असार १७ नेपाल । बिगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको नेपाल आयल निगमले जनाएको छ ।

हाल पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार स्वरुप इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १५।०९ ले, डिजेलमा रु. २९।४६ ले, र हवाई इन्धनमा प्रति लिटर रु. २९।४२ ले तथा एल. पि. ग्याँसमा समेत घटेर आएको नेपाल आयल निगमले भनेको छ ।

निगम सञ्चालक समितिको मिति २०८३/०३/१६ को निर्णयानुसार मिति २०८३/०३/१७ गते देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु. २०।०० ले, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ३०।०० ले, हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर रु. ४०।०० र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर २६५ ले र एल.पि. ग्याँस प्रति सिलिन्डर रु.१००।०० ले घटाईएको नेपाल आयल निगमले जनाएको छ।