२०८२ कात्तिक २५ नेपाल । साहास उर्जा कम्पनीको मिति २०८२ कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदन पारित गरेको हुँदा लेखा परिक्षण प्रतिवेदन पेश गरेको छ ।

कम्पनीको उक्त संचालक समितिको वैठकले ऋण प्रदायक बैंक तथा विद्युत नियमन आयोगबाट अनुमती लिई आगामी वार्षिक साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्ने गरी निम्न बमोजिमको प्रस्ताव समेत पारित गरेको व्यहोरा समेत तहाँको जानकारी गराएको छ ।

कम्पनीको विद्यमान शेयरधनीहरुलाई निजहरुको शेयरको २१ प्रतिशतले हुने वोनस शेयर जारी गर्ने तथा उक्त वोनस शेयरमा लाग्ने कर भुक्तानीको लागि नगद लाभांस प्रति शेयर १.१०५३ वितरण गर्ने ।

आर्थिक वर्ष २०८०/०८१ को मिति २०८१।७४ गते वसेको साधारण सभाले तत्काल कायम रहेको शेयरमा १:१ हकप्रद शेयर जारी गर्ने गरी गरेको निर्णयमा संशोधन गरी यसै संचालक समितिको बैठकले जारी गरेको बोनस शेयर पछि कायम हुने चुक्ता पुँजी रु.४,५७,३८,००,०००।- शेयर ४,५७,३८,००० थानमा १:१ हकप्रद शेयर जारी गर्ने ।