२०८० मंसिर ३० काठमाडौ । नेपाललाई प्रकृतिले अपार हावापानीको बरदान दिएको छ दुईमत छैन । प्रकृतिले दिएको हावापानी र भूगोललाई सहि पहिचाहन गरेर आधुनिक बैज्ञानिक ढंगले कृषि कर्म गर्ने हो भने नेपाल धेरै बस्तुहरूमा आत्मनिर्भर हुनेमा दुईमत छैन । जुन काम सफलता हासिल गर्न राज्यले कृषक र कृषि क्षेत्रलाई पुर्ण सुरक्षा योजनाको साथ र आधुनिक कृषि औजार, मल, बीउ, बितण गर्ने र सामुहिक कृषि खेती गर्न प्रोत्साहन गर्नु पर्दछ ।
नेपालको आधी भुगोल तराई देखि मध्य पहाडी भूगोलमा बाह्रै महिना सदाबहार रुपले राम्रो सग फल्ने फलफुल अन्तरगत केरा पर्दछ । केरा अन्य बस्तु जस्तो मौसम अनुसार फल्ने फलफूल होईन । केरा नेपालमा सदाबहार फल्ने फलफुलमा पर्दछ । यसलाई कुनै मौसम समय चाईदैन । सधैंभरी फल्छ।
नेपालको मध्य भुभागमा पानी कम हुने ठाउँमा आधुनिक बैज्ञानिक ढंगले कोदो खेती गर्न सकिन्छ । कोदोलाई खाद्यान्न बाली अन्तरगत खाद्य पदार्थको राजाको रुपमा लिईन्छ । तर दुर्भाग्यवस नेपालमा कम खेती गरिन्छ । र कोदोलाई हेला पनि गरिएको पाईन्छ ।
फलफुल खेती अन्तरगत भुईकटहर, रुखकटहर, स्याउ, लिची, आँप, स्टाबेरी, ड्र्यागनफ्रुट, एपोगार्ड, हलुवाबेद आदि नेपालमा अत्यधिक फल्ने फलफुल हुन ।
भैंसी, गाई पालेर दुग्धजन्य पदार्थ र दुधमा नेपाल पुर्ण रुपमा आत्मनिर्भर हुन सक्छ । तर हामी नेपाली बिदेशी बिकासे पाउडर दुध प्रयोग गर्न तयार भैईरहेको आभास भएको देखिन्छ । भैंसी गाई पाल्न ध्यान दिएको पाईन्न । भने नेपाल सरकारले समेत धेरै चासो दिएको पाईदैन ।
रागा, खसी, बाख्रा, भेडा च्याङ्रा, बङ्गुर, बदेल, माच्छा, कुखुरा, कालिज, पालन गरेर मासुजन्य पदार्थ र मासुमा नेपाल पुर्ण रुपले आत्मनिर्भर हुन सक्नेमा पनि दुईमत छैन । तर हामी नेपालीले बिदेश बाट बार्षिक अर्वौ अर्वको मासुको लागि खसी, रागा, कुखुरा, माच्छा आयतमा खर्च गरिरहेका छौं । सरकारले पनि खासै चासो दिएको देखिएको छैन ।
आलु, सखरखण्डा, सिमलतरुल, पिँडालु, सित्तलचिनी, दालचिनी, मरिच,नेपालको भूगोलमा अत्यधिक हुने कन्दमुल अन्तरगत पर्ने खाद्य पदार्थ हुन । यी चिज समेत हामी बिदेश बाट नै आयत गरिरहेका छौ।
खाद्य पदार्थ, मासुजन्य पदार्थ, दुग्धजन्य पदार्थ आयत गर्न नेपालले बार्षिक खर्वौ नेपाली रकम बिदेश पठाईरहेको छ ।
नेपाल सरकार, कृषि मन्त्रालय मौन जस्तो देखिन्छ। नेपालको लाखौं हेक्टर जग्गा जमिन बाझै छ । नेपाली युवा युवती आफ्नो जग्गा जमिन बाझै राखेर रोजगारीको लागि बिदेश गैईरहेका छन । विशेष गरेर मध्य र पहाडी भूगोलमा उर्वर भुमीहरू बाझै राखेर नेपाली नागरिक सहर बिदेश तिर गैईरहेका छन र उतै पलायन भैईरहेको देखिन्छ ।
“कृषि क्षेत्र, खाद्यान्न उत्पादन नेपालमै गर्न गराउन र धेरै खाद्य पदार्थमा नेपाल आत्मनिर्भर बन्न बनाउन नेपाली आमजनताहरू लाई आफ्नै भुमीमा कृषि कर्म गर्न कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने सवालमा श्रोत, साधन र बजेट, सहित नेपाल सरकार र कृषि मन्त्रालय गम्भीर ढंगले प्रस्तुत हुनुपर्ने देखिन्छ ।”
(सम्पादकीय: नारायण क्रान्ति)