२०८१ माघ २४ काठमाडौं । प्रभु बैंकको चालु आर्थिक वर्ष ८१/८२को दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा वृद्धि गर्न सफल भएको छ । बैंकको यस अवधिमा खुद नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको बैंकले रिपोर्ट सार्वजनिक गरेछ । अघिल्लो ८०/८१ आर्थिक वर्षको यसैअवधिमा यसले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको रिपोर्टले देखाएको छ । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यसको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा पनि ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड भएको बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख रहेको छ । बैंकको खराब कर्जा भने ०.१६ प्रतिशत विन्दुले बढेर ५.०६ प्रतिशत पुगेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी बढेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको हुन आएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ रहेको बैंकको सार्वजनिक रिपोर्टमा उल्लेख छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । यसको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
(क्रान्ति)