साउन ७ नेपाल ।

साताको बिहीबार नेपाली शेयर बजारमा सकारात्मक दबदबा देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ बिन्दुमा पुगेको छ। यो ०.५२ प्रतिशतको वृद्धि हो।

बिहान उतारचढावसँगै सुरु भएको बजार दिउँसोपछि भने लगातार उकालो लागेको थियो। ग्राफमा देखिए अनुसार १२:४५ पछाडि बजारले गति समातेको र अन्तिम समय १४:४५ मा सबैभन्दा उच्च विन्दु छोएको थियो।

आजको दिन कुल १० करोड ७ हजार २ कित्ता शेयर किनबेच भएर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० रुपैयाँ ६८ पैसा बराबरको कारोबार भएको छ।

कम्पनीगत रुपमा हेर्दा आज १५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ। १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

बजारमा लगानीकर्ताको उत्साह बढेसँगै कारोबार रकम पनि बढेको देखिन्छ। आज बजार ३:० बजे बन्द हुँदा नेप्से हरियो निशानामा टुंगिएको छ।