२०८० मंसिर २९ काठमाडौ । मानव स्वास्थ माथी असर पुर्याउने सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरे सगै काठमाडौ महानगरपालिका सहित महानगरका मेयर बालेन साह अग्नि परिक्षामा पुगेका छन। काठमाडौ महानगरपालिकाको निर्णय तत्काल कार्यन्वयन नगर्नु नगराउन उच्च अदालत पाटनले आज उत्प्रेसण परमादेश जारी गरे सगै अब काठमाडौका व्यापारीले मानव स्वास्थ माथी गम्भीर असर पुर्याउने सुर्तीजन्य पदार्थ अदालतको आदेश बमोजिम बिक्रीवितरण गर्न पाउने भएका छन । तर काठमाडौको महानगरपालिकाको भने छुट्टै अधिकार क्षेत्र संविधानले उल्लेख गरेको छ।

श्रीराम टोवागो उद्योगले दर्ता गरेको मुद्दामा उच्च अदालत पाटनले मुद्दा अन्तिम टुंगो नलागे सम्म काठमाडौ महानगरको २०८० मंसिर १२ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मंसिर १२ गते काठमाडौ महानगरपालिकाले सुर्तीजन्य पदार्थ सुर्ती, पान, पराग, खैनी, गुट्खा जस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको थियो । साथै चुरोट खुद्रामा प्याकेट फोरेर बेच्न रोक लगाएको छ भने सार्वजनिक स्थानको १०० मिटर वरीपरी धुम्रपान गरे १०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय विरुद्ध श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा आर्थिक वर्ष २०८०/८१ को बजेटमा वैशाख १ गते देखी २०८१ देखि अनिवार्य रुपमा जैविक रुपमा सडेर जाने वायो डिग्रिडेजद जैविक बस्तुमा प्याकिङको व्यवस्था मिलाउने नीतिगत सुधार गर्ने घोषणा गरेको र त्यसअनुसार प्याकिङको व्यवस्था मिलाउन थप लगानी र तयारी गरिरहेको दाबी गर्दै आफू उद्योगहरुले रितपूर्वक उद्योग कम्पनी सञ्चालन गरी राज्यलाई कर र राजश्व तिर्दै आएकोमा जनस्वास्थ्य ऐनलाई आधार मानेर पूर्ण प्रतिबन्ध लगाउने काठमाडौ महानगरको निर्णयले उद्योग व्यवस्था माथि प्रतिकूल असर पुर्याएर अपूरणीय क्षति पुर्याएको आसय सहित दर्ता गरेको मुद्दामा आज उच्च अदालत पाटनले श्रीराम टोवागो उद्योग सहित निवेदकहरुको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा २०८० मंसिर १२मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ`।

“अब कुरा आयो कानुन बाधकत होईन भन्ने बिषय काठमाडौ महानगरपालिका लाई प्रश्न तेर्सीएको छ । अदालतको आफ्नै सिस्टम हुन्छ भने काठमाडौ महानगरपालिकाको पनि आफ्नै नीति नियम कानुन संविधानले उल्लेख गरेको छ । आफ्नै नीति नियम कानुन अनुसार अगाडि बढदा समेत काठमाडौ महानगरपालिकाको कार्य माथी अवरोध किन सृजना गरिन्छ भन्ने जिज्ञासा् आमजनमानसमा पैदा भएको छ । राज्य जनताको स्वास्थ सग जिम्मेवार छ भने राम्रो काम गर्दा अवरोध सृजना गर्ने सवै खाले नीति नियम कानुन संसोधन गर्नु पर्ने आम जनसमुदायको आवाज समेत उठिरहेको छ। मानवता, नैतिकता र मानव स्वास्थ माथी जिम्मेवार भए सुर्तीजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिहरू, उद्योग र कम्पनीले महानगरको निर्णयलाई सजिलैसँग स्वीकारेर सहयोग गर्नु पर्थ्यो । मुद्दा हालेर महानगरको पवित्र निर्णय लाई रोक्ने अबरोध पुर्याउने कार्य मानवता बिरोधिनै हो । नेपाल सरकार, स्वास्थ मन्त्रालय, स्वास्थ मन्त्री र प्रशासन नेपाली जनताको स्वास्थ माथी जिम्मेवार भए काठमाडौ महानगरपालिकाको निर्णय सुर्तीजन्य पदार्थ बिक्रीवितरण रोक्ने कार्यलाई काठमाडौ भित्र मात्रै होईन नेपाल अधिराज्य भरीनै लागू गर्ने कार्यमा गम्भीर भएर अगाडि बढनुपर्छ “।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]