२०८० मंसिर ३० काठमाडौं । नेपाली कांग्रेस नेता पूर्व गृहमन्त्री स्वर्गीय: खुमबहादुर खड्का लाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । खड्कालाई सर्वोच्च अदालतले डेढ वर्ष कैद र ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यतीनै बराबरको विगो र सम्पति जफत गर्ने फैसला गरेको थियो । न्यायाधीसहरु बैद्यनाथ उपाध्याय र कल्याण श्रेष्ठको इजलाजले खुम बहादुर खड्काको मुद्दामा फैसला गरेको थियो ।

 

यसैगरी नेपाली लाई भुटानी शरणार्थी बनाएर बिदेश पठाउन संलग्न भएको भन्दै नक्कली भुटानी प्रकरणमा नेपाली काङ्ग्रेसकै नेत्ता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी प्रकरणमा आरोपित भएका छन । उनी हिजो मंसिर २९ गते उच्च अदालत पाटनको आदेश बमोजिम छुटेका छन् । खाणलाई उच्च अदालत, पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । खाँणले जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी र सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १५ लाख धरौटी बैंक ग्यारेन्टी राखेर साधारण तारेखमा छुटेका छन ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]