साउन ३ नेपाल ।

मनसुनी वर्षा सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लामा उच्च सतर्कता अपनाउन अनुरोध गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको Red Alert लाई मध्यनजर गर्दै प्रशासनले बाढी-पहिरोको जोखिम बढेको भन्दै सर्वसाधारण, यात्रु र स्थानीय तहलाई आवश्यक सतर्कता अपनाउन भनेको छ।

प्रशासनका मुख्य निर्देशनहरु:
१. नदी किनार सतर्कता: आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न र नदी किनारका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह।
२. डुबान जोखिम: डुबानको जोखिममा रहेका बस्तीका बासिन्दाले आफ्नो लागि उँचो र सुरक्षित स्थानको पहिचान गरेर राख्न निर्देशन।
३. बिपी राजमार्गमा रोक: खास गरी खुर्कोट-नेपालथोक-कटुन्जेबेसी खण्ड हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुले अत्यावश्यक काम परेको खण्डमा मात्र यात्रा गर्नुपर्ने।
४. रातको समयमा सवारी बन्द: बिपी राजमार्गको उक्त खण्डमा बेलुका ६:० बजेदेखि बिहान ४:० बजे सम्म सवारी साधन सञ्चालनमा रोक कायमै रहेकोले सो अवधिमा यात्रा नगर्न भनिएको छ।
५. जानकारी लिएर मात्र यात्रा: यात्रा गर्नु अघि राजमार्ग सञ्चालनमा छ कि छैन भनी नजिकको प्रहरी कार्यालय, ट्राफिक प्रहरी वा हटलाइनमा सम्पर्क गर्न प्रशासनले भनेको छ।

आपत्कालीन सम्पर्क नम्बर:
• नेपाल प्रहरी: १००
• सशस्त्र प्रहरी बल: १११४
• जिल्ला आपतकालिन केन्द्र DEOC: १२३४

यो सूचना प्रशासकीय अधिकृत प्रवीण कटवाल ले २०८३/०४/०३ आइतवार हस्ताक्षर गरी जारी गर्नुभएको हो।