काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (प्र.) ले फार्मेसी विभागमा विभिन्न पदमा कर्मचारी माग गरेको छ। अस्पतालले मिति २०८३/०४/०१ मा सूचना प्रकाशित गर्दै इच्छुक योग्य नेपाली नागरिकसँग आवेदन मागेको हो।

Medipride Health Care Pvt. Ltd. द्वारा संचालित स्वयम्भूस्थित यस अस्पतालको फार्मेसीमा कुल १७ जना कर्मचारीको आवश्यकता रहेको छ।

कुन पदमा कति माग ?
१. औषधि व्यवस्थापक – १ जना
योग्यता: मान्यता प्राप्त संस्थाबाट Master in Pharmacy र Pharmacy Council मा दर्ता। अस्पतालको फार्मेसीमा २-३ वर्षको अनुभव भएको हुनुपर्नेछ।
२. फार्मेसी अधिकृत – ६ जना
योग्यता: मान्यता प्राप्त संस्थाबाट Bachelor in Pharmacy र Pharmacy Council मा दर्ता। अस्पतालको फार्मेसीमा १-२ वर्षको अनुभव भएको हुनुपर्नेछ।
३. फार्मेसी सहायक – १० जना
योग्यता: मान्यता प्राप्त संस्थाबाट Diploma in Pharmacy र Pharmacy Council मा दर्ता।

आवेदन कहिले र कहाँ दिने?
इच्छुक उम्मेदवारले शैक्षिक योग्यताको प्रमाणपत्र, CV, नागरिकता, अनुभव र Pharmacy Council को दर्ता प्रमाणपत्र सहित २०८३/०४/१० गते भित्र अस्पतालको प्रशासन शाखा, HR Department मा आवेदन दिनुपर्नेछ।

आवेदन फारम अस्पतालको HR Department बाटै उपलब्ध हुनेछ।

नोट: उम्मेदवारले Pharmacy Council मा दर्ता भएको प्रमाणपत्र अन्यत्र कुनै फार्मेसीमा पेश नगरेको घोषणा गर्नुपर्नेछ। Short-list भएका उम्मेदवारलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ।

जागिर खोजिरहनु भएका फार्मेसी पढेका दाजुभाइ दिदीबहिनीको लागि यो राम्रो अवसर हो।