असार २४, नेपाल ।
दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि जरुरी सूचना। सियोलस्थित नेपाली राजदूतावासले नयाँ राहदानी प्रणाली लागू गर्न लागेकोले ६ दिनसम्म पासपोर्ट नवीकरण सेवा बन्द हुने जनाएको छ।
दूतावासले आज जारी गरेको सूचनामा राहदानी विभागले हालको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्न लागेकोले सोही अनुसार तयारी भइरहेको उल्लेख छ।
कहिलेदेखि कति दिन बन्द?
दूतावासका अनुसार:
• सेवा बन्द: २०८३/०३/२३ गते बुधबार देखि २०८३/०३/२८ गते सोमबार सम्म अर्थात जुलाई ७, २०२६ देखि जुलाई १२, २०२६ सम्म ६ दिन
• यस अवधिमा राहदानी नवीकरणको लागि आवेदन फारम लिइने छैन।
कहिलेदेखि नयाँ सेवा सुरु?
नयाँ प्रणाली कार्यान्वयनमा आएपछि २०८३/०३/२९ गते सोमबार, तदनुसार १३ जुलाई २०२६ देखि राहदानी सम्बन्धी सेवा पुन: नियमित रूपमा सञ्चालन हुने दूतावासले जनाएको छ।
दूतावासले कोरियामा रहेका सम्पूर्ण सेवाग्राहीहरुलाई तोकिएको मितिमा ध्यान दिन अनुरोध गरेको छ।
सूचना ६ जुलाई २०२६ मा जारी भएको हो। थप जानकारीका लागि दूतावासको फोन नं. (02) 3789-9770 वा इमेल eonseoul@mofa.gov.np मा सम्पर्क गर्न सकिन्छ।

