साउन २ नेपाल ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरण NCRA ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई तोकिएको समयभित्र अनिवार्य दर्ता अभिलेखीकरण गर्न निर्देशन दिएको छ।
प्राधिकरणले मिति २०८३/०४/०१ मा सूचना नं. ०१/२०८३/०८४ जारी गर्दै म्याद नघुकाउन आग्रह गरेको हो।
के हो विषय?
सहकारी ऐन २०७४ को दफा २०क बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखीकरणका लागि प्राधिकरणले “मापदण्ड २०८२” जारी गरेको थियो। सोही अनुसार मिति २०८२ मंसिर १० गतेबाट दर्ता अभिलेखीकरण सुरु भएको थियो।
म्याद सकिएपछि के भयो?
पहिले थप गरिएको समयावधि २०८३ असार ३२ गते सकिएको थियो। तर धेरै सहकारीले अझै प्रक्रिया पूरा नगरेपछि प्राधिकरणको २०८३/०३/२८ को बैठकले मापदण्डमा छैठौं संशोधन गरेको छ।
संशोधन अनुसार अब सहकारी संस्थाले प्राधिकरणमा दर्ता अभिलेखीकरणको लागि ऐनको दफा १६क बमोजिमको समयावधि भित्र विवरण प्रविष्ट गरी संचालन इजाजतपत्र लिईसक्नुपर्ने उल्लेख गरिएको छ।
सहकारीले के गर्नुपर्छ?
NCRA ले अब तोकिएको कानुनी समयसीमा भित्रै सबै बचत तथा ऋण सहकारीले अनिवार्य रूपमा दर्ता अभिलेखीकरण गरिसक्नुपर्ने स्पष्ट पारेको छ। समयमा नगर्ने सहकारी कारबाहीमा पर्न सक्छन्।
प्राधिकरणका निर्देशक केशव राज भट्टराईद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै सहकारीलाई जानकारी गराइएको छ।
नोट: यो सूचना सहकारी क्षेत्रलाई नियमन र पारदर्शी बनाउने सरकारी अभियानकै हिस्सा हो।

Screenshot
