साउन ११ नेपाल ।
यातायात व्यवस्था विभागले नयाँ EDLVRS प्रणाली लागू गर्ने क्रममा डाटाबेस माइग्रेसन र नयाँ दरहरु मिलानको काम भइरहेको भन्दै यातायात व्यवस्था कार्यालय बुटवल बाट प्रदान गरिने नियमित सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
कार्यालयले २०८३ साउन १ गते जारी गरेको सूचनामा सेवा प्रवाहलाई थप सेवाग्राहीमैत्री र व्यवस्थित बनाउन नयाँ प्रणालीमा काम भइरहेकोले पूर्ण कार्यान्वयन हुन केही दिन लाग्ने उल्लेख छ।
कार्यालय प्रमुखद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “हाल प्रणालीमा Date base Migration तथा करका नयाँ दरहरु प्रविष्टी तथा मिलान सम्बन्धी कार्यहरु भइरहेकाले नियमित सेवा स्थगित गरिएको हो।”
यसले गर्दा लाइसेन्स, सवारी दर्ता, नवीकरण लगायतका सेवा लिन आउने सेवाग्राहीहरु प्रभावित भएका छन्। कार्यालयले असुविधाप्रति क्षमाप्रार्थना समेत गरेको छ।
के स्थगित भयो?
यातायात कार्यालयबाट हुने सबै नियमित सेवा। नयाँ सूचना नआएसम्म सेवा सुचारु हुने छैन।
किन स्थगित?
नयाँ EDLVRS प्रणाली लागू गर्न डाटा माइग्रेसन र नयाँ कर दर मिलानको कामका लागि।
कार्यालयले काम सम्पन्न भएपछि सेवा पुनः सुचारु गर्ने जनाएको छ।

