२०८१ फागुन २५ काठमाडौं । नेपालका बैंकहरुले नेपालमा दर्ता बिनाका संचालित, नेपालको संविधानको भावना बिपरित संचालित सामाजिक संजालहरु फेसबुक, युवट्युव, ट्विटर टिकट्क लगाएतमा समेत अनलाईन पेमेन्ट गराउन मिल्ने बार्षिक ५०० डलर तिर्न मिल्ने डलर क्रेडिट कार्ड दिन्छ र उसले दिने गरेका कार्ड लिनु पुर्व आम सर्वसाधरणहरुलाई स्वघोषणा लिखितमा सहिछाप गराउछ। लिखत नमुना:
´म निवेदकको लागि अनलाईनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानीका लागि विदेशी मुद्रामा तहाँ बैंकबाट जारी हुने भएको अमेरीकी डलर ५०० को सिमाभित्र रहीं प्रिपेड कार्ड आवश्यक भएकोले सो उपलब्ध गराई दिनका लागि यो निवेदन पेश गरेको छु। प्रिपेड कार्डको प्रयोग नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित कानूनको प्रतिकूल नहुने गरी उपभोग गर्नेछु। प्रिपेड कार्डको प्रयोग गरेबापत प्रचलित कानून बमोजिमको कर दायित्व वा मेरो नाममा अन्य जे जस्तो दायित्वहरु उत्पन्न भएमा म आफैले तिर्ने व्यहोर्ने छु । उल्लेखित प्रयोजनको लागि मेरो नाममा हालसम्म कुनै पनि बैंक तथा वित्तीय सस्थाबाट विदेशी मुद्रामा प्रिपेड कार्ड जारी भएका छैनन् । एनएमबि बैंकबाट मेरो नाममा विदेशी मुद्रामा जारी हुने भएको प्रिपेड कार्डको सुविधा उपभोग गर्ने अवधिमा अन्य कुनै पनि बैंक वित्तीय सस्थाबाट विदेशी मुद्रामा जारी हुने कुनै पनि कार्डको सुविधा उपभोग गर्नेछैन । प्रचलित कानूनले बन्देज लगाएका भुक्तानी गर्नको लागि मेरो नाममा जारी हुने भएको कार्ड प्रयोग हुन दिने छैन। मेरो नाममा विदेशी मुद्रामा जारी हुने भएको प्रिपेड कार्डको दुरुपयोग भई नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा कानूनको बर्खिलाप भएमा प्रचलित कानून इमोजिम सजाय भोग्न मेरो पूर्ण मञ्जुरी रहेको छ`। जुन लिखतको कानुनी बैधानिकताको प्रश्न उठने गरेको पाईन्छ ।