असार १७ नेपाल । कार्यालयमा रहेको सरकारी अभिलेख कागजातहरुको नक्कल सरोकार नै नभएका व्यक्तिहरुले लिई त्यसको दुरुपयोग गरेको भने जनगुनासो आएको भूमी ब्यबस्थापन बिभागले जनाएको छ ।

सरकारी अभिलेख कागजातहरु कानुनले अधिकार पाएको सरोकारवाला व्यक्तिलाई मात्र उपलब्ध गर्नु गराउनु हुन र कुनै पनि अनाधिकृत व्यक्तिलाई कार्यालयमा रहेको सरकारी अभिलेख कागजातमा पहुँच हुन नदिने तथा सरोकार नभएका व्यक्तिलाई प्रतिलिपी नदिने व्यवस्था गर्नु हुन समेत बिभागले सम्बन्धित निकायहरुलाई निर्देशन जारी गरेको छ ।