६ सय ४० को आसपास रहेको परिसूचक दिनभर घट्दै २ हजार ६ सयको नजिकसम्म झरेको थियो। अन्तिम समयमा भने केही सुधार भएर २ हजार ६ सय २१ मा बन्द भएको हो।

आज कूल ८४ लाख ६३ हजार १५ कित्ता सेयर किनबेच भएका छन्। जसबाट ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८ सय २५ रुपैयाँ २८ पैसाको कारोबार भएको छ।

बजार घटेपछि लगानीकर्ताहरूमा निराशा छाएको छ। नाफा बुकिङ र बैंकिङ समूहको दबाबका कारण बजार घटेको बजार विश्लेषकहरूको भनाइ छ।

भोलि बिहीबार बजारले कस्तो गति लिन्छ भन्ने सबैको चासोको विषय बनेको छ।