साउन १, नेपाल ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरण, NCRA ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई एउटा महत्त्वपूर्ण निर्देशन जारी गरेको छ।
प्राधिकरणले सहकारी ऐन, २०७४ को दफा १०३ज. ले दिएको अधिकार प्रयोग गर्दै मिति २०८३/०३/३१ को निर्णय अनुसार निर्देशन जारी गरेको हो। निर्देशन मिति २०८३/०३/३२ मा जारी भएको हो।
NCRA का कार्यकारी निर्देशक राम कुमार महतो द्वारा हस्ताक्षरित निर्देशनमा भनिएको छ,
“चालु आर्थिक वर्ष २०८२/०८३ को अवधिभित्र पाकेको ब्याज मिति २०८३ श्रावण १५ गते भित्र भुक्तानी गरेमा आ.व. २०८२/०८३ को आयको रूपमा गणना गर्न सकिने।”
यसको मतलब के हो त?
साधारण भाषामा भन्दा, बचत तथा ऋण सहकारीहरूले सदस्यहरूलाई दिने वा लिने जुन ब्याज चालु आ.व. २०८२/०८३ मा पाकेको छ, त्यो यदि श्रावण १५ गते भित्र भुक्तानी भयो भने त्यसलाई गत आ.व. कै आय/खर्चमा देखाउन पाइने छ।
यसले सहकारीहरूको लेखा र कर गणनामा सहजता ल्याउने अपेक्षा गरिएको छ।
प्राधिकरणको कार्यालय पुल्चोक, ललितपुरमा रहेको छ। थप जानकारीको लागि www.ncra.gov.np मा हेर्न सकिन्छ।

Screenshot
