२०८२ बैशाख ८ काठमाडौं । सेयर बजार नेप्से सूचक ७.७५ विन्दुले घटेर २६९८.२८ अंकमा कायम भएको छ । आज ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केही कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ् ।

बजारमा ठुला लगानीकर्ता प्रवेश नगरे सम्म बजार बढ्दैन। केपि ओलि सरकार प्रति लगानीकर्ता बिश्वस्त नभएको कारण बजार बढ्न नसकेको लगानीकर्ताको बताउने गर्छन् । सेयर बजार ३२ सयबाट घटेको लामो समय भएको छ् । बजार सधैंभरी घट्दैन र बढ्दैन ।

बढेको बेला सेयर बेचेर नाफा बुक गर्ने सेयर कारोवारी पुन सस्तोमा सेयर किन्न बजार प्रवेश गरेका छन् । यस अघि बजार लगातार साढे दुई हप्ता घटेको थियो। सेयर बजार नेप्से ३२ सय आसपास पुगेर घट्न थालेको ३ बर्ष बितिसकेको छ। ३२ सय नेप्सेमा किनेर आजसम्म नबेची होल्ड गर्नेको सेयर सम्पती बैंकमा डिपोजिट गरेर करिब ३ बर्ष सम्म आउने व्याजदर सग तुलना गर्ने हो भने सेयर सम्पती ७० प्रतिशत आसपास नोक्सानी भएको देखिन्छ। सेयर बजार नेप्से घट्ने बढ्ने सामान्य चक्र हो।