साउन २ नेपाल ।

भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि प्रशासन कार्यालय, डिल्लीबजारले आर्थिक वर्ष २०८३/०८४ को लागि विभिन्न खरिद तथा मर्मतका काममा सूची दर्ता गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ।

कार्यालयले मिति २०८३/०४/०१ मा जारी गरेको सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ को उपदफा १ र सार्वजनिक खरिद नियमावलीको अनुसूची २ अनुसार सिधै खरिद विधिबाट काम गर्न चाहने आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैरसरकारी संस्था तथा सेवा प्रदायकहरूसँग निवेदन माग गरिएको छ।

कुन-कुन कामको लागि सूची दर्ता ?
कार्यालयले ७ वटा शीर्षकमा सूची दर्ता गर्न आह्वान गरेको छ:
१ मसलन्द तथा सरसफाइ सामग्री खरिद
२. छपाइजन्य सामग्री खरिद तथा छपाइ कार्य
३. फर्निचरजन्य सामग्री खरिद तथा मर्मत
४. कम्प्युटर तथा इलेक्ट्रिकजन्य सामग्री खरिद तथा मर्मत
५. लिखत/श्रेष्ठा ब्यान्डिङ तथा मर्मत – नयाँ पुराना समेत
६. लिखत/मिसिल/श्रेष्ठा तथा अन्य कागजात स्क्यान गर्ने कार्य
७. शान्ति सुरक्षा सम्बन्धी कार्य – सुरक्षा गार्ड

निवेदन दिने अन्तिम मिति
इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ।

कार्यालयले सूचिमा दर्ता भएका मध्ये आवश्यकताका आधारमा सिधै खरिद प्रक्रिया अगाडि बढाउने जनाएको छ।

यो सूचना प्रमुख भूमि प्रशासन अधिकृतद्वारा हस्ताक्षर गरी प्रकाशित गरिएको हो।