२०८० पौष २५ काठमाडौं । पुस २४ गते काठमाडौंको बूढानीलकण्ठ बाट प्रहरीको सिबिआईले पक्राउ गरेका लिट्ल बुद्धको नामले प्रचार गरिएका रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाए अनुसार बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा समेत बरामद भएको प्रहरीले सार्वजनिक गरेको छ ।

अब नेपाल प्रहरीले बरामद पैसा कहाँ बाट कसरी प्राप्त भएको भन्ने बारे अनुसन्धान गर्ने छ प्रहरी श्रोतले जानकारी दिएको छ ।

बम्जन माथि अनुयायीमाथि बाल यौन दुराचार गरेको, अनुयायी बेपत्ता पारेको,अनुयायी माथि दुर्व्यवहार गरेको जस्ता आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।

“अर्को तिर नेपालमा कुनै पनि क्षेत्रमा लगानी गर्ने लगानी योग्य पैसा नभए भन्ने समाचारहरु आईरहदा तपस्वी रामबहादुर बम्जनको घरबाट मात्रै ३करोड भन्दा धेरै नेपाली रकम बरामद हुन्छ भने अरु नेपाली धनाण्डय ब्यापारी, उद्योगी, नेत्ताका घरमा नेपाली नोट कति लुकाईएका होलान् भन्ने प्रश्न पनि खडा भएको छ।”