२०८० माघ १८ काठमाडौं । व्यवसायी अरुण चौधरीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गर्नुको कारण बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।

बासबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ।

यही घटनामा अन्य एक जनालाई पनि अनुसन्धानको लागि पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

आजै प्रहरीले पक्राउ गरेर जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेकोमा चौधरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको प्रहरी श्रोतले जनाएको छ।