२०८० फागुन १७ काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरु सुरक्षीत छन, बैंकसग ढुक्कसँग कारोबार गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको भोलिपल्टै प्रभुबैंक भित्र भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा बैंकका वरिष्ठ डेपुटी सिइओ मनोज न्यौपानेलाई नेपाल प्रहरीको सिबिआईले पक्राउ गरेको समाचार आयो । गभर्नरले समग्र बैंकहरु अहिले डुब्ने अवस्थामा नरहेको बताएका थिए । खराब बाटोमा लागेका बैंकहरुलाई काबुमा राखिने उनको भनाइ थियो ।

राष्ट्र बैंकले प्रभु बैंकलाई विभिन्न कारवाही गर्दै सचेत भने गराउदै आएको थियो । वित्तीय नीति नियम उल्लंघन गरेको अभियोगमा राष्ट्र बैंकबाट पटक पटक कारवाही गर्दै आएको छ ।

गभर्नरले बैंक सुरक्षीत रहेको भनाई व्यक्त गरेको भोलिपल्ट  दुई अर्बभन्दा बढी भ्रष्टाचारजन्य कसुर गरेको ऋण दिदा कमसल धितो राखेर ऋण प्रवाह गरेको ,कारोबार बिगारेको भनेर प्रभु बैंकका वरिष्ठ डीपुटी सीओ मनोज न्यौपानेसहित ११ जना कर्मचारीलाई नेपाल प्रहरीको सीआईबीले पक्राउ गरेको छ । मनोज न्यौपाने सहित ११ जना पक्राउ परे पछी बैंकरहरुको संगठनले बैंकर पक्राउले आफुहरुको मनबल कमजोर भएको भन्दै बिरोधको बिज्ञप्ती निकालेका छन।

Error: Contact form not found.