२०८० चैत्र २ काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेका विषयमा जोडिएको सहकारी ठगी गरेको भनिएको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सग जवाफ माग गरेको छ ।

आज शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवी लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । तर सभामुख देवराज घिमिरे उक्त कार्यसूचीमा प्रवेश गर्नुअघि नै कांग्रेस सांसदहरु उठेर अवरोध गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताए । ´प्रधानमन्त्री प्रचण्डले जवाफ नदिदासम्म गृहमन्त्रीजीको कार्यसूचीमा प्रवेश गर्न दिँदैनौं’ उनले भनेका छन।

गृहमन्त्री रबी लामिछाने विरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले पोखरामा जाहेरी दिएका छन् । उनले जानकारी दिएका छन ।

Error: Contact form not found.