साउन ३ नेपाल ।
माननीय सांसद ज्ञानेन्द्र शाहीले मध्यरातमा फेसबुक लाइभमार्फत गरेको अभिव्यक्तिप्रति जापानस्थित प्रवास नेपाली सम्पर्क विभाग ले गम्भीर आपत्ति जनाएको छ।
विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा सांसद शाहीले सामाजिक सञ्जालमा आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकहरुलाई लक्षित गरी तथ्य नबुझी अपमानजनक र असंयमित अभिव्यक्ति दिएको उल्लेख गरेको छ।
विभागको माग:
१. विभागले यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाविपरीत भएको बताएको छ।
२. सांसद शाहीलाई आफ्नो अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ।
३. उचित सम्बोधन र क्षमायाचना नआए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रिया अनुसार आवश्यक कदम चाल्ने चेतावनी पनि दिएको छ।
साथै विभागले सम्पूर्ण समर्थक तथा शुभेच्छुकहरुलाई संयमित, सभ्य र तथ्यमा आधारित प्रतिक्रिया दिन समेत अनुरोध गरेको छ।
यो विज्ञप्तिमा विभागका अध्यक्ष दिपक केसी र सह-सचिव फणिन्द्र शर्मा सुवेदी ले हस्ताक्षर गर्नुभएको छ।

