२०८० चैत्र १ काठमाडौ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले नगरपालिका भित्रका सरकारी कर्मचारी र जनप्रतिनिधिहरुका छोराछोरी सामुदायिक बिद्यालय भर्ना गर्न अनुरोध गरेको छ ।

कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद दाहाल द्वारा २०८० चैत्र १ गते हस्ताक्षर गरेको पत्र, निर्णय कार्यन्वयन गर्ने सम्बन्धको पत्रमा शैक्षिकसत्र २०८१ सालबाट जनप्रतिनिधि र सरकारी सेवा सुविधा लिने कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य रुपले सामुदायिक बिद्यालयमा भर्ना गर्नु पर्ने उल्लेख छ ।