२०८० मंसिर २९ काठमाडौं । नेपाली लाई भुटानी शरणार्थी बनाएर बिदेश पठाउने आरोपित नक्कली भुटानी प्रकरणमा मुछिएका नेपाली काङ्ग्रेसका नेत्ता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्च अदालत पाटनको आदेश बमोजिम आज शुक्रबार छुटेका छन् । खाणलाई उच्च अदालत, पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । खाँणले जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएको अदालत श्रोतले जानकारी दिएको छ ।
उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि लगिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख धरौटी राखेर छाड्न आदेश दियो थियो। सोही अनुसार खाँणले बैंक ग्यारेन्टी राखेको श्रोतले बतायो । अख्तियारले साधारण तारेखमा छाड्ने निर्णय गरेको अख्तियार श्रोतले जानकारी दिएको छ । काठमाडौ जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण र अख्तियारमा तोकिएको धरौटी बुझाए पछि बालकृष्ण खाँण आज थुनामुक्त भएका हुन ।
बालकृष्ण खाँणको मुद्दा अन्तिम किनारा लाग्न भने बाकी छ।