साउन ३ नेपाल ।

यस वर्षको मनसुनी वर्षा सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडकमार्गबाट काठमाडौं आवतजावत गर्ने यात्रुहरुलाई लक्षित गर्दै Travel Alert जारी गरेको छ।

प्रशासनले आज जारी गरेको सूचनामा मनसुनको अवधिमा भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्ने भन्दै काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमका प्रवेश विन्दुबाट आवतजावत गर्ने सम्पूर्ण सार्वजनिक तथा निजी सवारी धनी, चालक र यात्रुलाई विशेष सावधानी अपनाउन भनेको छ।

सूचनामा भनिएको छ, “विगतका वर्षहरुमा बाढी पहिरोका कारण रातिको समयमा गम्भीर क्षति भएकोले सम्भावित भारी वर्षा हुने दिनहरुमा रातको यात्रा गर्दा अझ बढी सतर्कता अपनाउनुपर्छ।”

प्रशासनका मुख्य निर्देशनहरु:
१. यात्राअघि जानकारी लिने: सडक अवरुद्ध छ कि छैन भनेर प्रहरी प्रशासनबाट यकिन जानकारी लिएर मात्र यात्रा गर्ने।
२. सुरक्षित स्थानमा मात्र रोक्ने: बाटोमा बाढी पहिरो गएको खण्डमा यात्रुलाई खाना, पानीको व्यवस्था सहित पूर्ण सुरक्षित स्थानमा मात्र रोक्नुपर्ने।
३. सडक खुलेपछि मात्र अघि बढ्ने: सडकको अवरोध खुलेको भनी प्रहरीबाट एकिन सूचना लिएपछि मात्र यात्रा अघि बढाउनुपर्ने।

प्रशासनले आपत्कालीन अवस्थामा १०, १०३, १११४, १२३४ मा सम्पर्क गर्न समेत सबैमा अनुरोध गरेको छ।

यो सूचना प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल ले हस्ताक्षर गरी जारी गर्नुभएको हो।