मंसिर २६ नेपाल ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मिति २०८२ साल मंसिर २५ गते, विहिवारका दिन साँझ ५ः३० वजे बसेको सञ्चालक समितिको ४४ औं बैठकले हाल कायम रहेको चुक्ता पुँजी रु.२ अर्व ८० करोड ६५ लाख ४९ हजार ९ सयको २५ प्रतिशतले हुन आउने रकम रु.७० करोड १६ लाख ३७ हजार ४ सय ७५ रुपैया (नगद लाभांसमा लाग्ने कर समेत) नगद लाभांस प्रस्ताव गरी, आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ ।

प्रस्तावित नगद लाभांस नेपाल बीमा प्राधिकरणवाट स्वीकृत भई, आगामी वार्षिक साधारण सभावाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण हुने व्यहोरा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जानकारी दिएको छ ।