असार २४, नेपाल ।

नेपाल कानून व्यवसायी परिषद्, नेपाल बार काउन्सिलले कानुन व्यवसायमा निरन्तर ५० वर्ष पूरा गरेका बरिष्ठ अधिवक्ता र अधिवक्ताहरूलाई सम्मान गर्ने भएको छ।

परिषद्ले हरेक वर्षको साउन २७ गते आफ्नो वार्षिक दिवस मनाउँदै आएको छ। उक्त दिवसको अवसरमा आयोजना हुने वार्षिक समारोहमा निरन्तर कानुन व्यवसायमा संलग्न रही ५० वर्ष अवधि पूरा गरेका वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूलाई सम्मान गर्ने परम्परा रहेको छ।

यस वर्षको लागि निवेदन माग
परिषद्ले यस वर्ष २०८३ साल साउन २७ गते पनि उक्त सम्मान कार्यक्रम गर्ने भएकाले सम्बन्धित कानुन व्यवसायीहरूसँग निवेदन माग गरेको हो।

परिषद्का सचिव श्रीराम खनालले हस्ताक्षर गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको अवधिभित्र निरन्तर रूपमा कानुन व्यवसाय गरेको अवधि ५० वर्ष पूरा हुने गरी परिषद्मा अधिवक्ता दर्ता भएका कानुन व्यवसायीहरूले निवेदन दिनुपर्नेछ।

कहाँ र कहिलेसम्म निवेदन दिने?
इच्छुक कानुन व्यवसायीहरूले २०८३ साल साउन २८ गतेसम्म आफू आवद्ध भएको बार इकाई मार्फत वा सीधे परिषद्को वा पार्षद्को सम्पर्क कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

परिषद्को वार्षिक दिवस
नेपाल कानून व्यवसायी परिषद्ले हरेक वर्ष साउन २७ गते स्थापना दिवसका अवसरमा कानुन व्यवसायमा लामो समय योगदान पुर्याएका कानुन व्यवसायीहरूलाई सम्मान गर्दै आएको छ। स्रोत: नेपाल कानून व्यवसायी परिषद्, कुपण्डोल, ललितपुर