२०८० चैत्र ७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ३.३४ विन्दुले घटेर २०६३.९५ अंकमा झरेको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ ।

“नंया अर्थमन्त्रीमा बर्षमान पुन नियुक्ति भएको केही दिन बजार बढेको थियो। बजार बढे सगै सेयर बजारका लगानीकर्तामा केही आशा पलाएको थियो । नंया अर्थमन्त्रीको निर्देशन बमोजिम सेयर बजार सुधारको लागि निमायक निकायसग अर्थमन्त्रालय द्वारा रायसुझाव पेश गर्न निर्देशनात्मक पत्र पठाएको थियो । अर्थमन्त्रालयले रायसुझाव मागे सगै सेयर लगानीकर्ताले नेप्से बढ्ने भविस्यवाणी समेत गरेका थिए तर बजारले ठिक उल्टो गती समातेको देखियो ।”

“अर्कोतिर सेयर बजार नेप्से निरन्तर घटिरहेको अवस्थामा भर्खर बजार प्रवेश गरेका नंया नंया कम्पनीहरुको सेयर भाउ सर्किट लागेर बढिरहेको देखिन्छ । भर्खरै बजार प्रवेश गरेका नंया कम्पनीको सेयर भाउ ५०० (पाँच सय) भन्दा माथी रहेको भने भर्खरै बजार प्रवेश गरेका नंया कम्पनी भन्दा राम्रा कम्पनीको सेयर भाउ दिनप्रतिदिन घट्दै बुक भ्यालु भन्दा तल झरेको समेत देखिन्छ । यद्यपि यतिबेला सेयर बजार नेप्से घट्नुपर्ने कुनै आधार कारण परिस्थिति देखिन्न ।”

Error: Contact form not found.