साउन २ नेपाल ।

उच्च अदालत पाटनले आ.व. २०८३/८४ का लागि मेलमिलापकर्ता र मध्यस्थहरूको नामावली अध्यावधिक गर्ने र नयाँ रूपमा सूचीकृत गर्ने सूचना प्रकाशित गरेको छ।

अदालतले मिति २०८३/०४/०१ मा सूचना जारी गर्दै इच्छुक व्यक्ति र संस्थाहरूसँग तोकिएको कागजात सहित आवेदन माग गरेको हो।

किन जारी भयो सूचना ?
मेलमिलाप सम्बन्धी नियमावली २०७०, उच्च अदालत नियमावली २०७३ र मध्यस्थता नियमावली २०५९ बमोजिम हरेक वर्ष नामावली अध्यावधिक गर्नुपर्ने व्यवस्था छ। त्यसै अनुसार आ.व. २०८२/८३ मा सूचीकृत भएकाहरूको नाम अध्यावधिक र नयाँ इच्छुकको नाम थप गर्न लागिएको हो।

आवेदन कहिले र कसरी दिने ?
इच्छुक मेलमिलापकर्ता र मध्यस्थहरूले मिति २०८३/०५/०१ गते भित्र उच्च अदालत पाटन, मेलमिलाप शाखामा निवेदन दिनुपर्नेछ।

मेलमिलापकर्ताको लागि चाहिने कागजात:
• नागरिकता, शैक्षिक योग्यता र मेलमिलाप तालिमको प्रमाणपत्रको प्रतिलिपि
• संस्था भए दर्ता तथा नवीकरणको प्रमाणपत्र
• प्यान कार्ड र आफ्नै नामको चेकबुकको प्रतिलिपि
• २ प्रति पासपोर्ट साइज फोटो
• रु. १० राजस्व तिरेको रसिद

मध्यस्थको लागि चाहिने कागजात:
• नागरिकता, शैक्षिक योग्यता र विशेषज्ञता खुल्ने कागजात
• २ प्रति पासपोर्ट साइज फोटो
• रु. १० राजस्व तिरेको रसिद

पहिले सूचीकृत भएकाहरूले पनि आफ्नो दर्ता नं. उल्लेख गरी नामावली अध्यावधिक गर्नुपर्नेछ।

सम्पर्क
अधिक जानकारीको लागि उच्च अदालत पाटनको मेलमिलाप शाखाका शाखा अधिकृत भोलानाथ धमला ९८४९६७३५ र नायब सुब्बा निलराज ढकाल ९८५१२३३०१९ मा सम्पर्क गर्न सक्नुहुन्छ।
इमेल: melmilap.hcpatan@supremecourt.gov.np

यो सूचनाले अदालत बाहिरका विवाद समाधानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।