साउन १, नेपाल ।

जिल्ला प्रहरी कार्यालय रामेछापले बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नं. ७, तिल्पुड बस्ने टेक बहादुर सार्कीका ४२ वर्षीय छोरा मान बहादुर सार्कीलाई मिति २०८३/०३/३२ गते पक्राउ गरिएको हो।

सम्मानित रामेछाप जिल्ला अदालतको मिति २०८०/१२/०७ को फैसलाले उनलाई ५ महिना १२ दिन कैद सजाय भएको थियो। तर फैसला पछि उनी फरार थिए।

जिल्ला प्रहरी कार्यालय मन्थलीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोही दिन सम्मानित रामेछाप जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

यो मुद्दा परिवर्तित नाम १८(२९) लिखु तामाकोशीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मान बहादुर सार्की भएको थियो।

सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले प्रेस विज्ञप्ति मार्फत यो जानकारी दिएका हुन्।