२०८० चैत्र ७ काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न चैत ८ गते ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने सूचना निकालेको छ । ईच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् भन्ने जनाएको छ।

बजारमा अत्यधिक तरलता बढेपछि तरलता व्यवस्थापनका लागि नेपाली राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बारम्बार प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको जनाएको छ।
यो भन्दा पहिले २०८० फागुन २४ गते ५० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेको थियो ।