२०८० फागुन १७ काठमाडौ । “बाणिज्य बैंकहरुमा अधिक तरलता बढेपछि बैंकरहरु पैसा राख्न केन्द्रिय बैंकको शरणमा पुगेका छन । बैंकहरुमा ॠण लिन उद्योगी व्यापारी नआएपछि बैंकरहरु केन्द्रिय बैंकमा ३% ब्याजमै निक्षेप जम्मा गर्न पुगेका हुन ।”

“यतिबेला बैंकहरुमा निक्षेप जम्मा गर्ने मात्रै आएका तर ऋण लिन कम आएका छन भन्ने समाचार यत्रतत्र पढन र सुन्न पाईन्छ । बैंकमा निक्षेप मात्रै जम्मा गर्नेको संख्या बढेपछि निक्षेपको ब्याज तिर्नु पर्ने तर लगानी गर्ने ठाँउ नपाए पछि बैंकहरु ठूलो दबाबमा परेका छन । बैंकहरु के गर्ने र कसो गर्ने जसरी अत्तालिन थालेको पाईन्छ । ऋण लिन नआउँदा बैंकरहरु आम सर्वसाधारणले बैंकमा जम्मा गरेको निक्षेपको ब्याज बैंक आफैंले तिर्न बैंकरहरुलाई ठूलो संकट र दबाब आईलागेको छ ।”

“अर्कोतिर केन्द्रिय बैंकले गत दुई तीन महिना भित्र बाणिज्य बैंकहरु सग तरलता खिच्ने नाममा खर्वौ निक्षेप जम्मा गरेको छ । केन्द्रिय बैंकले बाणिज्य बैंकसग लिएको खर्वौ रकमको ब्याज बाणिज्य बैंकहरुलाई ३%का दरले ब्याज दिनु पर्ने हुन्छ ।”

“अब समस्या समाधानको लागी केन्द्रिय बैंकले लगानी क्षेत्र पैल्याउनु पर्ने छ । ऋण लिन व्यापारी उद्योगी लाई आह्वान गर्नुपर्ने छ । नंया लगानी क्षेत्र बनाउनु पर्ने छ । अन्यथा केन्द्रिय बैंकले बाणिज्य बैंकसग लिएको खर्वौ निक्षेपको ३% प्रतिसत ब्याज बैंकलाई दिनु पर्छ।”

“बैंकमा तरलता बढ्यो भन्नू बैंकमा निक्षेप मात्रै जम्मा हुनु ॠण माग्न नआउनु भन्ने बुझिन्छ ।”