साउन १, नेपाल ।

साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाल स्टक एक्सचेन्जमा सकारात्मक अङ्क देखिएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज शुक्रबार बजार ७९.७४ अंक ले बढेर २६७७.५४ विन्दुमा बन्द भएको छ। यो ३.०६% को वृद्धि हो।

बजार खुलेदेखि नै उकालो लागेको ग्राफले दिनभर हरियाली नै देखाएको थियो। बजार बन्द हुँदा १ करोड ३ लाख ८९ हजार ७ कित्ता सेयर किनबेच भएको छ भने कुल कारोबार रकम ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँ पुगेको छ।

आज बजारमा धेरैजसो कम्पनीहरूको मूल्य बढ्दा लगानीकर्ताहरू खुशी देखिएका छन्। समग्रमा बजारमा खरीदकर्ताको चाप बढेको विश्लेषकहरू बताउँछन्।