७९ चैत्र १४ काठमाडौ । नेपालमा एनसेल कम्पनीले एनसेल सिम चलाउनेहरूलाई स्वास्थ्य बिमा दिने योजना प्रवाह गरेको छ । उक्त योजना अनुसार एनसेल सिम चलाउने जो कोहि नेपालीहरूले मासिक ३० रुपैया तिर्दा एक महिना सम्म मान्य हुने सामाजिक संजाल चलाउन मिल्ने १०० एमबी डाटा प्याक सहित १० दिनको लागी कुनैपनी बिमारी पर्दा अथबा दुर्घटना परेर घाईते बिरामी भएको अबस्थामा अस्पताल भर्ना हुनु पर्यो भने दस दिन सम्म दिनको रु १०००/- को दरले दस हजार सम्मको रकम एनसेल कम्पनी र हिमालय जनरल इस्योरेन्सले ब्यहोर्ने एनसेल कम्पनीले जनाएको छ। उक्त सुबिधा एनसेल सिम चलाउनेहरूले घरमै बसेर एनसेल सिम मार्फत एसएमएस गरे तुरुन्तै एक्टिभ हुने छ। यो योजना सुचारु गर्न एनसेल सिम बाट *17123# डायल गरेर Data Sangai Beema@Rs30 सेन्ड गरेर सुचारु गर्न सकिने सुविधा एनसेल कम्पनीले व्यवस्था गरेको जनाएको छ। यो सुविधा ३० रुपैयाँ तिर्दा एक महिना सम्म मान्य हुने एनसेल कम्पनीले जनाएको छ।