साउन ३ नेपाल ।
लगातारको वर्षाका कारण बाढी-पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, चितवन ले नारायणगढ-मुग्लिङ-काठमाडौं सडक खण्डमा रातिको समयमा सबै प्रकारका सवारी आवागमनमा रोक लगाएको छ।
प्रशासनले आज साँझ ६ बजे जारी गरेको सूचनामा धादिङ लगायतका छिमेकी जिल्ला र चितवनका विभिन्न स्थानमा पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ्ने पूर्वानुमान रहेको उल्लेख गरेको छ।
प्रशासनको निर्णय:
आज मिति २०८३/०४/०३ गते आइतवार राति १०:० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ – मुग्लिङ – काठमाडौं सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनको आवागमनमा रोक लगाइएको छ।
रातको समयमा सवारी सञ्चालन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णय अनुसार यो व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
यसबाट यात्रु महानुभावहरुमा परेको असुविधाप्रति जिल्ला सुरक्षा समिति, चितवनले क्षमाप्रार्थी रहेको पनि सूचनामा उल्लेख छ।
सम्पर्क नम्बर:
• नेपाल प्रहरी: १००
• सशस्त्र प्रहरी बल: १११४
• जिल्ला आपतकालिन केन्द्र DEOC: १२३४
• जिल्ला प्रहरी कार्यालय चितवन: ९८५०१३९९
यो सूचना प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ले हस्ताक्षर गरी जारी गर्नुभएको हो।

